Department of Nepali
Permanent URI for this communityhttps://ir.nbu.ac.in/handle/123456789/4478
Nepali department was established as a full fledged department in 1977, under North Bengal University. It sets to work on Post –Graduate Programme in 1978, 16 January. It is proud to say the such department to be established in the whole regions of he country, with a view to fulfill the aspiration of the cherished people of District Darjeeling, Dooars, Jalpaiguri and its adjoining neighbour state Sikkim, and North Eastern states. Basically it cope with the subject of Nepali Language and literature.
Browse
Item Open Access तुलसी र भानुका कृतिमा नारीपात्र Tulsi ra vanuka kritima nareepatra(University of North Bengal, 2017) पुलामी Pulami, वासुदेव Basudeoवासुदेव पुलामी उप-प्राध्यापक, नेपाली विभाग, कालीपद घोष तराई महाविद्यालय, बागडोगरा । तुलसी र भानुका कृतिमा नारीपात्र सार यस अध्ययन–पत्रमा गोस्वामी तुलसी दास र कवि भानुभक्त आचार्यका कृतिहरूमा पाइने नारीपात्रबारे तुलनामूलक अध्ययन गरिएको छ । तुलसीकृत; श्रीरामचरितमानस; र भानुभक्तीय ‘रामायण’लाई मूल आधार मानेर गरिएको यस अध्ययन-पत्रमा नारीका विभिन्न रूपको तुलना गरिएको छ। यस क्रममा दुई कविहरूका फुटकर रचनाहरूमा पाइने नारीपात्रलाई पनि दृष्टान्तका रूपमा राखिएको छ। दुवै कविका प्रत्येक काव्यकृतिहरूका पङ्क्ति - पङ्क्ति तुलना गर्नु यस अध्ययन-पत्रको अभीष्ट भने होइन। बीज `शब्द : नारीपात्र, मातृसत्ता, नारीरूप, भक्तिकाव्य, तुलना, नेपाली भाषा, हिन्दी साहित्य। वासुदेव पुलामी उप - प्राध्यापक , नेपाली विभाग , कालीपद घोष तराई महाविद्यालय , बागडोगरा । तुलसी र भानुका कृतिमा नारीपात्र सार यस अध्ययन – पत्रमा गोस्वामी तुलसी दास र कवि भानुभक्त आचार्यका कृतिहरूमा पाइने नारीपात्रबारे तुलनामूलक अध्ययन गरिएको छ । तुलसीकृत; श्रीरामचरितमानस; र भानुभक्तीय ‘ रामायण’लाई मूल आधार मानेर गरिएको यस अध्ययन - पत्रमा नारीका विभिन्न रूपको तुलना गरिएको छ । यस क्रममा दुई कविहरूका फुटकर रचनाहरूमा पाइने नारीपात्रलाई पनि दृष्टान्तका रूपमा राखिएको छ । दुवै कविका प्रत्येक काव्यकृतिहरूका पङ्क्ति - पङ्क्ति तुलना गर्नु यस अध्ययन - पत्रको अभीष्ट भने होइन ।Item Open Access पूर्ण राईका कथामा कोडमिश्रण Purna Raika kathama codemishran(University of North Bengal, 2017) प्रधान Pradhan, नीता Neetaयस लेखमा पूर्ण राईको छोटो परिचय दिदैँ प्रायोगिक भाषाविज्ञानको एउटा शाखाका रूपमा रहेको समाजभाषा विज्ञानअन्तर्गत पर्ने भाषिक एकाइ कोड मिश्रणको अध्ययन गरिएको छ। कोड मिश्रण र कोड परिवर्तनका अवधारणाबारे रहेको विवादमाथि आङ्गिक दृष्टि राख्दै पूर्ण राईका कथामा के-कस्ता कोड प्रयोग भएका छन् र ती कोडले भाषा र सामाजिकमा कस्ता प्रभाव पारेका छन् भन्ने कुरामाथि प्रकाश पारिएको छ। कोड मिश्रणबारे अध्ययनका निम्ति पिटर ट्रडजिल (२000), मिरि मेयरहफ (२०0६) र जीवेन्द्रदेव गिरी (वि स २0६३) का विवेचनालाई सैद्धान्तिक आधारका रूपमा 'लिइएको छ।Item Open Access ऋक् प्रातिशाख्यको वर्ण सामम्नाय Wrik Pratishakhyako barn sammnay(University of North Bengal, 2017) बिष्ट Bisht, सन्जय Sanjayयस लेखमा नेपाली भाषाको मानक रूप र त्यसको प्रयोगलाई केन्द्र गरी यसको वर्ण सामम्नायका सन्दर्भमा विगत केही समयदेखि चलिरहेको विवादलाई दृष्टि केन्द्रमा राख्तै प्राचीन संस्कृत शिक्षाशास्त्रदेखि आधुनिक नेपाली व्याकरण लेखनसम्मका उपयुक्त तथ्य र सन्दर्भहरू ग्रहण गरी प्रत्येक भाषाको आफ्नो मौलिक वर्ण व्यवस्था हुन्छ र एउटा आधुनिक भारतीय भाषाका रूपमा नेपालीको पनि आफ्नो विशिष्ट वर्ण व्यवस्था छ जुन संस्कृतलगायत अरू विभिन्न भारतीय भाषाहरूसित केही मात्रामा समान देखिने भए तापनि पूर्ण रूपले एकै र उही चाहिँ हुँदैन भन्ने वैज्ञानिक तथ्य प्रस्ट पारेर नेपाली वर्णमाला निर्णय परम्परामा रहेका असङ्गतिहरू सदृष्टान्त औँल्याउने प्रयास भएको छ । ] [ सार : यस लेखमा नेपाली भाषाको मानक रूप र त्यसको प्रयोगलाई केन्द्र गरी यसको वर्ण सामम्नायका सन्दर्भमा विगत केही समयदेखि चलिरहेको विवादलाई दृष्टि केन्द्रमा राख्तै प्राचीन संस्कृत शिक्षाशास्त्रदेखि आधुनिक नेपाली व्याकरण लेखनसम्मका उपयुक्त तथ्य र सन्दर्भहरू ग्रहण गरी प्रत्येक भाषाको आफ्नो मौलिक वर्ण व्यवस्था हुन्छ र एउटा आधुनिक भारतीय भाषाका रूपमा नेपालीको पनि आफ्नो विशिष्ट वर्ण व्यवस्था छ जुन संस्कृतलगायत अरू विभिन्न भारतीय भाषाहरूसित केही मात्रामा समान देखिने भए तापनि पूर्ण रूपले एकै र उही चाहिँ हुँदैन भन्ने वैज्ञानिक तथ्य प्रस्ट पारेर नेपाली वर्णमाला निर्णय परम्परामा रहेका असङ्गतिहरू सदृष्टान्त औँल्याउने प्रयास भएको छ ।Item Open Access केही नेपाली कवितामा लेप्चा मिथकको प्रयोग Koi nepali kabitama lepcha mithakko prayog(University of North Bengal, 2017) बान्तवा Bantawa, सुमन Sumanसार नेपाली कवितामा मिथकको प्रयोग नितान्त नौलो विषय होइन । साहित्यका अन्य विधामा हेरी कविताका क्षेत्रमा यसको प्रयोग प्रारम्भिक कालदेखि अद्यावधि पनि हुँदै आइरहेको छ। तर प्रयोगवादी लेखन सँगसँगै सुरु भएको इतर नेपाली मिथकहरूको प्रयोगको आधिक्यले गर्दा एकातिर कविता दुर्बोध्य बन्दै गइरहेको छ भने अर्कातिर स्थानीय क्षेत्रमा भएका कतिपय मिथकहरू सङ्कटापन्न बन्दै जान लागिरहेको छ। यसो हुँदा विगत केही समयदेखि नेपाली कविता साथै साहित्यका अन्यान्य विधाहरूमा पनि स्थानीय मिथकको प्रयोगतर्फ सचेतता बढ्दै गएको देखिन्छ । यसको एउटा दृष्टान्त हो नेपाली कवितामा देखिएको लेप्चा मिथकको प्रयोग । तथापि यस प्रकारको मिथक प्रयोग गर्ने दिसामा भने सबै कविहरू सक्रिय देखिँदैनन् । तर हालसम्म जे-जति कविहरूले यसतर्फ आफ्नो योगदान दिँदै आइरहेका छन् त्यसैको अध्ययन प्रस्तुत शोध रचनाको मुख्य विषय रहेको छ। बीज शब्द : मिथक, पुराकथा, पुराख्यान, आद्यस्वरूप, कविता, लेप्चा, चेक्ता, मायलल्याङ्। सार नेपाली कवितामा मिथकको प्रयोग नितान्त नौलो विषय होइन । साहित्यका अन्य विधामा हेरी कविताका क्षेत्रमा यसको प्रयोग प्रारम्भिक कालदेखि अद्यावधि पनि हुँदै आइरहेको छ । तर प्रयोगवादी लेखन सँगसँगै सुरु भएको इतर नेपाली मिथकहरूको प्रयोगको आधिक्यले गर्दा एकातिर कविता दुर्बोध्य बन्दै गइरहेको छ भने अर्कातिर स्थानीय क्षेत्रमा भएका कतिपय मिथकहरू सङ्कटापन्न बन्दै जान लागिरहेको छ । यसो हुँदा विगत केही समयदेखि नेपाली कविता साथै साहित्यका अन्यान्य विधाहरूमा पनि स्थानीय मिथकको प्रयोगतर्फ सचेतता बढ्दै गएको देखिन्छ । यसको एउटा दृष्टान्त हो नेपाली कवितामा देखिएको लेप्चा मिथकको प्रयोग । तथापि यस प्रकारको मिथक प्रयोग गर्ने दिसामा भने सबै कविहरू सक्रिय देखिँदैनन् । तर हालसम्म जे - जति कविहरूले यसतर्फ आफ्नो योगदान दिँदै आइरहेका छन् त्यसैको अध्ययन प्रस्तुत शोध रचनाको मुख्य विषय रहेको छ ।Item Open Access ऋतु-निमन्त्रण र पारिस्थितिकी Writu-nimantran ra paristhitiko(University of North Bengal, 2017) सुब्बा Subba, देवचन्द्र Debchandraप्रकृति र साहित्यबिचको अध्ययन गर्ने विद्यानुशासनलाई परिवेश विमर्श भनिन्छ। परिवेश विमर्शले प्रकृतिमा भइरहेको प्रदूषण र पारिस्थितकीमा असन्तुलनका विषय वा समस्याहरूबारे साहित्यको भूमि विमर्श गर्दछ। परिवेश विमर्श अन्तरज्ञानानुशासनको विषय हो । यसअन्तर्गत दर्शन, विज्ञान, अध्यात्म, मनोविज्ञान, राजनीति, अर्थशास्त्र र भाषाविज्ञानजस्ता विषयका कुराहरू पर्छन् । यी सबै विषयहरूबाट तथ्य लिएर साहित्यको माध्यमले अध्ययन गरिन्छ । त्यसैले परिवेश विमर्शमा प्रकृति लेखन, गहन पारिस्थितिकी, गाया अनुकल्पना, हरित आध्यात्मिकता, परिवेश धर्मविज्ञान आदि विषयहरू पर्छन्। यस लेखमा कवि मोहन कोइरालाको; ऋतुनिमन्त्रण; - काव्यको पारिस्थितिकीय (इकोलजिकल) अध्ययन गरिने प्रयास गरिएको छ । बीजशब्द – पारिस्थितिकी, गहन पारिस्थितिकी, नृकेन्द्री विचार, परिवेश काव्य - प्रकृति र साहित्यबिचको अध्ययन गर्ने विद्यानुशासनलाई परिवेश विमर्श भनिन्छ । परिवेश विमर्शले प्रकृतिमा भइरहेको प्रदूषण र पारिस्थितकीमा असन्तुलनका विषय वा समस्याहरूबारे साहित्यको भूमि विमर्श गर्दछ । परिवेश विमर्श अन्तरज्ञानानुशासनको विषय हो । यसअन्तर्गत दर्शन , विज्ञान , अध्यात्म , मनोविज्ञान , राजनीति , अर्थशास्त्र र भाषाविज्ञानजस्ता विषयका कुराहरू पर्छन् । यी सबै विषयहरूबाट तथ्य लिएर साहित्यको माध्यमले अध्ययन गरिन्छ । त्यसैले परिवेश विमर्शमा प्रकृति लेखन , गहन पारिस्थितिकी , गाया अनुकल्पना , हरित आध्यात्मिकता , परिवेश धर्मविज्ञान आदि विषयहरू पर्छन् । यस लेखमा कवि मोहन कोइरालाको; ऋतुनिमन्त्रण काव्यको पारिस्थितिकीय ( इकोलजिकल ) अध्ययन गरिने प्रयास गरिएको छ ।Item Open Access देवकोटाका निबन्धमा ह्वास्यरस Debkotaka nibandhma hassyaras(University of North Bengal, 2017) नेपाल Nepal, हेमन्तकमार Hemantkumarहास स्थायीभावबाट अभिव्यङ्ग्य हुने रसलाई हास्य रस भनिन्छ। भरतको नाट्यशास्रमा यसलाई गौण रस मानिएको छ र यसको उत्पत्ति सम्भोग शृङ्गार रसबाट भएको तर्क प्रस्तुत गरिएको छ। असामान्य, विकृत वा हाँसउठ्दो हाव-भाव, चेष्टा, क्रियाकलाप आदि भएको वस्तु, व्यक्ति र स्थिति हास्य अभिव्यक्तिका कारण हुन्। लक्ष्मीप्रसाद देवकोटाका निबन्धमा विद्यमान हास्य हेतुले कतै प्रसङ्गलाई रोचक बनाएका छन्, कतै व्यङ्ग्य प्रहार गरेका छन् र कतै अनुकूल एवं प्रतिकूल स्थितिको चित्रण गरेका छन्। यस लेखमा देवकोटाका निबन्धमा पाइने यिनै हास्यका आधारभूत कारण, कार्य र सहकारिभावको अध्ययन गरिएको छ।Item Open Access कालचिनी क्षेत्रका आदिवासी जनजाति (सादरी भाषी) र तिनका संस्कार एवम् संस्कृति Kalchini khetraka adivasi janjati (sadri bhasi) ra tinka sanskar ebam sanskriti(University of North Bengal, 2017) थापा Thapa, नविना Nabinaआदिवासी जाति कालचिनी क्षेत्रमा बसोबास गर्ने जनजाति मध्ये एउटा जाति हो। आदिवासी जातिलाई आदिम जाति मात्र नभएर सादरी भाषी, नागपुरी, सदानी भनेर पनि चिनिन्छ। यस क्षेत्रका आदिवासी जातिहरूमा देवी-देवता मान्ने प्रथा, धामी परम्परा, धार्मिक उत्सव र सामाजिक संस्कार जस्ता लोकविश्वासगत कुरा देख्न पाइन्छ। प्रस्तुत पत्रले सोही कुरा लिएर आदिवासी जनजाति र तिनका संस्कार एवम् संस्कृतिका केही पक्ष हेर्ने प्रयास गरेको छ।Item Open Access शिवकुमार राईको 'पुत्लो' क पाइने बालचरित्रको अध्ययन 'Shivkumar Raiko putlo' ka paine balcharitrako adhyayan(University of North Bengal, 2018) विश्वकर्म Biswakarma, विक्रम Bikramयस लेखमा कथाकार शिवकुमार राईको 'पुत्लो' कथामा प्रयुक्त प्रमुख बालपात्रको चरित्रलाई चरित्र विश्लेषणको मनोविश्लेषणात्मक पद्धतिका आधारमा अध्ययन-विश्लेषण गरिएको छ। यस क्रममा पात्र र चरित्रमाझको भिन्नतालाई सङ्क्षिप्त रूपमा प्रस्तुत गरिएको छ भने चरित्र विश्लेषणको मनोविश्लेषणात्मक पद्धतिका आधारहरूलाई सविस्तार चिनाउने प्रयास गरिएको छ। यसका निम्ति 'मनोविश्लेषणात्मक नेपाली उपन्यासमा पात्रविधान' नामक पुस्तकमा दुर्गाबहादुर घर्ती (वि स २0६७)- ले प्रस्तुत गरेका पात्रविश्लेषणको मनोविश्लेषणात्मक पद्धतिलाई आधारस्वरूप ग्रहण गरिएको छ भने अन्यान्य मनोवैज्ञानिक एवम् विद्वान्, समीक्षकहरूद्वारा प्रतिपादित विचार, विवेचनाहरूको पनि सहयोग लिइएको छ।Item Open Access नेपाली र सादरी भाषामा आदरार्थी प्रयोग : तुलनात्मक अध्ययन Nepali r saadri bhashama adrarthi prayog : tulnatmak adhyayan(University of North Bengal, 2018) सुन्दास Sundas, आदर्श Adarshयस लेखमा नेपाली र सादरी भाषामा पाइने आदरार्थी प्रयोगहरूको तुलनात्मक अध्ययन गरिएको छ। दुवै भाषाका आदरार्थी प्रयोगहरूका दृष्टान्तलाई ध्यानमा राखेर तुलनात्मक अध्ययन गरिएको छ। मौलिकता र व्याकरण व्यवस्थाका कारण प्रत्येक भाषामा आ-आफ्नै प्रकारका विशेषता हुन्छन्। यहाँ नेपाली र सादरी भाषाका मानक व्याकरण व्यवस्थालाई आधार बनाई यी भाषाका आदरार्थी प्रयोगहरूको तुलनात्मक अध्ययन गरिएको छ। दुवै भाषाका आदरार्थी प्रयोगहरूमा के कस्ता साम्य र वैषम्य छन् ती देखाइएका छन्।Item Open Access भिन्न क्षमताको अध्ययनका दृष्टिले लङ्गडाको साथी उपन्यासको विश्लेषण Vinna khamtako adhyanka drishtile langadako sathi upannyasko visleshan(University of North Bengal, 2018) शर्मा Sharma, मुक्तिनाथ Muktinathभिन्न क्षमता वा विकलाङ्ग अध्ययन सांस्कृतिक अध्ययनका क्षेत्रमा एउटा नवीन अनि महत्त्वपूर्ण विषय हो। साहित्यका क्षेत्रमा उत्ततआधुनिकतावादले भित्र्याएका विविध सिद्धान्तहरूमध्ये यो पनि एउटा हो। यस सिद्धान्तद्वारा समाजमा रहेका अल्पसङ्ख्यक विकल अवस्था भएका मानिसका सामाजिक, आर्थिक अनि राजनैतिक स्थितिबारे अध्ययन एवम् विश्लेषण गरिन्छ साथै साहित्य पनि समाजको एउटा अभिन्न अङ्ग भएको हुनाले यसले साहित्यिक कृतिहरूमा रहेका भिन्न क्षमताका पात्रहरूबारे पनि अध्ययन गर्छ। यसका साथ्रै उनीहरूलाई अन्य सामान्य सबलाङ्ग मानिसहरूद्वारा के कस्तो व्यवहार गरिन्छ भन्ने कुराको पनि अध्ययन एवम् विश्लेषण गरिन्छ। यस शोधपत्रमा भिन्न क्षमता अध्ययनका आधारमा उपन्यासकार लैनसिंह बाङ्देलद्वारा रचित लङ्गडाको साथी' उपन्यासको अध्ययन एवम् विश्लेषण गरिएको छ। यहाँ मूल रूपमा भिन्न क्षमता अध्ययनका अध्येता डेभिड एल हस्किङले लेनकास्टर युनिभर्सिटीमा प्रस्तुत गरेका शोधपत्र क्रिटिकल डिस्एबिलिटी थ्योरी -लाई आधार बनाई प्रस्तुत उपन्यासको विश्लेषण गरिएको छ।Item Open Access सीमा अध्ययन अनि कथा “फ्रण्टियर' Seema Adhyayan ani katha 'frontier'(University of North Bengal, 2018) खाती Khati, योजेश Yojeshसमकालीन साहित्यले अध्ययनका विविध दिशालाई पक्रेर अघि बढ्दै गरेको सकारात्मक अवस्था छ। सोभियत राष्ट्र सङ्घ टुक्रा भएपछि वैश्चिक आर्थिक, अस्थिरता अनि आतङ्कवाद जस्ता विषयहरूले गर्दा सीमा अध्ययन (Border Studies)) माथि शोध हुन सक्ने सम्भावनाहरू चुलिएर गयो। भू- राजनैतिक विभाजनबाहेक यसलाई अध्ययनको एउटा विधाका रूपमा हेरिने सम्भावनाहरू देखिए। यसैले राष्ट्रको सीमा, सिमाना, किनारा, साँध, दोसाँध बाहेक सीमा अध्ययनले सामाजिक परिसीमाका सांस्कृतिक, प्रतीकात्मक साथै अन्य प्रकारका अध्ययनतर्फ लक्ष्य ग्दछ। सीमा अध्ययन एउटा अन्तर्विषयक अध्ययन क्षेत्र हो जसले राजनैतिक अनि दैनिन्दिनी विमर्शहरूभित्र पाउन सकिने सीमा अनि चिनारीलाई बुझाई अर्थहरूको आलोचनात्मक ढङ्गले परीक्षण गर्दछ। भूगोल विषयभित्र सीमाको अध्ययन हुँदै आइरहेको हो। केही दशकदेखि यता सीमा अध्ययनले अन्तर्विषयक विधाका रूपमा विमर्शको क्षेत्र र मौका प्राप्त गरेको छ। भूगोलपछि सीमा अध्ययनलाई मनोविज्ञान, कानुन, समाजशास्र, अर्थशास्र आदि विषयहरूले पनि विधागत रूपमा हेर्न गरेको छ। परम्परागत रूपमा सीमालाई दुई देशबिचको भौगोलिक सीमाङ्कन भनेर जानिन्छ यद्यपि अन्तर्विषयक अध्ययनका रूपमा सीमा अध्ययनभित्र फौज (military), युद्ध (warfare), राजनैतिक कुटनीति (political diplomacy), आतङककवाद (terrorism) , बसाइँ (migration), जातीय चिनारी (ethnic identity), शक्ति प्रदर्शन (show of powers), डायस्पोरा ((Diaspora) जस्ता विषयहरूले भूगोल, भू- राजनीति हुँदै आज बहुविषयक अध्ययन क्षेत्रलाई उर्वर बनाएको छ। सीमा अध्ययनका सैद्धान्तिक बै सहायक प्राध्यापक, खर्साङ सरकारी महाविद्यालय। दृष्टिकोणबारे चर्चा परिचर्चा सुरु भएको केही दशक मात्र भएको छ। भारतीय नेपाली साहित्यभित्र पनि सीमा अध्ययनका प्रसङ्गहरू उपर्युक्त विषयहरू लिएर विविध विधाभित्र देखिएका भेटिन्छन्। यस अध्ययनको मूल उद्देश्य सन् १९५१ सालमा फ्रण्टियर कथा सङ्ग्रहभित्र छापिएको कथाकार शिव कुमार राईको फ्रण्टियर कथालाई सीमा अध्ययनअन्तर्गत राखेर हेरिने प्रयास गरिन्छ। उक्त कथामा ब्रिटिस इन्डिया अर्थात् भारत स्वतन्त्र भारत बनिन अघिकै कथावस्तु बुनिएको छ। कथाभित्र वास्तविक स्थान नामहरूसँगै तत्कालीन भारत, पाकिस्तान, अफगानिस्तान आदि देशहरूको सैनिक गतिविधि (military movement) र् सिमानाहरूका प्रसङ्ग भेटिन्छन्। यसैले सीमा अध्ययनअन्तर्गत यस कथालाई हेरिँदा समकालीन भारतीय साहित्यभित्र नेपाली साहित्यको प्रवृत्तिलाई केलाउने अझ फाँडटिलो क्षेत्र प्राप्त हुन सक्ने उद्देश्यले कथा फ्रण्टियर को यहाँ चर्चा गरिन्छ।Item Open Access "नयाँ क्षितिजको खोज" उपन्यासमा इतिहास चेतना "Naya khitizko khoj" upannyasma itihas chetna(University of North Bengal, 2018) लामा Lama, बबी Bobyऐतिहासिक दस्तावेजझैँ लाग्ने उपन्यास “नयाँ क्षितिजको खोज'मा दार्जिलिङको इतिहास कथाका रूपमा पाइन्छ। यस अध्ययन पत्रमा यसै उपन्यासमा पाइने ऐतिहासिक पक्षको अध्ययन गरिएको छ। इतिहासको अर्थ केलाउँदै आख्यान र इतिहास कसरी सम्बन्धित छन् भन्ने पक्षको अध्ययन गरिएको छ। उपन्यासमा इतिहास चेतनालाई कसरी राखिएको छ भन्ने कुरामा प्रकाश पार्दै उपन्यासकै आधारमा दार्जिलिङ र यसको विकाससम्बन्धी विविध सन्धि, शिक्षा, चिया खेती, रोड निर्माणजस्ता इतिहासलाई धेरथोर राख्ने प्रयास गरिएको छ।Item Open Access नेपाली कोटिकर Nepali kotikar(University of North Bengal, 2018) मणर Manar, कृष्णमाया Krishnamayaनेपाली भाषामा पाइने कोटिकारहरूको वर्णन तथा विश्लेषण यस अध्ययनपत्रको उद्देश्य रहेको छ। निर्जीवता, मानवीयता, आकार, विन्यास, खँदिलोपन, पदार्थ, आयाम, माप आदि अर्थतत्त्वका आधारमा नामलाई कोटीकृत गर्ने लगभग दुइ सयवटा सङ्ख्यावाची कोटिकारहरू नेपालीमा पाइन्छन्। यस पत्रमा ती कोटिकारहरूको वर्गीकरणसँगै रूपतात्विक अनि वाक्यतात्चिक वर्णन गरिएको छ।Item Open Access पराज्ञान सिद्धान्त र नेपाली साहित्य Paragyan sidhyant ra nepali sahitya(University of North Bengal, 2018) थापा Thapa, रेमिका Romikaआदिम मानिसले सर्वप्रथम प्रकृतिसँग जुझेर, लडेर र प्रतिद्वन्द्रिता गरेर जीवन जिउने प्रणाली बनाएको थियो तर कालान्तरमा सङ्घर्ष मात्र पर्याप्त भएन। यसकारण मानिसले प्रकृति शक्तिलाई आराध्य मान्दै पूजा, आराधना र समर्पण आदि गर्न सम्झौतावादी शैली अँगाल्यो किनभने प्रकृतिका क्षोभबाट बाँच्नु र प्रकृतिको अद्भुत शक्ति प्राप्त गरेर सासारिक जीवनलाई सहजसाध्य बनाउनु मान्छेको एक मात्र आदिम कामना थियो। यसरी मानव सभ्यताका इतिहासमा अलौकिक आस्था र अभ्यासको गतिविधि सुरु भएको अनि यही नै मनुष्य जीवनको आदिदर्शन र आदिविज्ञान अनि जीवन जिउने एक मात्र प्रणाली भएको देखिन्छ। भौतिक विज्ञानले मानिसका जीवनमा विराट् क्रान्ति ल्याए तापनि अलौकिक आस्था र अभ्यास रहस्यमय दर्शनका रूपमा आधुनिक युगसम्म निरन्तर अस्तित्ववान छ। मानिसको आदि-अनादि सत्व अथवा टेक्ने भुइँसँग सम्बन्धित भएको हुनाले पराभौतिक आस्था र अभ्यासको प्रासङ्गिकता आधुनिक समयमा पनि जियालो छ। मानिसले आफ्नो जन्मसँग जीवन र मृत्युको रहस्य पनि साथै लिएर आएको छ। ब्रह्याण्डको रचना र संसारको सृष्टि आख्यानहरूमा गरिएका रहस्यात्मक व्याख्याहरूसँग मानिस आधारभूत रूपले सङ्लग छ। संसारको अस्तित्व र संसारेतर रहस्य-ज्ञानप्रति मानिसको अभिरुचि अटुट छ। मानिस आफूभित्रको सृक्ष्मतालाई चिन्ने र आफूभन्दा माथि अथवा परको असीम, अनन्त र अदृश्य ज्ञानप्रति गम्भीर आग्रह राख्ने प्राणी भएकाले अनेक कौतूहल र जिज्ञासाहरूले भरिएका गतिविधिहरू संसारमा कार्यशील छन्। यस्ता रहस्यात्मक अनुशासन र कार्यविधिलाई अध्ययन गर्न औपचारिक आधारबारे अध्ययनको प्रासङ्गिकता विवेचनीय विषय बनेको बै सहायक प्राध्यापक, नेपाली विभाग, परिमल मित्र स्मृति महाविद्यालय, मालबजार, पश्चिम बङ्गाल पाइन्छ।Item Open Access समालोचनाको सिद्धान्त : भाष्यशास्तर Samalochnako sidhyant : Vasyasastar(University of North Bengal, 2018) राई Rai, सञ्जय Sanjayयस लेखमा भाष्यशास्रको पूर्वीय र पाश्चात्य परम्पराबारे परिचय दिइएको छ। संस्कृत वाङ्मयले भाष्यशास्रबारे संयमित अध्ययन /अध्याय सुरक्षित राखेको छैन। पश्चिममा आधुनिक तथा उत्तरआधुनिककालमा यसको विकास समय र समाजको चिन्तनअनुसार अघि बढेर आएको छ। दर्शनशास्र, समाजशास्त्र, इतिहास, राजनीतिशास्र सँगसँगै साहित्यशास्त्रका तात्विक दृष्टिकोणबाट भाष्यलाई अध्ययन गरी यसलाई समालोचनाको सिद्धान्त अथवा काव्यशास्र बनाउने उपक्रम अद्यावधि चलिरहेको छ। पूर्वीय वाङमय परम्परामा भाष्य स्वयम् एउटा स्वतन्त्र विधाका रूपमा देखिन्छ। परिवर्द्धन, सम्पादन, अनुवीक्षण, निरीक्षण सम्भव हुने भाष्यकार्य अधुनातन तथा तुलनात्मक अध्ययन र अनुवादविज्ञानको समकक्षीय देखिन्छ। यद्यपि नयाँ काव्यशास््रका रूपमा विकासशील भाष्यशास्र पूर्विय वाङ्मयकै परम्परा र देन हो।Item Open Access नेपाली भाषामा संयोजन प्रक्रिया Nepali vashama sanyojan prakriya(University of North Bengal, 2019) शर्मा Sharma, नारायण Narayanनेपाली भाषामा पाइने संयोजन प्रक्रियाको वर्णनात्मक विश्लेषण गर्नु यस शोधपत्रको उद्देश्य रहेको छ। नेपाली सयोजक शब्दहरूलाई शब्द सरचना, अर्थ, शब्द स्रोत अनि आश्रयका आधारमा वर्गीकरण गरी पद, पदबन्ध, उपवाक्य तथा वाक्यात्मक स्तरमा सम्पन्न हुने संयोजन प्रक्रियाको विश्लेषण यसमा गरिएको छ।Item Open Access आधुनिकतावादी कविताका प्रविधि Adhuniktabadi kabitaka prabidhi(University of North Bengal, 2019) पोखरेल Pokhrel, माधवप्रसाद Madhabprasadबीसौँ शताब्दीको दोस्रो दशकमा अङ्ग्रेजी साहित्यमा टी ई ह्युम, टी एस इलियट, एज्रा पाउन्ड र जोन क्रोर्यान्समजस्ता कवि समालोचकहरूले अभ्यास र प्रचार गरेको आधुनिकतावादी' (मोडर्निस्ट) कविता आधारभूत रूपमा उन्नाइसौँ शताब्दीका फ्रान्सका आधुनिकतावादी कवि बोद्लेयर (१८५७ इ) ले सुरु गरेका हुन्। नेपाली साहित्यमा पनि काठमाडौँबाट प्रकाशित रूपरेखा (वि सं २00९) पत्रिकामा देखापर्ने मोहन कोइरालाको घाइते युग' (वि सं २0१७) कविता र दार्जिलिङबाट प्रकाशित तेस्रो आयाम (२0२0) पत्रिकामा देखापर्ने वैरागी काइँलाको मातेको मान्छेको भाषण' (२0२0) र इश्वरवल्लभहरूका कविता अनि इन्द्र बहादुर राईका गद्यमा न्वारन गरिएको आयामेली कवितामा अभिव्यक्त कवितालाई आधुनिकतावादी कविता मानिन्छ। बेलाइत र अमेरिकाका आधुनिकतावादी कविहरू छन्दमै मात्र कविता लेख्थे र गद्य कविताको विरोध गर्थे तर नेपाली साहित्यका आधुनिकतावादी कविहरू चाहिँ गद्य कविता मात्र लेख्ने भएकाले नेपाली साहित्यका पाठकलाई आधुनिकतावादी कविता गद्यमै लेख्नु पर्ने रहेछ भन्ने भ्रम भए पनि उनीहरूका मूल प्रेरणा स्रोत टी एस इलियट नै हुन्। नेपाली साहित्यका यी आयामेली , बिम्ब वादी, आधुनिकतावादी र प्रयोगवादी' छाप लागेका कविहरूका कविता धेरैजसो पाठकले बुझ्नै नसक्ने अप्ठ्यारा ठहस्याए झैँ उनीहरूको मूल प्रेरणा भूमि बेलाइतका आधुनिकतावादी कविताहरू पनि पाठकहरूले फलामचिउरे नै ठहन्याएका थिए। त्यसैले त्यो कविताको युग उमेर नपुगी छिप्पियो र सिद्धियो। यस लेखमा आधुनिकतावादी कविता किन फलामचिउरे भयो ? भन्ने बारे लेखाजोखा गरिएको छ। प्रयोगवाद, बिम्बवाद् र विद्रोह नै आधुनिकतावादी कविताको मूल बेहोरा पनि हो अनि क्लिष्टता र अल्पायुको कारण पनि हो भन्ने तर्क यसमा गरिएको छ।Item Open Access उत्तर उत्तरआधुनिकतावादका सन्दर्भमा समकालीन नेपाली कविता Uttar uttaradhuniktabadka sandarvma samkalinnepali kavita(University of North Bengal, 2019) बस्नेत Basnet, कबीर Kabirयस शोधपत्रले उत्तर उत्तरआधुनिकवादको एउटा समालोचनात्मक अवधारणा प्रस्तुत गरेको छ। उत्तरआधुनिकताका सन्दर्भमा उत्तर उत्तरआधुनिकताका प्रमुख विशेषतालगायत यसको जन्म अनि अवधारणा केलाउने प्रयास यसमा गरिएको छ। नवउदारतावाद, भूमण्डलीकरण अनि उत्तर उत्तरआधुनिकताको सम्बन्ध केलाउँदै कुन आर्थिक-राजनैतिक -सास्कृतिक परिवेशमा उत्तर उत्तरआधुनिकताको जन्म भयो त्यसको तर्कसङ्गत विश्लेषण गरिएको छ साथै उत्तरआधुनिकताले कसरी मानविकी अनि समाजशास्रीय अवधारणाहरूलाई प्रभावित गर्ने माध्यमका रूपमा काम गर्दै उपभोक्तावादलाई प्रोत्साहित गरिरहेको छ अनि यिनीहरूलाई केवल सैद्धान्तिक दृष्टिकोणका रूपमा मात्र स्थापित गर्दै वित्तीय पुँजीवाद अनि अमेरिकेली नव रूढिवादलाई विधिसम्मतबनाउने प्रयास गरिरहेको छ त्यसको पनि आलोचना गरिएको छ। उत्तर उत्तरआधुनिकतावादी दृष्टिकोणले नेपाली कवितालाई कसरी हेर्न सकिन्छ त्यसको विश्लेषण पनि यसमा गरिएको छ।Item Open Access भारतका समकालीन नेपाली कविता र गीतमा लोकसंस्कृति एवम् इतिहास चेतना Bharatma samkalin nepali kabita r gitma loksanskriti abam itihas chetna(University of North Bengal, 2019) प्रधान Pradhan, दिल कुमार Dil Kumarयस लेखमा भारतका समकालीन नेपाली कविता र गीतहरूमा रहेका लोकसंस्कृति र इतिहासको चेतना केलाउन अघि 'समकालीन' शब्दको अर्थ, सन्दर्भ, समकालीन धाराको उत्थान, संक्षिप्त प्रवृत्ति केलाउने प्रयास गरिएको छ। भारतका आधुनिक नेपाली कविताहरूमा रहेका लोकसंस्कृति र इतिहास चेतना वा स्वरहरूको चर्चा गर्ने क्रममा जातीय चेतना र परिचय सङ्कट विषयक कतिपय कवितांश पनि उद्धत गरिएको छ। ती कविताहरूमा रहेका सास्कृतिक र इतिहास चेतनाको उद्बोधन परिचय सङ्कट वा जातीय आस्तित्विक चेतनाबाटै सिञ्चित भएको बुझिएकाले उपनिवेशकालीन कविहरू डाकमान राई, दिलुसिंह राई, हाजिरमान राइ, धनवीर भण्डारी आदिका कविताहरू पनि चर्चामा ल्याइएको छ। यसैले प्रस्तुत लेखमा समकालीन, लोकसंस्कृति र इतिहास चेतना बीज शब्दका रूपमा रहेका छन्।Item Open Access शैलीय उपकरणका रूपमा उत्तरगर्भ प्रश्न : सन्दर्भमा परालको आगो कथा Shoiliyo upkaranka rupma uttarmarg prashna: sandarvma paralako agou(University of North Bengal, 2019) शर्मा Sharma, सिबेन Shibenप्रस्तुत लेखमा उत्तरगर्भ प्रश्नलाई एउटा शैलीय उपकरणका रूपमा चिनाउँदै कथाकार गुरुप्रसाद मैनालीकृत परालको आगो' कथामा प्रयुक्त उत्तरगर्भ प्रश्नका सूचीसहित तिनको विश्लेषण गरिएको छ। कथाका अर्थमा गम्भीरता ल्याउन र कलात्मक उत्कर्ष दिन तिनले कसरी सहयोग पुच्याएका छन् भन्ने कुरामाथि प्रकाश पारिएको छ। अध्ययनका निम्ति घनश्याम नेपालको शैलीविज्ञान तथा भोलानाथ तिवारीको व्यावहारिक शैलीविज्ञानमा प्रतिपादित विवेचनालाई सैद्धान्तिक आधारका रूपमा ग्रहण गरिएको छ।