आधुनिकतावादी कविताका प्रविधि Adhuniktabadi kabitaka prabidhi

DOI

Access Status

Loading...
Thumbnail Image

Type

Article

Date

Journal Title

Abhigyan : Shodhmulak Ardhvarshik

Journal Editor

Nepal, Ghanshyam

Journal ISSN

Volume Title

Publisher

University of North Bengal

Statistics

Total views and downloads
Views
64
Downloads
51
Impact & Metrics

Advisor

Editor

Abstract

बीसौँ शताब्दीको दोस्रो दशकमा अङ्ग्रेजी साहित्यमा टी ई ह्युम, टी एस इलियट, एज्रा पाउन्ड र जोन क्रोर्यान्समजस्ता कवि समालोचकहरूले अभ्यास र प्रचार गरेको आधुनिकतावादी' (मोडर्निस्ट) कविता आधारभूत रूपमा उन्नाइसौँ शताब्दीका फ्रान्सका आधुनिकतावादी कवि बोद्लेयर (१८५७ इ) ले सुरु गरेका हुन्‌। नेपाली साहित्यमा पनि काठमाडौँबाट प्रकाशित रूपरेखा (वि सं २00९) पत्रिकामा देखापर्ने मोहन कोइरालाको घाइते युग' (वि सं २0१७) कविता र दार्जिलिङबाट प्रकाशित तेस्रो आयाम (२0२0) पत्रिकामा देखापर्ने वैरागी काइँलाको मातेको मान्छेको भाषण' (२0२0) र इश्वरवल्लभहरूका कविता अनि इन्द्र बहादुर राईका गद्यमा न्वारन गरिएको आयामेली कवितामा अभिव्यक्त कवितालाई आधुनिकतावादी कविता मानिन्छ। बेलाइत र अमेरिकाका आधुनिकतावादी कविहरू छन्दमै मात्र कविता लेख्थे र गद्य कविताको विरोध गर्थे तर नेपाली साहित्यका आधुनिकतावादी कविहरू चाहिँ गद्य कविता मात्र लेख्ने भएकाले नेपाली साहित्यका पाठकलाई आधुनिकतावादी कविता गद्यमै लेख्नु पर्ने रहेछ भन्ने भ्रम भए पनि उनीहरूका मूल प्रेरणा स्रोत टी एस इलियट नै हुन्‌। नेपाली साहित्यका यी आयामेली , बिम्ब वादी, आधुनिकतावादी र प्रयोगवादी' छाप लागेका कविहरूका कविता धेरैजसो पाठकले बुझ्नै नसक्ने अप्ठ्यारा ठहस्याए झैँ उनीहरूको मूल प्रेरणा भूमि बेलाइतका आधुनिकतावादी कविताहरू पनि पाठकहरूले फलामचिउरे नै ठहन्याएका थिए। त्यसैले त्यो कविताको युग उमेर नपुगी छिप्पियो र सिद्धियो। यस लेखमा आधुनिकतावादी कविता किन फलामचिउरे भयो ? भन्ने बारे लेखाजोखा गरिएको छ। प्रयोगवाद, बिम्बवाद्‌ र विद्रोह नै आधुनिकतावादी कविताको मूल बेहोरा पनि हो अनि क्लिष्टता र अल्पायुको कारण पनि हो भन्ने तर्क यसमा गरिएको छ।

Description

Citation

Accession No

Call No

Book Title

Edition

Volume

ISBN No

Volume Number

8

Issue Number

10

ISSN No

0976-1640

eISSN No

Pages

Pages

3 - 18

Endorsement

Review

Supplemented By

Referenced By