Department of Nepali
Permanent URI for this communityhttps://ir.nbu.ac.in/handle/123456789/4478
Nepali department was established as a full fledged department in 1977, under North Bengal University. It sets to work on Post –Graduate Programme in 1978, 16 January. It is proud to say the such department to be established in the whole regions of he country, with a view to fulfill the aspiration of the cherished people of District Darjeeling, Dooars, Jalpaiguri and its adjoining neighbour state Sikkim, and North Eastern states. Basically it cope with the subject of Nepali Language and literature.
Browse
Item Open Access Apradh kathaka rupma 'moule saritako hatya gare' kathako bishleshan अपराध कथाका रुपमा 'मैले सरिताको हत्या गरें' कथाको विश्लेषण(University of North Bengal, 2022) Sharma शर्मा, Durgaprasad दुर्गाप्रसादगोविन्दबहादुर मल्ल गोठालेको तेस्रो कथासङ्ग्रह प्रेम र मृत्युमा सङ्ग्रहित मैले सरिताको हत्या गरेँ कथाको अपराध वैज्ञानिक विश्लेषण गर्नु यस शोधपत्रको उद्देश्य हो। चारित्रिक मनोविकारबाट निर्मित पात्रका माध्यमले कथामा जघन्य अपराधका श्रेणीमा राखिने हत्याजस्तो अमानवीय घटना भएको कुरो चित्रण गरिएकाले उपर्युक्त कथालाई अपराध आख्यान भन्न सकिन्छ। कथामा गोठालेले हत्याराको मनोग्रन्थीलाई सफलतापूर्वक केलाएका छन्। गोठालेका अपराध कथाहरु हत्या हिंसापछि जासुसी वा प्रहरी प्रक्रियात्मक तरिकाद्वारा हत्यारा वा हत्याको छानबिन गरिने पाश्चात्य साहित्यका अपराधकथा जस्ता नभएर हत्याराका असामान्य मनोग्रन्थी केलाउने मनोवैज्ञानिक ढाँचाका पाइन्छन्।Item Open Access Bindha Subbakrita 'iswari' kathako balpatrako manobishleshanatmak adhyayan विन्धा सुब्बाकृत ‘ईश्वरी’ कथाकी बालपात्राको मानोबिश्लेषनात्मक अध्ययन(University of North Bengal, 2022) Subba सुब्बा, Komal कोमलप्रस्तुत शोधपत्रमा विन्द्या सुब्बाको ‘ईश्वरी’ कथाकी बाल पात्र ईश्वरीको मनोविश्लेषणात्मक अध्ययन गरिएको छ। बालमनोविज्ञानबारे विभिन्न मनोवैज्ञानिकहरूको अधारणा प्रस्तुत गर्दै कथाकी मुख्य बालिका पात्र ईश्वरीमा निहित संवेगहरूको विश्लेषण गर्ने प्रयास गरिएको छ।Item Open Access Dhrubachandra Goutamko 'taduprant' kathama bakrokti prayogko wishleshan ध्रुवचन्द्र गौतमको 'तदुपरान्त' कथामा वक्रोक्ति प्रयोगको विश्लेषण(University of North Bengal, 2022) Sharma शर्मा, Shibam शिवम्प्रस्तुत लेखमा वक्रोक्तिको अर्थ तथा वक्रोक्तिसम्बन्धी पूर्वीय एवम् पाश्चात्य चिन्तनको परिचय प्रस्तुत गर्दै कुन्तकको वक्रोक्ति सिद्धान्तका आधारमा कथाकार ध्रुवचन्द्र गौतम लिखित ‘तदुपरान्त’ कथाको विश्लेषण गरिएको छ। कथाभित्र वर्ण, पद, वाक्य, प्रकरण अनि प्रबन्धका तहमा देखिएका वक्रोक्तिले कथालाई कसरी कलात्मक, श्रुतिरमणीय, अर्थ गाम्भीर्ययुक्त, व्यङ्यात्मक, माधुर्यपूर्ण र ध्वन्यात्मक वैचित्र्ययुक्त तुल्याएको छ भन्ने विषयबारे यसमा प्रकाश पारिएको छ। यसमा अध्ययनका निम्ति मूलत: कुन्तकको वक्रोक्तिकाव्यजीवितम्मा व्रकोक्तिबारे गरिएको सिद्धान्त कथन अनि भेद निरूपणलाई सैद्धान्तिक एवम् विधिगत आधारका रूपमा ग्रहण गरिएको छ।Item Open Access Garubathan khandka tamang jatima prachlit गोरुबथान खण्डका तामाङ जातिमा प्रचलित मृत्यु संस्कार(University of North Bengal, 2022) Tamang तामाङ, Ashish आशिष- गोरुबथान खण्ड पश्चिम बङ्गाल राज्यको कालेबुङ जिल्लाअन्तर्गत कालेबुङ महकुमामा अवस्थित छ। यो क�Item Open Access 'Kathakarko aankha' katha ko bigha paripati 'कथाकारको आँखा' कथा को बिघा परिपाटी(University of North Bengal, 2022) Patna पत्न, Yogesh योगेशसञ्जय विष्ट भारतीय नेपाली कथाका क्षेत्रमा एकजना स्थापित कथाकार हुन्। शब्दान्त (ई सं १९९३), अस्तचालतिर (ई सं २००७) र जुनजस्तै घाम (ई सं २०१५) उनका प्रकाशित कथा सङ्ग्रह हुन्। उनका कथाहरूको अध्ययन विभिन्न दृष्टिकोणबाट गर्न सकिन्छ। उनका प्रत्येक कथाले नै पाठकलाई विविध प्रकारले प्रभाव पारेको हुन्छ। अर्थात् एउटा पछि अर्को उत्कृष्ट कथा लेख्ने कथाकारहरूमध्ये उनी एकजना हुन्। उनको ‘कथाकारको आँखा’ कथा बेग्लै परिपाटीको देखिन्छ। यो कथा कथा विधाले भन्दै आएको पारम्परिक संरचनालाई चुनौती दिएर निर्माण भएको छ। यस कारण यस शोध पत्रमा उनका धेरैवटा कथाहरूमध्ये ‘कथाकारको आँखा’ कथाको विधा परिपाटी हेर्ने काम गरिएको छ।Item Open Access 'Naso' kathama samajik bastabikta ‘नासो’ कथामा सामाजिक बास्तविकता(University of North Bengal, 2022) Khatibda खतिवडा, Bishwaraj विश्वराजप्रस्तुत लेख गुरुप्रसाद मैनालीको ‘नासो’ (वि सं १९९२) कथामा पाइने सामाजिक वास्तविकताको अध्ययनसँग सम्बद्ध छ। सामाजिक वास्तविकता सम्बन्धी दृष्टिकोण फ्रान्सेली समाजशास्त्री इमाइल दुर्खिमले प्रतिपादन गरेका हुन्। ‘नासो’ सामाजिक विषयवस्तुमा लेखिएको कथा हुनाले यसलाई दुर्खिमद्वारा प्रतिपादित ‘सामाजिक वास्तविकताको सिद्धान्त’मा आधारित रही अध्ययन गरिएको छ। यस सिद्धान्तअनुसार समाज भौतिक वस्तु हो। यसको निर्माण र सञ्चालनमा धर्म, नैतिकता, आदर्श, मूल्य मान्यता आदि अभौतिक कुराको अहम् भूमिका रहन्छ। उक्त अभौतिक कुरालाई पनि तथ्य र प्रमाणका रूपमा लिन सकिन्छ। त्यसैले नेपथ्यमा रहेर भौतिक समाजलाई सञ्चालन गर्ने धर्म, नैतिकता आदि सामाजिक वस्तु हुन्। ‘नासो’ कथामा तत्कालीन समाजको प्रतिबिम्ब पाइन्छ। यस कथाको समाज धर्म अनि नैतिकताका मूल्य मान्यताअनुसार सञ्चालित परम्परागत प्रकारको छ। कथाका पात्रहरू देवीरमण, सुभद्रा, नौली, लक्ष्मी आदि पनि धर्म अनि नैतिकताकै निर्देशनअनुसार चलेका छन्। अतः प्रस्तुत कथालाई यहाँ ‘सामाजिक वास्तविकताको सिद्धान्त’का आधारमा अध्ययन गरिएको छ। अध्ययनका क्रममा यहाँ व्याख्यात्मक तथा विश्लेषणात्मक विधिको अनुसरण गरी तथ्यहरूको खोजी गरिएको छ। यस लेखमा देवीरमणलाई अर्को विवाह गर्न तथा सुभद्रालाई सौता भित्र्याउन बाध्य पार्ने प्रमुख कारक तत्त्व धर्म, नैतिकता, आदर्श र मूल्य मान्यताको सामाजिकता जस्ता कुरा असामाजिक वस्तु नभई अभौतिक सामाजिक वस्तु हुन् भन्ने निष्कर्ष निकालिएको छ।Item Open Access Nepali balkathaharuma aloukikta ghatna नेपाली बालकथाहरुमा अलौकिकता असम्भाब्या घटना(University of North Bengal, 2022) Tamang तामांग, Bhupen भुपेनबालकथालाई रोचक र आकर्षित बनाउनामा अलौकिक तत्त्वको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ। विभिन्न आद्भुतिक घटना, अलौकिक पात्र प्रयोग, पात्रगत विचित्र गुण र व्यवहारको चित्रण आदिका माध्यमले बालकथामा योजनाबद्ध रूपमा अलौकिकताको स्थापन गरिएको हुन्छ जसबाट बालहृदयले मनोरञ्जनसँगै नैतिक ज्ञान पनि प्राप्त गर्दछ। यस लेखमा नेपाली बालकथाहरूमा एउटा प्रवृत्ति विशेषका रूपमा रहेको अलौकिकताको स्थापन के कसरी भएको छ भन्ने कुरालाई विभिन्न आधारहरूबाट अध्ययन गरिएको छ। यस लेखमा विषयसँग सम्बद्ध सामग्री पुस्तकालयीय विधिद्वारा सङ्ग्रह गरी विवरणात्मक पद्धतिद्वारा निष्कर्ष निकाल्ने काम गरिएको छ। वर्णविन्यासका लागि हेमाङराज अधिकारीद्वारा सम्पादित प्रयोगात्मक नेपाली शब्दकोश (वि सं २०६६) अनि पादटिप्पणी र सन्दर्भ सूचीका लागि नेपाली लेखन शैली (ई सं २०११)लाई आधार मानिएको छ।Item Open Access Pradip Gurungka kathama chitrit dampattya sangkatko bibechna प्रदीप गुरुङका कथामा चित्रित दाम्पत्य सङ्कटको विवेचना(University of North Bengal, 2022) Bishwakarma विश्वकर्मा, Rajib राजीवप्रदीप गुरुङ सामाजिक यथार्थलाई विषय बनाएर कथा लेख्ने प्रभावशाली कथाकार हुन्। उनका कथामा समाजमा घटित विसङ्गतिहरूको कडी समाउन सक्ने आलोचनात्मक सामाजिक यथार्थवादी प्रवृत्ति पाइन्छ। विविध सामाजिक समस्याजस्तै दाम्पत्य सङ्कटको चित्रण गरिएका उनका धेरै कथाहरू पाइन्छन्। यस कारण यस शोध पत्रमा ती कथामा चित्रित दाम्पत्य सङ्कटका विविध रूपको विवेचना गर्ने लक्ष्य राखिएको छ। दाम्पत्य सङ्कटका कारणहरू स्पष्ट पार्न सामाजिक, आर्थिक, नैतिक तथा मनोवैज्ञानिक समस्याका रूपमा सम्बन्धित विषयको अध्ययन गरिएको छ। ‘घरपैँचो’, ‘यथास्थिति’, ‘बदलिँदो रङ् मनको’, ‘विङ्सगति : एउटा क्रमको’, ‘अनास्थाका पलहरू’, ‘बिरिमफूल’, ‘नि नि, लै लै निरमाया’, ‘भ्रमित’, ‘मिल्ने मन’, ‘लाशजस्तो इच्छा’, ‘गुम्फन’, ‘लावारिश उपहार’ जस्ता कथामा पारिवारिक जीवन र नाता सम्बन्धहरूमध्ये दाम्पत्य सङ्कटको चित्रणले के कस्तो दशा र दिशा निर्देश गरेको छ भन्ने कुरो स्पष्ट पार्न यससम्बन्धी विविध पक्षहरूको विश्लेषणात्मक अध्ययन गरिएको छ।Item Open Access Samkalin bhartiya nepali kabitama samay chetna समकालीन भरतियो नेपाली कवितामा समय चेतना(University of North Bengal, 2022) Sharma शर्मा, Siben सिवेनप्रस्तुत शोध पत्रमा समकालीन भारतीय नेपाली कवितामा पाइने समयचेतनाको अध्ययन गरिएको छ। कवितामा समयचेतना शैली र भाव दुवैमा पाइन्छ। समकालीन भारतीय नेपाली कवितामा समयचेतना कुन रूपमा अर्थात् कसरी प्रकट भएको छ? त्यसैलाई देखाउने प्रयास यहाँ गरिएको छ। यहाँ राजेन्द्र भण्डारी, मनप्रसाद सुब्बा, वासुदेव पुलामी, विचन्द्र, रेमिका थापा, सुधीर छेत्री, वीणा हाङ्गखिम र राजु प्रधान ‘हिमांशु’का कवितामा पाइने समयचेतनाबारे विश्लेषण गरिएको छ। अध्ययन विश्लेषणका निम्ति स्टिफन हकिङ, जेरार्द जेने, इन्द्रबहादुर राई, घनश्याम नेपाल, दिवाकर प्रधान र राजेश जोशीका विचारहरूलाई सैद्धान्तिक आधारका रूपमा ग्रहण गरिएको छ।Item Open Access Shabdarth sambandh शब्दार्थ सम्बन्ध(University of North Bengal, 2022) Bisht बिष्ट, Sanjay सञ्जययस लेखमा ‘शब्द’को अर्थ, ‘अर्थ’को ‘अर्थ’, शब्द र पदमाझको भिन्नता, शब्द र अर्थमाझको सम्बन्ध आदि बारे चर्चा गरिएको छ। पूर्वीय मीमांसा दार्शनिक अनि वैयाकरणहरूले यस सन्दर्भमा व्यापक विस्तृत चर्चा गरेका छन्। यहाँ तिनीहरूकै वैज्ञानिक र विद्वत् भनाइका आधारमा शब्द र अर्थको नित्यानित्य सम्बन्धबारे चर्चा गरिएको छ। यस सन्दर्भमा मुख्यतः वाक्यपदीयकार भर्तृहरि, महाभाष्यकार पतञ्जलि, सूत्रकार पाणिनि अनि अन्विताहितानवादी र अभिहितान्वयवादी मीमांसा दार्शनिकहरूका मतलाई आधार स्वरूप ग्रहण गरिएको छ। व्यवहारमा अर्थ प्रतीति कसरी हुन्छ? अर्थ भन्ने कुरो शब्दको लाग्दछ कि वाक्यको? शाब्दिक अर्थ र पदीय अर्थ एउटै हुन् कि बेग्ला बेग्लै? शब्द एकार्थक हुन्छ? अथवा शब्दको अर्थ निर्दिष्ट हुन्छ? यदि एकार्थक मानिएकै शब्दको अर्थ पनि निर्दिष्ट हुँदैन भने यस्ता र अनेकार्थक शब्दको अर्थ निर्णयका उपायहरू के के हुन सक्छन् भन्ने कुराबारे यस लेखमा चर्चा गरिएको छ। यीबाहेक ‘सङ्केतग्रह’ भनेको के हो? र व्यवहारमा सङ्केतग्रहको प्रक्रिया कस्तो हुन्छ? भन्ने विषयमा पनि यस लेखमा सामान्य चर्चा गरिएको छ।Item Open Access अन्य गद्य विधा र यात्रा साहित्य Annya gadya bigha ra yatra sahitya(University of North Bengal, 2019) तिवारी Tiwari, दीपक Dipakसिर्जनात्मक साहित्य लेखनमा कविता, आख्यान, नाटक र निबन्ध गरी चारवटा मूल विधा रहेको मानिन्छ। यात्रा साहित्य निबन्धइतर अन्य विधाअन्तर्गत मूलतः गद्यात्मक ढाँचामा सिर्जना हुने लेखन रहेको देखिन्छ भने यो अनाख्यानमूलक गद्यअन्तर्गतका निबन्ध-प्रबन्ध, आत्मकथा, जीवनी, संस्मरण, दैनिकी, पत्र साहित्य, शब्दचित्र, रिपोतार्ज र अन्तर्वार्ताजस्ता लेखनको समकक्षी रहेको देखिन्छ। अनाख्यानमूलक गद्यलाई अन्य विधा पनि भन्ने गरिएको छ जुन प्रधानतः जीवन भोगाइको यथातथ्यमूलक वर्णनमा आधारित हुन्छ र न्यून काल्पनिक हुन्छ जसको मूल स्वरूप गद्यात्मक र अनाख्यात्मक हुन्छ। यात्रा साहित्य शब्दले यात्रागत यथार्थानुभूतिमा संसर्गित गद्य वा पद्य कुनै पनि रूपमा लेखिएको साहित्य बुझिए तापनि लेखनगत आधिक्य र सर्वाधिक स्वीकृत मान्यताका आधारमा यो गद्यमै लेखिएको हुनुपर्छ भन्ने बुझिन्छ। यात्रा साहित्य र अन्य आख्यानेतर गद्य लेखनमाझ विभाजक तत्त्वका रूपमा सञ्चरणशीलता, सवेदनशीलता, निजात्मकता, तथ्यात्मकता र स्थानीयता जस्ता पक्षहरूले ठुलो भूमिका खेलेको हुन्छ। त्यसैले यात्रा साहित्य आफ्नो छुट्दै विशेषता, स्वरूप र पहिचान बोकेको आख्यानरहित गद्यमूलक साहित्यिक विधा रहेको देखिन्छ जसले एउटा साहित्यिक विधाले वहन गर्न सबै मानदण्ड पुरा गरेको देखिन्छ।Item Open Access आधुनिकतावादी कविताका प्रविधि Adhuniktabadi kabitaka prabidhi(University of North Bengal, 2019) पोखरेल Pokhrel, माधवप्रसाद Madhabprasadबीसौँ शताब्दीको दोस्रो दशकमा अङ्ग्रेजी साहित्यमा टी ई ह्युम, टी एस इलियट, एज्रा पाउन्ड र जोन क्रोर्यान्समजस्ता कवि समालोचकहरूले अभ्यास र प्रचार गरेको आधुनिकतावादी' (मोडर्निस्ट) कविता आधारभूत रूपमा उन्नाइसौँ शताब्दीका फ्रान्सका आधुनिकतावादी कवि बोद्लेयर (१८५७ इ) ले सुरु गरेका हुन्। नेपाली साहित्यमा पनि काठमाडौँबाट प्रकाशित रूपरेखा (वि सं २00९) पत्रिकामा देखापर्ने मोहन कोइरालाको घाइते युग' (वि सं २0१७) कविता र दार्जिलिङबाट प्रकाशित तेस्रो आयाम (२0२0) पत्रिकामा देखापर्ने वैरागी काइँलाको मातेको मान्छेको भाषण' (२0२0) र इश्वरवल्लभहरूका कविता अनि इन्द्र बहादुर राईका गद्यमा न्वारन गरिएको आयामेली कवितामा अभिव्यक्त कवितालाई आधुनिकतावादी कविता मानिन्छ। बेलाइत र अमेरिकाका आधुनिकतावादी कविहरू छन्दमै मात्र कविता लेख्थे र गद्य कविताको विरोध गर्थे तर नेपाली साहित्यका आधुनिकतावादी कविहरू चाहिँ गद्य कविता मात्र लेख्ने भएकाले नेपाली साहित्यका पाठकलाई आधुनिकतावादी कविता गद्यमै लेख्नु पर्ने रहेछ भन्ने भ्रम भए पनि उनीहरूका मूल प्रेरणा स्रोत टी एस इलियट नै हुन्। नेपाली साहित्यका यी आयामेली , बिम्ब वादी, आधुनिकतावादी र प्रयोगवादी' छाप लागेका कविहरूका कविता धेरैजसो पाठकले बुझ्नै नसक्ने अप्ठ्यारा ठहस्याए झैँ उनीहरूको मूल प्रेरणा भूमि बेलाइतका आधुनिकतावादी कविताहरू पनि पाठकहरूले फलामचिउरे नै ठहन्याएका थिए। त्यसैले त्यो कविताको युग उमेर नपुगी छिप्पियो र सिद्धियो। यस लेखमा आधुनिकतावादी कविता किन फलामचिउरे भयो ? भन्ने बारे लेखाजोखा गरिएको छ। प्रयोगवाद, बिम्बवाद् र विद्रोह नै आधुनिकतावादी कविताको मूल बेहोरा पनि हो अनि क्लिष्टता र अल्पायुको कारण पनि हो भन्ने तर्क यसमा गरिएको छ।Item Open Access उत्तर उत्तरआधुनिकतावादका सन्दर्भमा समकालीन नेपाली कविता Uttar uttaradhuniktabadka sandarvma samkalinnepali kavita(University of North Bengal, 2019) बस्नेत Basnet, कबीर Kabirयस शोधपत्रले उत्तर उत्तरआधुनिकवादको एउटा समालोचनात्मक अवधारणा प्रस्तुत गरेको छ। उत्तरआधुनिकताका सन्दर्भमा उत्तर उत्तरआधुनिकताका प्रमुख विशेषतालगायत यसको जन्म अनि अवधारणा केलाउने प्रयास यसमा गरिएको छ। नवउदारतावाद, भूमण्डलीकरण अनि उत्तर उत्तरआधुनिकताको सम्बन्ध केलाउँदै कुन आर्थिक-राजनैतिक -सास्कृतिक परिवेशमा उत्तर उत्तरआधुनिकताको जन्म भयो त्यसको तर्कसङ्गत विश्लेषण गरिएको छ साथै उत्तरआधुनिकताले कसरी मानविकी अनि समाजशास्रीय अवधारणाहरूलाई प्रभावित गर्ने माध्यमका रूपमा काम गर्दै उपभोक्तावादलाई प्रोत्साहित गरिरहेको छ अनि यिनीहरूलाई केवल सैद्धान्तिक दृष्टिकोणका रूपमा मात्र स्थापित गर्दै वित्तीय पुँजीवाद अनि अमेरिकेली नव रूढिवादलाई विधिसम्मतबनाउने प्रयास गरिरहेको छ त्यसको पनि आलोचना गरिएको छ। उत्तर उत्तरआधुनिकतावादी दृष्टिकोणले नेपाली कवितालाई कसरी हेर्न सकिन्छ त्यसको विश्लेषण पनि यसमा गरिएको छ।Item Open Access ऋक् प्रातिशाख्यको वर्ण सामम्नाय Wrik Pratishakhyako barn sammnay(University of North Bengal, 2017) बिष्ट Bisht, सन्जय Sanjayयस लेखमा नेपाली भाषाको मानक रूप र त्यसको प्रयोगलाई केन्द्र गरी यसको वर्ण सामम्नायका सन्दर्भमा विगत केही समयदेखि चलिरहेको विवादलाई दृष्टि केन्द्रमा राख्तै प्राचीन संस्कृत शिक्षाशास्त्रदेखि आधुनिक नेपाली व्याकरण लेखनसम्मका उपयुक्त तथ्य र सन्दर्भहरू ग्रहण गरी प्रत्येक भाषाको आफ्नो मौलिक वर्ण व्यवस्था हुन्छ र एउटा आधुनिक भारतीय भाषाका रूपमा नेपालीको पनि आफ्नो विशिष्ट वर्ण व्यवस्था छ जुन संस्कृतलगायत अरू विभिन्न भारतीय भाषाहरूसित केही मात्रामा समान देखिने भए तापनि पूर्ण रूपले एकै र उही चाहिँ हुँदैन भन्ने वैज्ञानिक तथ्य प्रस्ट पारेर नेपाली वर्णमाला निर्णय परम्परामा रहेका असङ्गतिहरू सदृष्टान्त औँल्याउने प्रयास भएको छ । ] [ सार : यस लेखमा नेपाली भाषाको मानक रूप र त्यसको प्रयोगलाई केन्द्र गरी यसको वर्ण सामम्नायका सन्दर्भमा विगत केही समयदेखि चलिरहेको विवादलाई दृष्टि केन्द्रमा राख्तै प्राचीन संस्कृत शिक्षाशास्त्रदेखि आधुनिक नेपाली व्याकरण लेखनसम्मका उपयुक्त तथ्य र सन्दर्भहरू ग्रहण गरी प्रत्येक भाषाको आफ्नो मौलिक वर्ण व्यवस्था हुन्छ र एउटा आधुनिक भारतीय भाषाका रूपमा नेपालीको पनि आफ्नो विशिष्ट वर्ण व्यवस्था छ जुन संस्कृतलगायत अरू विभिन्न भारतीय भाषाहरूसित केही मात्रामा समान देखिने भए तापनि पूर्ण रूपले एकै र उही चाहिँ हुँदैन भन्ने वैज्ञानिक तथ्य प्रस्ट पारेर नेपाली वर्णमाला निर्णय परम्परामा रहेका असङ्गतिहरू सदृष्टान्त औँल्याउने प्रयास भएको छ ।Item Open Access ऋतु-निमन्त्रण र पारिस्थितिकी Writu-nimantran ra paristhitiko(University of North Bengal, 2017) सुब्बा Subba, देवचन्द्र Debchandraप्रकृति र साहित्यबिचको अध्ययन गर्ने विद्यानुशासनलाई परिवेश विमर्श भनिन्छ। परिवेश विमर्शले प्रकृतिमा भइरहेको प्रदूषण र पारिस्थितकीमा असन्तुलनका विषय वा समस्याहरूबारे साहित्यको भूमि विमर्श गर्दछ। परिवेश विमर्श अन्तरज्ञानानुशासनको विषय हो । यसअन्तर्गत दर्शन, विज्ञान, अध्यात्म, मनोविज्ञान, राजनीति, अर्थशास्त्र र भाषाविज्ञानजस्ता विषयका कुराहरू पर्छन् । यी सबै विषयहरूबाट तथ्य लिएर साहित्यको माध्यमले अध्ययन गरिन्छ । त्यसैले परिवेश विमर्शमा प्रकृति लेखन, गहन पारिस्थितिकी, गाया अनुकल्पना, हरित आध्यात्मिकता, परिवेश धर्मविज्ञान आदि विषयहरू पर्छन्। यस लेखमा कवि मोहन कोइरालाको; ऋतुनिमन्त्रण; - काव्यको पारिस्थितिकीय (इकोलजिकल) अध्ययन गरिने प्रयास गरिएको छ । बीजशब्द – पारिस्थितिकी, गहन पारिस्थितिकी, नृकेन्द्री विचार, परिवेश काव्य - प्रकृति र साहित्यबिचको अध्ययन गर्ने विद्यानुशासनलाई परिवेश विमर्श भनिन्छ । परिवेश विमर्शले प्रकृतिमा भइरहेको प्रदूषण र पारिस्थितकीमा असन्तुलनका विषय वा समस्याहरूबारे साहित्यको भूमि विमर्श गर्दछ । परिवेश विमर्श अन्तरज्ञानानुशासनको विषय हो । यसअन्तर्गत दर्शन , विज्ञान , अध्यात्म , मनोविज्ञान , राजनीति , अर्थशास्त्र र भाषाविज्ञानजस्ता विषयका कुराहरू पर्छन् । यी सबै विषयहरूबाट तथ्य लिएर साहित्यको माध्यमले अध्ययन गरिन्छ । त्यसैले परिवेश विमर्शमा प्रकृति लेखन , गहन पारिस्थितिकी , गाया अनुकल्पना , हरित आध्यात्मिकता , परिवेश धर्मविज्ञान आदि विषयहरू पर्छन् । यस लेखमा कवि मोहन कोइरालाको; ऋतुनिमन्त्रण काव्यको पारिस्थितिकीय ( इकोलजिकल ) अध्ययन गरिने प्रयास गरिएको छ ।Item Open Access कालचिनी क्षेत्रका आदिवासी जनजाति (सादरी भाषी) र तिनका संस्कार एवम् संस्कृति Kalchini khetraka adivasi janjati (sadri bhasi) ra tinka sanskar ebam sanskriti(University of North Bengal, 2017) थापा Thapa, नविना Nabinaआदिवासी जाति कालचिनी क्षेत्रमा बसोबास गर्ने जनजाति मध्ये एउटा जाति हो। आदिवासी जातिलाई आदिम जाति मात्र नभएर सादरी भाषी, नागपुरी, सदानी भनेर पनि चिनिन्छ। यस क्षेत्रका आदिवासी जातिहरूमा देवी-देवता मान्ने प्रथा, धामी परम्परा, धार्मिक उत्सव र सामाजिक संस्कार जस्ता लोकविश्वासगत कुरा देख्न पाइन्छ। प्रस्तुत पत्रले सोही कुरा लिएर आदिवासी जनजाति र तिनका संस्कार एवम् संस्कृतिका केही पक्ष हेर्ने प्रयास गरेको छ।Item Open Access केही नेपाली कवितामा लेप्चा मिथकको प्रयोग Koi nepali kabitama lepcha mithakko prayog(University of North Bengal, 2017) बान्तवा Bantawa, सुमन Sumanसार नेपाली कवितामा मिथकको प्रयोग नितान्त नौलो विषय होइन । साहित्यका अन्य विधामा हेरी कविताका क्षेत्रमा यसको प्रयोग प्रारम्भिक कालदेखि अद्यावधि पनि हुँदै आइरहेको छ। तर प्रयोगवादी लेखन सँगसँगै सुरु भएको इतर नेपाली मिथकहरूको प्रयोगको आधिक्यले गर्दा एकातिर कविता दुर्बोध्य बन्दै गइरहेको छ भने अर्कातिर स्थानीय क्षेत्रमा भएका कतिपय मिथकहरू सङ्कटापन्न बन्दै जान लागिरहेको छ। यसो हुँदा विगत केही समयदेखि नेपाली कविता साथै साहित्यका अन्यान्य विधाहरूमा पनि स्थानीय मिथकको प्रयोगतर्फ सचेतता बढ्दै गएको देखिन्छ । यसको एउटा दृष्टान्त हो नेपाली कवितामा देखिएको लेप्चा मिथकको प्रयोग । तथापि यस प्रकारको मिथक प्रयोग गर्ने दिसामा भने सबै कविहरू सक्रिय देखिँदैनन् । तर हालसम्म जे-जति कविहरूले यसतर्फ आफ्नो योगदान दिँदै आइरहेका छन् त्यसैको अध्ययन प्रस्तुत शोध रचनाको मुख्य विषय रहेको छ। बीज शब्द : मिथक, पुराकथा, पुराख्यान, आद्यस्वरूप, कविता, लेप्चा, चेक्ता, मायलल्याङ्। सार नेपाली कवितामा मिथकको प्रयोग नितान्त नौलो विषय होइन । साहित्यका अन्य विधामा हेरी कविताका क्षेत्रमा यसको प्रयोग प्रारम्भिक कालदेखि अद्यावधि पनि हुँदै आइरहेको छ । तर प्रयोगवादी लेखन सँगसँगै सुरु भएको इतर नेपाली मिथकहरूको प्रयोगको आधिक्यले गर्दा एकातिर कविता दुर्बोध्य बन्दै गइरहेको छ भने अर्कातिर स्थानीय क्षेत्रमा भएका कतिपय मिथकहरू सङ्कटापन्न बन्दै जान लागिरहेको छ । यसो हुँदा विगत केही समयदेखि नेपाली कविता साथै साहित्यका अन्यान्य विधाहरूमा पनि स्थानीय मिथकको प्रयोगतर्फ सचेतता बढ्दै गएको देखिन्छ । यसको एउटा दृष्टान्त हो नेपाली कवितामा देखिएको लेप्चा मिथकको प्रयोग । तथापि यस प्रकारको मिथक प्रयोग गर्ने दिसामा भने सबै कविहरू सक्रिय देखिँदैनन् । तर हालसम्म जे - जति कविहरूले यसतर्फ आफ्नो योगदान दिँदै आइरहेका छन् त्यसैको अध्ययन प्रस्तुत शोध रचनाको मुख्य विषय रहेको छ ।Item Open Access तुलसी र भानुका कृतिमा नारीपात्र Tulsi ra vanuka kritima nareepatra(University of North Bengal, 2017) पुलामी Pulami, वासुदेव Basudeoवासुदेव पुलामी उप-प्राध्यापक, नेपाली विभाग, कालीपद घोष तराई महाविद्यालय, बागडोगरा । तुलसी र भानुका कृतिमा नारीपात्र सार यस अध्ययन–पत्रमा गोस्वामी तुलसी दास र कवि भानुभक्त आचार्यका कृतिहरूमा पाइने नारीपात्रबारे तुलनामूलक अध्ययन गरिएको छ । तुलसीकृत; श्रीरामचरितमानस; र भानुभक्तीय ‘रामायण’लाई मूल आधार मानेर गरिएको यस अध्ययन-पत्रमा नारीका विभिन्न रूपको तुलना गरिएको छ। यस क्रममा दुई कविहरूका फुटकर रचनाहरूमा पाइने नारीपात्रलाई पनि दृष्टान्तका रूपमा राखिएको छ। दुवै कविका प्रत्येक काव्यकृतिहरूका पङ्क्ति - पङ्क्ति तुलना गर्नु यस अध्ययन-पत्रको अभीष्ट भने होइन। बीज `शब्द : नारीपात्र, मातृसत्ता, नारीरूप, भक्तिकाव्य, तुलना, नेपाली भाषा, हिन्दी साहित्य। वासुदेव पुलामी उप - प्राध्यापक , नेपाली विभाग , कालीपद घोष तराई महाविद्यालय , बागडोगरा । तुलसी र भानुका कृतिमा नारीपात्र सार यस अध्ययन – पत्रमा गोस्वामी तुलसी दास र कवि भानुभक्त आचार्यका कृतिहरूमा पाइने नारीपात्रबारे तुलनामूलक अध्ययन गरिएको छ । तुलसीकृत; श्रीरामचरितमानस; र भानुभक्तीय ‘ रामायण’लाई मूल आधार मानेर गरिएको यस अध्ययन - पत्रमा नारीका विभिन्न रूपको तुलना गरिएको छ । यस क्रममा दुई कविहरूका फुटकर रचनाहरूमा पाइने नारीपात्रलाई पनि दृष्टान्तका रूपमा राखिएको छ । दुवै कविका प्रत्येक काव्यकृतिहरूका पङ्क्ति - पङ्क्ति तुलना गर्नु यस अध्ययन - पत्रको अभीष्ट भने होइन ।Item Open Access दाम्पत्य जीवनका समस्या र चुनौतीहरू : सन्दर्भमा पूर्ण राईका कथा Dampattya jibanka samasya r chunoutiharu:sandarvama purn raika katha(University of North Bengal, 2019-12) सुब्बा Subba, देवचन्द्र Deochandraसबै धर्मका शास्रहरूमा विवाहबारे चर्चा गरिएको छ। कतिले यसलाई दैविक घटना र कतिले सामाजिक सम्झौताका रूप मान्छन्। समाजको विचारधारा र सांस्कृतिक मान्यताका आधारमा विवाहको विश्लेषण गरिएको पाइन्छ। आजभन्दा बीस-तीस वर्ष अघि विवाहलाई जुन संस्कार र महत्त्वका दृष्टिले हेरिन्थ्यो आज त्यस दृष्टिकोणमा ठुलो परिवर्तन आइसकेको छ। दाम्पत्य जीवनको परिभाषा परिवर्तन भइसकेको छ। दाम्पत्य जीवनमा आएका परिवर्तनले समाजमा सकारात्मक र नकारात्मक दुवै प्रकारका प्रभाव पारेको छ। मानिसको विचारधारामा आएका परिवर्तनले सामाजिक संरचनामा ठुलो परिवर्तन ल्याएको छ। समाजमा आएको परिवर्तनलाई पुनः मानिसले सामाजिक परिवर्तन भन्दै नयाँ र अनौठा कार्यहरू गर्दै गइरहेका छन्। आफ्नै विचारको प्रसार गरेर त्यसबाट आएको प्रतिक्रियालाई व्यवस्था भन्दै आफ्नै विचारधाराको चक्रमा घुमेका मानिसले परिवर्तनका नाममा मूल्य र मान्यताहरूमाथि प्रहार गरिरहेका छन्। त्यसमध्ये दाम्पत्य जीवन पनि एउटा हो। परिवर्तन र सामाजिक विकासका नाममा सबैभन्दा ठुलो समस्या अहिले दाम्पत्य जीवनमा देखिन्छ। त्यही समस्या अनि चुनौतीहरूबारे पूर्ण राईका कथाहरूको सन्दर्भमा यो लेख तयार गरिएको छ।Item Open Access दार्जिलिङका आधुनिक नेपाली कथामा हास्यतत्त्वको प्रयोग Darjeelingka adhunik nepali kathama hasyatatwako prayog(University of North Bengal, 2019-12) गुरुङ Gurung, सुनिला Sunilaकथामा प्रयुक्त हास्यतत्त्वले हँसाई हँसाई व्यक्ति विशेषको अथवा समाजको विसङ्गतिप्रति व्यङ्ग्य गर्दछ। हास्यबाट आनन्द अनुभूति हुने हुँदा यसलाई रसका रूपमा हेरिएको छ। मानिसका विभिन्न प्रवृत्तिहरूमा हाँस्नु पनि एउटा मुख्य प्रवृति हो। मनोवैज्ञानिकहरूले हास्यलाई मान्छेको सहजात प्रवृति मानेका छन्। आचार्य भरतको मतअनुसार हास्य एउटा मुख्य रस हो र यसको उद्रेक हास नामक स्थायीभावको उद्दीपनद्वारा हुन्छ। शारीरिक, मानसिक भङ्गी र भाषाको विकृति वा विसङ्गतिबाट हास्यरस उत्पन्न हुँदछ। हास्य हाँसोसँग मात्र सम्बन्धित नभई हँसाउदै गरिने छेडपेच, घोचपेच- जस्ता व्यङ्ग्यसित पनि सम्बन्धित रहेको हुन्छ। व्यङ्ग्यबिनाको हास्यले पनि मानिसलाई आनन्द र मनोरञ्जन प्रदान गर्न साधन बनी साहित्यमा आफ्नै स्थान बनाएको पाइन्छ। दार्जिलिङको नेपाली साहित्यमा हास्यतत्त्वलाई आत्मसात गरी साहित्य सिर्जना गर्ने कथाकारहरू थुप्रै छन्। हास्यलाई विशेष जोड दिई लेखिएका मुख्यमुख्य कथाहरूको अन्वेषण गर्नु यस अध्ययनको लक्ष्य रहेको छ। यस लेखमा हास्यको सिद्धान्त प्रस्तुत गरी तथ्यलाई सिद्धान्तका आलोकमा हेर्ने काम गरिएको छ। कथाभित्रका हास्यतत्त्वले पाठकलाई मनोरञ्जन प्रदान गर्दछ भने हास्यसँगै मुछिएको व्यङ्ग्यले व्यक्ति, समाज, राष्ट्र आदि क्षेत्रमा रहेको विकृतिलाई पाठकसमक्ष ल्याई सुधारको सन्देश पनि दिन्छ। कथामा प्रयुक्त हास्यमा रहेका यिनै आधारभूत तत्त्वको अध्ययन गर्नु प्रस्तुत शोधपत्रको उद्देश्य रहेको छ।