NBU-IR
University Library
University of North Bengal
Our Institutional Repository is dedicated for storing, organizing, safeguarding, and granting access to the increasing volume of digital resources generated from University's research, educational, and administrative endeavors.
University Library
A vast repository of knowledge and resources, supporting academic pursuits with its extensive collection.
Learn MoreNBU Shodhganga
Explore through NBU's electronic theses and dissertations in India's digital repository.
Learn MoreUnion Catalogue
Search available resources of University library through a Union Catalogue by INFLIBNET.
Learn MoreCommunities in NBU-IR
Select a community to browse its collections.
Recent Submissions
Item type:Item, Article Access status: Open Access , राजेन्द्र भण्डारीका कवितामा अप्रत्यक्ष प्रस्तुति Rajendra Bhandarika Kavitama Apratyaksha Prastuti(University of North Bengal, 2025) पराजुली Parajuli, पुष्कर Pushkarकवितामा भाव तथा विचार विभिन्न प्रकारले प्रस्तुत भएका हुन्छन्। भावहरूको प्रत्यक्ष अनि अप्रत्यक्ष प्रस्तुतिद्वारा नै निश्चित कविको निश्चित काव्य शैली निर्माण हुन्छन्। अप्रत्यक्ष रूपमा भाव तथा विचार प्रस्तुतिका निम्ति विम्ब, प्रतीक, रूपक, मिथक, अलङ्कार आदि सहायक तत्त्वका रूपमा प्रयुक्त हुन्छन्। अप्रत्यक्ष प्रस्तुतिकै कारण कविताका पद, पदावली तथा वाक्य आदिका साङ्केतित अर्थले शाब्दिक अर्थ त्यागेर अन्य अर्थ बुझाएका हुन्छन्। यसबाहेक विरामादि चिह्नको प्रयोग, लहर विन्यास, रूपाकृति आदिले भाषेतर सङ्केत तथा बाह्य संरचनागत अर्थ मात्र द्योतन नगरेर अप्रत्यक्ष रूपमा कविताका विषय पनि सङ्केत गरिरहेका हुन्छन्। फ्रान्सेली समालोचक तथा सङ्केतविज्ञानी माइकल रिफ्फातेरले आफ्नो पुस्तक सिमियोटिक्स अव् पोयट्री (इ सं १९७८)-मा अप्रत्यक्ष प्रस्तुतिलाई कविताको सही अर्थ केलाउन तथा विश्लेषण गर्न सहायता पुर्याउने एउटा महत्त्वपूर्ण पक्ष मानेका छन्। प्रस्तुत शोध पत्रमा राजेन्द्र भण्डारीका प्रकाशित कविता सङ्ग्रहमा सङ्कलित कवितामा प्रयुक्त अप्रत्यक्ष प्रस्तुतिका सन्दर्भको अध्ययन गरिएको छ। यो शोध पत्र तयार गर्दा निगमनात्मक अनि विश्लेषणात्मक विधि अँगालिएको छ।Item type:Item, Article Access status: Open Access , ‘अनि देवराली रुन्छ’ नाटकमा फ्रायडीय मनोद्वन्द्व Ani Deurali Runchha Natakma Freudiya Manodwandwa(University of North Bengal, 2025) तामाङ Tamang, छत्रकुमार Chatrakumarयस शोध पत्रमा सिग्मन्ड फ्रायडको मनोद्वन्द्व सिद्धान्तका आधारमा मनबहादुर मुखियाकृत नाटक अनि देवराली रुन्छको विश्लेषणात्मक अध्ययन गरिएको छ। नाटकका मुख्य पात्रहरू जुना, अम्बर र रणधोजका मनभित्र विद्यमान आन्तरिक द्वन्द्वलाई केन्द्रमा राखेर प्रेम र पारिवारिक दायित्वबिचको द्वन्द्व, व्यक्तिगत इच्छा र सामाजिक मूल्य–मान्यताबिचको सङ्घर्ष, ‘इद’को कामुक तथा असामाजिक इच्छा र ‘अहम्’को नैतिक नियन्त्रणबिचको द्वन्द्व, कुण्ठा तथा मानसिक तनाउलाई गहन रूपमा विश्लेषण गरिएको छ। नाटककारले ग्रामीण नेपाली समाजको यथार्थ चित्रण गर्दै आर्थिक शोषण, वर्गीय द्वन्द्व, प्रेमको विफलता र नारी मनोविज्ञानको सूक्ष्म चित्रणलाई आन्तरिक द्वन्द्वको माध्यमबाट मार्मिक ढङ्गले प्रस्तुत गरेका छन् भन्ने कुरो यस अध्ययनले उद्घाटित गरेको छ। द्वन्द्वलाई नाटकको प्राण तत्त्व मान्दै बाह्य तथा आन्तरिक द्वन्द्वको संयोजनले कसरी नाटकीय कथावस्तुलाई गति दिन्छ, पात्रहरूको चारित्रिक विकास गर्दछ र दर्शक/पाठकमा भावनात्मक प्रभाव पार्छ भन्ने पक्षलाई पनि यस शोध पत्रमा चर्चा गरिएको छ। अन्त्यमा शोषक वर्गको चतुरता र शोषित वर्गको पीडा देखाउँदै नाटकले मानवीय संवेदनशीलता, प्रेमको विफलता र सामाजिक अन्यायका विरुद्धमा गहन सन्देश दिएको निष्कर्ष निकालिएको छ।Item type:Item, Article Access status: Open Access , इन्द्रबहादुर राईका कथामा पर्यावरण र संस्कृतिको सम्बन्ध Indra Bahadur Raika Kathama Paryavaran ra Sanskritiko Sambandha(University of North Bengal, 2025) प्रधान Pradhan, सपन Swapan‘इन्द्र बहादुर राई (इबरा)-का कथामा पर्यावरण र संस्कृतिको सम्बन्ध’ शीर्षक प्रस्तुत लेख इबराका कथामा प्रयुक्त पर्यावरण र संस्कृतिबिच सम्बन्धको अध्ययनमा केन्द्रित छ। कथाकार इबराका आलोच्य कथाहरूमा चित्रित पात्र र प्रकृतिबिचको सम्बन्धलाई कसरी उद्घाटन गरिएको छ भन्ने देखाउँदै परम्परागत लोकसंस्कृतिले पर्यावरण सन्तुलन कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्दछ भन्ने सत्यापन गर्नु यस लेखको उद्देश्य हो। परम्परागत चिन्तन, विश्वास तथा धार्मिक प्रथाहरू वातावरणसँग प्रत्यक्ष-अप्रत्यक्ष सम्बन्धित हुने गर्दछन्। इबराका कथामा पात्रका रूपमा पाइने नदी, डाँडाकाँडा र वन जङ्गललाई देवी देवतासँग जोडेर पुज्ने परम्पराले ती प्राकृतिक स्रोतहरूको संरक्षण साथै यी परम्पराले पात्रलाई प्रकृतिप्रति संवेदनशील बनाएको पाइन्छ। यसमा इबराका विवेच्य कथाहरूको पर्यावरण सन्तुलन र लोकसांस्कृतिक मान्यताका आधारमा विश्लेषण गरिएको छ। नेपाली लोकजीवन एवम् पारिस्थितिकी, पर्यावरण संरक्षणसँग सम्बन्धित परम्परा, लोक आस्था र पर्यावरण, प्रकृतिसित सम्बन्धित लोक मान्यता जस्ता पक्षलाई विश्लेषणका आधार मानेर पात्रको कार्यका साक्ष्यमा उक्त विषयको प्रतिपादन भएको छ भन्ने निष्कर्ष निकालिएको छ।Item type:Item, Article Access status: Open Access , प्रदीप गुरुङका कथाहरूमा अन्तर्जातीय समाज र संस्कृतिको चित्रण Pradip Gurungka Kathaharuma Antarjatiya Samaj ra Sanskritiko Chitran(University of North Bengal, 2025) विश्वकर्मा Biswakarma, राजीव Rajivप्रदीप गुरुङका कृतिहरूमा अन्तर्जातीय समाज र सांस्कृतिक विषयको झर्रो प्रस्तुति पाइन्छ। गाउँले र सहरिया जनजीवन तथा त्यहाँको वातावरण, विभिन्न जात-जाति र वर्गमाझ अन्तर्सम्बन्ध, तिनको कथ्य भाषा, लोकविश्वास, साइनो-सम्बन्ध, भेषभूषा, खानपान, वैवाहिक संस्कार, मृत्यु संस्कार तथा धार्मिक आस्था आदिका कारणले गुरुङका कथाहरू सांस्कृतिक सचेतताका सम्पुटक बनेका छन्। सम्बन्धित विषयहरूलाई लिएर अध्ययन गर्नु प्रस्तुत प्रबन्धको उद्देश्य रहेको छ।Item type:Item, Article Access status: Open Access , भारतमा नेपाली भाषा, शिक्षा अनि साहित्यको विकासमा मिसनरिजहरूको अवदान Bharatma Nepali Bhasha, Shiksha ani Sahityako Bikasma Missionariharko Avadan(University of North Bengal, 2025) खाती Khati, योगेश Yogeshभारतीय नेपाली भाषी समुदायका सबैभन्दा सबल अभिव्यक्ति नै यहाँबाट आउने गरेका भाषिक अभिव्यक्ति हुन्। ती अभिव्यक्तिलाई नेपाली भाषाले एउटा दह्रिलो टेवा प्रदान गरेर सर्वभारतीय स्तरमा नै एकताका सुत्रमा बाँध्न सफल बनेको छ। कुनै पनि भाषाका निम्ति महत्त्वपूर्ण भाषिक अभिव्यक्ति भनेकै त्यस भाषामा लेखिने साहित्य हो। भारतीय नेपाली भाषाको विकासमा एउटा दह्रिलो स्वर भएर नेपाली साहित्य प्रतिष्ठित रहेको सत्य हामी सामु छ। आजको विश्व मानचित्रमा भारतको स्वरूप बनिन अघिदेखि नै नेपाली भाषाले आफ्नो बीज यहाँ रोप्न सफल बनेको कुरा पनि एउटा इतिहास हो। त्यस इतिहासलाई आजका दिनसम्म एउटा गौरवशाली अध्ययन अनि विमर्श बनाएर ल्याउनेहरूमध्ये भारतमा आएका केही मिसनरिजहरू पनि मुख्य हुन्। भारतमा नेपाली भाषाको विकास, प्रचार प्रसार अनि सिर्जनात्मकतामा उनीहरूका सक्रियताका साँचो लाभार्थी भारतीय नेपाली भाषी समुदाय नै बनेका छन्। भारतीय राजनैतिक मूल धाराको प्रवाह अनि सरोकार अघि मिसनरिजहरूले दिएको यिनै योगदानका कारण भारतीय नेपाली भाषी समुदायले आफ्नो भाषा, साहित्य अनि वास्तविक उपस्थिति बुझ्न सकेका हुन्। यस अध्ययनले स्वतन्त्रतापूर्व एवम् स्वातन्त्र्योत्तर कालमा नेपाली भाषिक समुदायले मिसनरिजहरूबाट धार्मिकभन्दा पनि धेरै भाषिक, साहित्यिक अनि सामाजिक उन्नति ग्रहण गरेको वास्तविकतालाई यहाँ चर्चा गर्न खोजिएको छ। मिसनरिजहरूको योगदान नेपाली भाषा अनि शिक्षामा हुँदा हुँदै पनि नेपाली साहित्यमा रहेको योगदानलाई सूक्ष्म देखिने दृष्टिकोणलाई फराकिलो ढङ्गमा बुझ्न सके समग्रमा नेपाली भाषाको उन्नति अनि विकासकै चर्चा पाउन सकिन्छ। अत: यस लेखको अभिप्राय मिसनरिजहरू नभएको भए दार्जिलिङमा केही पनि हुन सक्तैन थियो भन्ने चाहिँ होइन। भारतमा नेपाली भाषाको विकासमा मिसनरिजहरूको अवदानलाई विभिन्न पुस्तक एवम् शोधमा राखिएका कुराहरूलाई तथ्यगत रूपमा राख्दै एउटा अध्ययन प्रस्तुत गरिनु नै यस शोध पत्रको उद्देश्य रहेको छ।