NBU-IR
University Library
University of North Bengal
Our Institutional Repository is dedicated for storing, organizing, safeguarding, and granting access to the increasing volume of digital resources generated from University's research, educational, and administrative endeavors.
University Library
A vast repository of knowledge and resources, supporting academic pursuits with its extensive collection.
Learn MoreNBU Shodhganga
Explore through NBU's electronic theses and dissertations in India's digital repository.
Learn MoreUnion Catalogue
Search available resources of University library through a Union Catalogue by INFLIBNET.
Learn MoreCommunities in NBU-IR
Select a community to browse its collections.
Recent Submissions
Item type:Item, Article Access status: Open Access , ऋग्वेदका ऋचाहरूमा पाइने भाषिक चिन्तनका प्रसङ्ग Rigvedka Richaharuma Paine Bhashik Chintanka Prasanga(University of North Bengal, 2025) प्रधान Pradhan, पवन Pawanयस शोध पत्रमा ऋग्वेदका विभिन्न सूक्तहरूमा पाइने भाषिक चिन्तनबारे अध्ययन गरिएको छ। ऋग्वैदिक ऋचाहरूमा पाइने वाणी वा भाषा सम्बन्धी चिन्तनको वर्णन र विश्लेषण नै यस अध्ययन पत्रको उद्धेश्य रहेको छ। पूर्वीय भाषा चिन्तन परम्पराको प्रारूप वा बीज रूप वस्तुतः ऋग्वैदिक ऋचाहरूमा नै पाइन्छन्। अतः भाषा सम्बन्धी चिन्तनका दृष्टिले ऋग्वेदका मन्त्रहरू नै सर्वप्राचीन सामग्रीका रूपमा देखा पर्दछन्। वाक्तत्त्वका चिन्तनका दृष्टिले ऋग्वेदका ऋचाहरू सर्वप्राचीन हुनाका साथै उल्लेख्य एवम् महत्वपूर्ण पनि मानिन्छन्। वाक्तत्त्व वा वाणीको उत्पत्ति, भेद, स्वरूप, विशेषता एवम् महत्त्वबारे प्रकाश पारिएका अनेकौँ मन्त्रहरू ऋग्वेदभित्र पाइन्छन्। यस अध्ययन पत्रमा भाषा सम्बन्धी चिन्तनका दृष्टिले महत्त्वपूर्ण ठानिएका तिनै ऋग्वैदिक मन्त्रहरूको गूढार्थ र महत्त्वबारे नै वर्णन र विश्लेषण गरिएको छ। अत्यन्त सूत्रात्मक, प्रतीकात्मक एवम् रहस्यात्मक ढङ्गमा संरचित ऋग्वैदिक मन्त्रहरूको गूढार्थबारे सकेसम्म प्रकाश पार्ने प्रयत्न यस अध्ययन पत्रमा गरिएको छ।Item type:Item, Article Access status: Open Access , एडोन रोङगोङको ‘घुम्टोभित्रको तरल आँखाहरू’ कथाको मनोविश्लेषणात्मक अध्ययन Adon Rongongko Ghumtobhitrako Taral Aankhaharu Kathako Manobishleshanatmak Adhyayan(University of North Bengal, 2025) सुब्बा Subba, मङ्गली Mangaliयस शोध पत्रको शीर्षक ‘एडोन रोङगोङको ‘घुम्टोभित्रको तरल आँखाहरू’ कथाको मनोविश्लेषणात्मक अध्ययन’ रहेको छ। साहित्यको अध्ययन गर्ने विभिन्न सिद्धान्तमध्ये मनोविज्ञान एउटा महत्त्वपूर्ण सिद्धान्त हो। मनोविज्ञानले मानव मनको अध्ययन गर्दछ। यही मनोविज्ञानका विभिन्न अवधारणामध्ये मनोविश्लेषण एउटा हो। मनोविश्लेषण सिद्धान्तका प्रवर्तक सिग्मन्ड फ्रायडलाई मानिन्छ। उनले चेतन, अवचेतन र अचेतन गरी मानव मनका तीनवटा स्तर प्रस्तुत गरेका छन्। यही अवधारणालाई आधार स्वरूप ग्रहण गरी मानिसमा देखिएका मनोभाव र मनोवृत्तिको अध्ययन गर्न सकिन्छ। कथाकार एडोन रोङगोङका कथामा विषयगत विविधता पाइन्छ, तीमध्ये मनोविज्ञान एउटा प्रमुख विषयका रूपमा देखा पर्दछ। उनका एकाधिक मनोवैज्ञानिक कथालाई फ्रायडीय मनोविश्लेषणका आधारमा अध्ययन गर्न सकिन्छ। यसैले यस शोधपत्रमा फ्रायडीय मनोविज्ञान सिद्धान्तका आधारमा उनको ‘घुम्टोभित्रको तरल आँखाहरू’ कथाको अध्ययन गरिएको छ। प्रस्तुत शोधपत्र निगमनात्मक शोध विधि अनि विश्लेषणात्मक पद्धतिका आधारमा तयार गरिएको छ।Item type:Item, Article Access status: Open Access , छायाङ्कन प्रविधिका दृष्टिले झोला चलचित्रको अध्ययन Chhayankan Prabidhika Drishtile Jhola Chalchitrako Adhyayan(University of North Bengal, 2025) दर्जी Darzi, अभ्यास Abhyasप्रस्तुत शोध पत्रमा कृष्ण धराबासीद्वारा लिखित ‘झोला’ कथामा आधारित चलचित्रको अध्ययन गरिएको छ। फ्रेमिङ तथा गतिले कथ्य र भावनात्मक प्रभावलाई कसरी सशक्त बनाएको छ भन्ने पक्षको पनि विश्लेषण गरिएको छ। यस किसिमका अध्ययनले छायाङ्कन केवल साहित्यिक कृतिमा आधारित ‘झोला’ चलचित्र सामाजिक साथै ऐतिहासिक पृष्ठभूमिमा केन्द्रित छ। मूल कथा विशेष रूपमा सती प्रथाको अन्त्य र नारी सशक्तिकरणको आवश्यकतालाई जोड दिँदै दमनकारी परम्पराका विरुद्धमा उभिएको छ। यसका साथै २० औँ शताब्दी पूर्वार्धको नेपाली ग्रामीण समाज, संस्कार संस्कृति रहनसहन कथामा आबद्ध रहेको छ। यिनै कुरालाई निर्देशक यादवकुमार भट्टराईले कसरी दृश्यमा रूपान्तरित गरेका छन्, तथा कृतिको मौलिक कथावस्तुलाई छायाङ्कन प्रविधिले कतिको रोचकता तथा न्याय प्रदान गरेको छ भन्ने विषयमा प्रस्तुत शोध पत्र केन्द्रित छ। यसका साथै प्रस्तुत शोध पत्रमा ‘झोला’ चलचित्रलाई छायाङ्कन प्रविधिका दृष्टिले अध्ययन गर्दै दृश्यात्मक संरचना, क्यामेरा प्रयोग, प्रकाश संयोजन, रङ योजना, दृश्य संयोजन तथा गतिले कथ्य र भावनात्मक प्रभावलाई कसरी सशक्त बनाएको छ भन्ने पक्षको विश्लेषण गरिएको छ। यस किसिमका अध्ययनले छायाङ्कन केवल दृश्य सौन्दर्यका लागि नभई सामाजिक चेतना अभिव्यक्त गर्ने सशक्त माध्यमका रूपमा सिद्ध हुन्छ। यस शोध पत्रमा छायाङ्कन प्रविधिको सैद्धान्तिक अवधारणाका लागि डेविड ब्रोडवेल र क्रिस्टिन थम्पसनद्वारा लिखित ‘फिल्म आर्ट: एन् इन्ट्रडक्सन’ (बाह्रौ संस्करण इ सं २०२०), ब्रुस ब्ल्कद्वारा लिखित ‘द भिजुअल स्टोरी’ (तेस्रो संस्करण २०२१) र जोसेफ भी मेस्केलीद्वारा लिखित ‘द फाइभ सीएस अव् सिनेमेटोग्राफी’ (इ सं १९९५)- नामक पुस्तकलाई आधार स्वरूप ग्रहण गरिएको छ।Item type:Item, Article Access status: Open Access , ‘आँधी’ उपन्यासको लैङ्गिक अध्ययन Andhi Upanyasko Laingik Adhyayan(University of North Bengal, 2025) दाहाल Dahal, दुर्गाबहादुर Durgabahadurप्रस्तुत शोध पत्र उत्तरपूर्वी भारतका नेपाली उपन्यासकार लोकनाथ उपाध्याय चापागाईँद्वारा रचित ‘आँधी उपन्यासको लैङ्गिक अध्ययन’ शीर्षक लेखमा केन्द्रित रहेको छ। ‘लैङ्गिक अध्ययन’ साहित्य अध्ययनका समकालीन समालोचना सिद्धान्त ‘सांस्कृतिक अध्ययन’-को क्षेत्रभित्र पर्ने एउटा प्रमुख अध्ययनको शाखा हो। यस सिद्धान्तले पारिवारिक, सामाजिक, आर्थिक, राजनैतिक, धार्मिक, सांस्कृतिक आदि सबै क्षेत्रमा पुरुष र महिलाबिच हुने लैङ्गिक विभेदको अन्त्य गरी समतामूलक संस्कृतिको अपेक्षा राख्दछ। आँधी उपन्यासमा उत्तरपूर्वी भारतका पुरुषप्रधान नेपाली समाजमा नारीहरूको स्थिति असमान र साँघुरो देखाइएका हुनाले लैङ्गिक अध्ययनको सिद्धान्तका आधारमा प्रस्तुत उपन्यासको अध्ययन र विश्लेषण गर्नु यस शोध पत्रको उद्देश्य रहेको छ। प्रस्तावित शोध पत्रको सैद्धान्तिक ढाँचा निर्माणका लागि रमेशप्रसाद भट्टराईद्वारा लिखित सांस्कृतिक अध्ययनको सिद्धान्त र नेपाली सन्दर्भ पुस्तकमा लैङ्गिक अध्ययनको सिद्धान्तबारे लेखिएको अध्याय, राजेन्द्र सुवेदी र लक्ष्मणप्रसाद गौतमद्वारा सम्पादित गरिएको रत्न बृहत् नेपाली समालोचना, भाग-३ पुस्तकमा साधना प्रतीक्षाद्वारा लेखिएको ‘लैङ्गिक समालोचनाका सैद्धान्तिक आधार र विश्लेषण’ लेख अनि केट मिलेटद्वारा लेखिएको सेक्सुअल पोलिटिक्स पुस्तकलाई आधार स्वरूप ग्रहण गरिएको छ।Item type:Item, Article Access status: Open Access , मनप्रसाद सुब्बाको ‘यथावत्’ कवितामा तनाउ Manprasad Subbako Yathawat Kavitama Tanau(University of North Bengal, 2025) शर्मा Sharma, शिवम Shivamप्रस्तुत लेखमा अमेरिकाली नवआलोचक एलेन टेटद्वारा प्रतिपादित तनाउको अवधारणा प्रस्ट पार्दै, साहित्यिक कृति अध्ययनका सन्दर्भमा प्रस्तुत अवधारणाको व्यावहारिकताबारे चर्चा गरिएको छ। यस लेखमा मनप्रसाद सुब्बाद्वारा लिखित ‘यथावत्’ शीर्षक कविताको विश्लेषण टेटद्वारा प्रतिपादित ‘तनाउ’को अवधारणाका आधारमा गरिएको छ। यस अध्ययनका निम्ति आधार ग्रन्थका रूपमा एलेन टेटको पुस्तक द म्यान अव् लेटर्स इन द मोडर्न वर्ल्ड (इ सं १९५५) ग्रहण गरिएको छ। प्रस्तुत पुस्तकमा सङ्कलित ‘टेन्सन इन पोयट्री’ शीर्षक समीक्षात्मक निबन्ध नै यस लेखको मुख्य सैद्धान्तिक आधार हो। यस अतिरिक्त नगेन्द्रको नयी समीक्षा : नये संदर्भ (इ सं १९७०) नामक पुस्तकबाट पनि यस अध्ययनका निम्ति आवश्यक सामग्री ग्रहण गरिएको छ। टेटले कवितामा तनाउ देखाउने क्रममा विश्लेषण गरेको जेम्स थम्सन, अब्राहम काउले र जन डनका कविताका दृष्टान्त पनि यस शोध पत्रमा समावेश गरिएको छ। ती कविताका दृष्टान्त अङ्ग्रेजी मूलबाट यस शोध पत्रका लेखकद्वारा नेपालीमा अनुवाद गरिएको छ।