Department of Nepali
Permanent URI for this communityhttps://ir.nbu.ac.in/handle/123456789/4478
Nepali department was established as a full fledged department in 1977, under North Bengal University. It sets to work on Post –Graduate Programme in 1978, 16 January. It is proud to say the such department to be established in the whole regions of he country, with a view to fulfill the aspiration of the cherished people of District Darjeeling, Dooars, Jalpaiguri and its adjoining neighbour state Sikkim, and North Eastern states. Basically it cope with the subject of Nepali Language and literature.
Browse
13 results
Search Results
Item Open Access Parabastabik samajma prachlit bhasa परावास्तविक समाजमा प्रचलित भाषा(University of North Bengal, 2023) Rai राई, Chandra चन्द्रप्रकाशकम्प्युटर र इन्टरनेटको प्रयोगद्वारा वास्तविकतालाई पर सारिने काम भएको छ जसलाई परावास्तविक भनिन्छ। परावास्तविकता सत्य नै हुन् तर ती प्रत्यक्ष हुँदैनन् वा देखिँदैनन्। आजको संसार परावास्तविक संसारका रूपमा बद्लिँदै गइरहेको देखिन्छ किनभने यहाँ हरेक कार्यको निष्पादन प्रत्यक्षमा भन्दा परोक्षमा अधिक हुने गर्छ। परोक्ष रूपमा गरिने कार्य सहज, सरल, सस्तो र छिटो पनि हुँदछ। यसैले परावास्तविक संसारमा मानिसहरूको भिड बढिरहेको देखिन्छ। परावास्तविक संसारमा प्रवेश गर्ने व्यक्तिहरूको समूहलाई परावास्तविक समुदाय वा परावास्तविक समाज भनिन्छ। ती समुदायका मानिसहरूले त्यहाँ गर्ने हरेक कार्य भाषाका माध्यमबाट सम्पन्न हुन्छ। उनीहरूले प्रस्तुत गर्ने अभिव्यक्ति बोली, लिखित, चित्रित रूपमा र चलचित्रद्वारा प्रकट हुन्छ। त्यसमा पनि अधिकतरले लेख्य भाषाद्वारा विचार प्रकट गर्ने गर्छन् वा एक अर्कामा सम्पर्कित हुन्छन्। परावास्तविक समाजका मानिसहरूले प्रयोग गर्ने लेख्य भाषाका विविध अवस्था र रूपलाई संक्षिप्त रूपमा हेर्ने प्रयास यस लेखमा गरिएको छ। साथै यस लेखमा परावास्तविक समाजले प्रयोग गर्ने भाषाको अध्ययनको लागि फेसबुक, व्हाट्स्एप जस्ता सामाजिक सञ्जालमा प्रयुक्त भाषिक विनिमयलाई सन्दर्भको रूपमा प्रयोग गरिनेछ।Item Open Access Nepali kabitama khadya sanskritiko rupak नेपाली कवितामा खाद्य संस्कृतिको रूपक(University of North bengal, 2023) Thapa थापा, Basudeb वासुदेवखाद्य मानव जीवनका लागि आधारभूत र अपिहार्य वस्तु हो जसका अभावमा जीवन असम्भव छ। खाद्यको उद्देश्य भोक शान्त गराउनु, स्वाद दिनु अनि पोषण दिनु मात्र नभएर यसले हाम्रा आचार विचार, चिन्तन मनन, स्वभाव, संस्कार, व्यवहार, सभ्यता र संस्कृति पनि निर्माण गरिआएका हुन्छन्। कुनै काँचो खाद्य वस्तुलाई पकवानसम्म रूपान्तरण गर्दा यसले खाद्य संस्कृतिका अन्य अभिव्यक्ति र विकल्प वहन गरिसकेको हुन्छ। यसैले यो खाद्य संस्कृतिको संवाहक पनि हो। खाद्य अध्ययन अनि यसका निर्माण प्रक्रियाको प्रतिनिधित्वसँग यो यति जटिल रूपमा बाँधिएको हुन्छ जसले मानव जातिका लागि पोषण पक्षको अंश मात्र नभएर सामाजिक, राजनैतिक, सांस्कृतिक, आर्थिक अनि धार्मिक रूपमा पनि यसको गहिरो महत्व हुन्छ । साहित्यमा विशेष गरी खाद्यसित काल्पनिकता गाँसिएर आउँदा भाषाका माध्यमद्वारा निर्मित पाठहरूले खाद्यलाई तुरुन्तै सांस्कृतिक पाठको रूपमा अन्तर्ज्ञानुशासनसित पनि जोड्ने आग्रह गर्दछ। यसो हुँदा साहित्यिक पाठमा खाद्यले वैकल्पिक रचनात्मकता, भाषिक र सांस्कृतिक सम्भावनाका अरू रूपकहरू निर्माण गर्दछ। खाद्यको साहित्यिक अभिव्यक्तिले खाना वरपरका अभ्यासहरूको बहुअर्थी सम्भावना र सम्भाव्यताहरू अन्वेषण गर्न प्रशस्त मार्ग प्रदान गर्दछ। खाद्यले लोकाचार कसरी निर्माण गर्दछ अनि यस्ता लोकाचारको प्रकृतिबारे विवेचन गर्न साहित्यले कसरी सहयोग गर्दछ भन्ने कुराको शोध नै यस लेखको लक्ष्य हो। यस शोध लेखमा खाद्य संस्कृतिका माध्यमद्वारा केही नेपाली कवितामा खाद्यका अभिव्यक्तिले निर्माण गरेका रूपकहरू केलाउने प्रयत्न गरिएको छ।Item Open Access Sanskritiko byaharthkata संस्कृतिको बह्वर्थकता(University of North Bengal, 2023) Subba सुब्बा, Maherman मेहेरमानयस शोध पत्रमा संस्कृतिको बह्वर्थकता केलाउने प्रयास गरिएको छ। परम्परागत रूपमा संस्कृतिले कुनै जाति वा राष्ट्रमा प्रचलित संस्कार, रीतिरिवाज, आचारविचार, कला कौशल, धर्म, विश्वास, साहित्य अनि कुनै वस्तुलार्इ परिष्कृत रूप दिने काम आदि बुझाउँछ। अर्थात् परम्परागत अर्थमा संस्कृति भन्नाले कुनै जाति तथा राष्ट्रमा प्रचलित संस्कार, सामाजिक जीवन, रीतिरिवाज, आचारव्यवहार, कला, धर्म, इतिहास, आस्था–विश्वास, साहित्य, दर्शन, भाषा, मूल्य, परम्परा, सङ्गीत आदिको समष्टिगत रूप भन्ने बुझिन्छ। तर संस्कृतिको बह्वर्थ र विविध रूप रहेको पाइन्छ। संस्कृति शब्दको अर्थमा मात्र विविधता नरहेर यो विवादास्पद पनि रहेको छ। संस्कृति सम्बन्धित यस्तै कुराहरूको विवेचना गर्ने प्रयास यस लेखमा गरिएको छ। विशेष गरेर परम्परागत अर्थमा संस्कृति, लोक संस्कृति, लोकप्रिय संस्कृति, सांस्कृतिक अध्ययनका दृष्टिमा संस्कृति आदिको विश्लेषण गरिएको छ। यो शोध पत्र तयार पार्नाका निम्ति संस्कृति सम्बन्धित विभिन्न विद्वान्हरूका धारणा ग्रहण गरी विश्लेषणात्मक विधिको प्रयोग गरिएको छ।Item Open Access Dhrubachandra Goutamko 'taduprant' kathama bakrokti prayogko wishleshan ध्रुवचन्द्र गौतमको 'तदुपरान्त' कथामा वक्रोक्ति प्रयोगको विश्लेषण(University of North Bengal, 2022) Sharma शर्मा, Shibam शिवम्प्रस्तुत लेखमा वक्रोक्तिको अर्थ तथा वक्रोक्तिसम्बन्धी पूर्वीय एवम् पाश्चात्य चिन्तनको परिचय प्रस्तुत गर्दै कुन्तकको वक्रोक्ति सिद्धान्तका आधारमा कथाकार ध्रुवचन्द्र गौतम लिखित ‘तदुपरान्त’ कथाको विश्लेषण गरिएको छ। कथाभित्र वर्ण, पद, वाक्य, प्रकरण अनि प्रबन्धका तहमा देखिएका वक्रोक्तिले कथालाई कसरी कलात्मक, श्रुतिरमणीय, अर्थ गाम्भीर्ययुक्त, व्यङ्यात्मक, माधुर्यपूर्ण र ध्वन्यात्मक वैचित्र्ययुक्त तुल्याएको छ भन्ने विषयबारे यसमा प्रकाश पारिएको छ। यसमा अध्ययनका निम्ति मूलत: कुन्तकको वक्रोक्तिकाव्यजीवितम्मा व्रकोक्तिबारे गरिएको सिद्धान्त कथन अनि भेद निरूपणलाई सैद्धान्तिक एवम् विधिगत आधारका रूपमा ग्रहण गरिएको छ।Item Open Access Bindha Subbakrita 'iswari' kathako balpatrako manobishleshanatmak adhyayan विन्धा सुब्बाकृत ‘ईश्वरी’ कथाकी बालपात्राको मानोबिश्लेषनात्मक अध्ययन(University of North Bengal, 2022) Subba सुब्बा, Komal कोमलप्रस्तुत शोधपत्रमा विन्द्या सुब्बाको ‘ईश्वरी’ कथाकी बाल पात्र ईश्वरीको मनोविश्लेषणात्मक अध्ययन गरिएको छ। बालमनोविज्ञानबारे विभिन्न मनोवैज्ञानिकहरूको अधारणा प्रस्तुत गर्दै कथाकी मुख्य बालिका पात्र ईश्वरीमा निहित संवेगहरूको विश्लेषण गर्ने प्रयास गरिएको छ।Item Open Access Garubathan khandka tamang jatima prachlit गोरुबथान खण्डका तामाङ जातिमा प्रचलित मृत्यु संस्कार(University of North Bengal, 2022) Tamang तामाङ, Ashish आशिष- गोरुबथान खण्ड पश्चिम बङ्गाल राज्यको कालेबुङ जिल्लाअन्तर्गत कालेबुङ महकुमामा अवस्थित छ। यो क�Item Open Access Samkalin bhartiya nepali kabitama samay chetna समकालीन भरतियो नेपाली कवितामा समय चेतना(University of North Bengal, 2022) Sharma शर्मा, Siben सिवेनप्रस्तुत शोध पत्रमा समकालीन भारतीय नेपाली कवितामा पाइने समयचेतनाको अध्ययन गरिएको छ। कवितामा समयचेतना शैली र भाव दुवैमा पाइन्छ। समकालीन भारतीय नेपाली कवितामा समयचेतना कुन रूपमा अर्थात् कसरी प्रकट भएको छ? त्यसैलाई देखाउने प्रयास यहाँ गरिएको छ। यहाँ राजेन्द्र भण्डारी, मनप्रसाद सुब्बा, वासुदेव पुलामी, विचन्द्र, रेमिका थापा, सुधीर छेत्री, वीणा हाङ्गखिम र राजु प्रधान ‘हिमांशु’का कवितामा पाइने समयचेतनाबारे विश्लेषण गरिएको छ। अध्ययन विश्लेषणका निम्ति स्टिफन हकिङ, जेरार्द जेने, इन्द्रबहादुर राई, घनश्याम नेपाल, दिवाकर प्रधान र राजेश जोशीका विचारहरूलाई सैद्धान्तिक आधारका रूपमा ग्रहण गरिएको छ।Item Open Access Pradip Gurungka kathama chitrit dampattya sangkatko bibechna प्रदीप गुरुङका कथामा चित्रित दाम्पत्य सङ्कटको विवेचना(University of North Bengal, 2022) Bishwakarma विश्वकर्मा, Rajib राजीवप्रदीप गुरुङ सामाजिक यथार्थलाई विषय बनाएर कथा लेख्ने प्रभावशाली कथाकार हुन्। उनका कथामा समाजमा घटित विसङ्गतिहरूको कडी समाउन सक्ने आलोचनात्मक सामाजिक यथार्थवादी प्रवृत्ति पाइन्छ। विविध सामाजिक समस्याजस्तै दाम्पत्य सङ्कटको चित्रण गरिएका उनका धेरै कथाहरू पाइन्छन्। यस कारण यस शोध पत्रमा ती कथामा चित्रित दाम्पत्य सङ्कटका विविध रूपको विवेचना गर्ने लक्ष्य राखिएको छ। दाम्पत्य सङ्कटका कारणहरू स्पष्ट पार्न सामाजिक, आर्थिक, नैतिक तथा मनोवैज्ञानिक समस्याका रूपमा सम्बन्धित विषयको अध्ययन गरिएको छ। ‘घरपैँचो’, ‘यथास्थिति’, ‘बदलिँदो रङ् मनको’, ‘विङ्सगति : एउटा क्रमको’, ‘अनास्थाका पलहरू’, ‘बिरिमफूल’, ‘नि नि, लै लै निरमाया’, ‘भ्रमित’, ‘मिल्ने मन’, ‘लाशजस्तो इच्छा’, ‘गुम्फन’, ‘लावारिश उपहार’ जस्ता कथामा पारिवारिक जीवन र नाता सम्बन्धहरूमध्ये दाम्पत्य सङ्कटको चित्रणले के कस्तो दशा र दिशा निर्देश गरेको छ भन्ने कुरो स्पष्ट पार्न यससम्बन्धी विविध पक्षहरूको विश्लेषणात्मक अध्ययन गरिएको छ।Item Open Access Nepali balkathaharuma aloukikta ghatna नेपाली बालकथाहरुमा अलौकिकता असम्भाब्या घटना(University of North Bengal, 2022) Tamang तामांग, Bhupen भुपेनबालकथालाई रोचक र आकर्षित बनाउनामा अलौकिक तत्त्वको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ। विभिन्न आद्भुतिक घटना, अलौकिक पात्र प्रयोग, पात्रगत विचित्र गुण र व्यवहारको चित्रण आदिका माध्यमले बालकथामा योजनाबद्ध रूपमा अलौकिकताको स्थापन गरिएको हुन्छ जसबाट बालहृदयले मनोरञ्जनसँगै नैतिक ज्ञान पनि प्राप्त गर्दछ। यस लेखमा नेपाली बालकथाहरूमा एउटा प्रवृत्ति विशेषका रूपमा रहेको अलौकिकताको स्थापन के कसरी भएको छ भन्ने कुरालाई विभिन्न आधारहरूबाट अध्ययन गरिएको छ। यस लेखमा विषयसँग सम्बद्ध सामग्री पुस्तकालयीय विधिद्वारा सङ्ग्रह गरी विवरणात्मक पद्धतिद्वारा निष्कर्ष निकाल्ने काम गरिएको छ। वर्णविन्यासका लागि हेमाङराज अधिकारीद्वारा सम्पादित प्रयोगात्मक नेपाली शब्दकोश (वि सं २०६६) अनि पादटिप्पणी र सन्दर्भ सूचीका लागि नेपाली लेखन शैली (ई सं २०११)लाई आधार मानिएको छ।Item Open Access Apradh kathaka rupma 'moule saritako hatya gare' kathako bishleshan अपराध कथाका रुपमा 'मैले सरिताको हत्या गरें' कथाको विश्लेषण(University of North Bengal, 2022) Sharma शर्मा, Durgaprasad दुर्गाप्रसादगोविन्दबहादुर मल्ल गोठालेको तेस्रो कथासङ्ग्रह प्रेम र मृत्युमा सङ्ग्रहित मैले सरिताको हत्या गरेँ कथाको अपराध वैज्ञानिक विश्लेषण गर्नु यस शोधपत्रको उद्देश्य हो। चारित्रिक मनोविकारबाट निर्मित पात्रका माध्यमले कथामा जघन्य अपराधका श्रेणीमा राखिने हत्याजस्तो अमानवीय घटना भएको कुरो चित्रण गरिएकाले उपर्युक्त कथालाई अपराध आख्यान भन्न सकिन्छ। कथामा गोठालेले हत्याराको मनोग्रन्थीलाई सफलतापूर्वक केलाएका छन्। गोठालेका अपराध कथाहरु हत्या हिंसापछि जासुसी वा प्रहरी प्रक्रियात्मक तरिकाद्वारा हत्यारा वा हत्याको छानबिन गरिने पाश्चात्य साहित्यका अपराधकथा जस्ता नभएर हत्याराका असामान्य मनोग्रन्थी केलाउने मनोवैज्ञानिक ढाँचाका पाइन्छन्।