'Naso' kathama samajik bastabikta ‘नासो’ कथामा सामाजिक बास्तविकता

DOI

Access Status

Loading...
Thumbnail Image

Type

Article

Date

Journal Title

Abhigyan : Shodhmulak Ardhvarshik

Journal Editor

Parajuli, Pushkar

Journal ISSN

Volume Title

Publisher

University of North Bengal

Statistics

Total views and downloads
Views
84
Downloads
631
Impact & Metrics

Advisor

Editor

Abstract

प्रस्तुत लेख गुरुप्रसाद मैनालीको ‘नासो’ (वि सं १९९२) कथामा पाइने सामाजिक वास्तविकताको अध्ययनसँग सम्बद्ध छ। सामाजिक वास्तविकता सम्बन्धी दृष्टिकोण फ्रान्सेली समाजशास्त्री इमाइल दुर्खिमले प्रतिपादन गरेका हुन्। ‘नासो’ सामाजिक विषयवस्तुमा लेखिएको कथा हुनाले यसलाई दुर्खिमद्वारा प्रतिपादित ‘सामाजिक वास्तविकताको सिद्धान्त’मा आधारित रही अध्ययन गरिएको छ। यस सिद्धान्तअनुसार समाज भौतिक वस्तु हो। यसको निर्माण र सञ्चालनमा धर्म, नैतिकता, आदर्श, मूल्य मान्यता आदि अभौतिक कुराको अहम् भूमिका रहन्छ। उक्त अभौतिक कुरालाई पनि तथ्य र प्रमाणका रूपमा लिन सकिन्छ। त्यसैले नेपथ्यमा रहेर भौतिक समाजलाई सञ्चालन गर्ने धर्म, नैतिकता आदि सामाजिक वस्तु हुन्। ‘नासो’ कथामा तत्कालीन समाजको प्रतिबिम्ब पाइन्छ। यस कथाको समाज धर्म अनि नैतिकताका मूल्य मान्यताअनुसार सञ्चालित परम्परागत प्रकारको छ। कथाका पात्रहरू देवीरमण, सुभद्रा, नौली, लक्ष्मी आदि पनि धर्म अनि नैतिकताकै निर्देशनअनुसार चलेका छन्। अतः प्रस्तुत कथालाई यहाँ ‘सामाजिक वास्तविकताको सिद्धान्त’का आधारमा अध्ययन गरिएको छ। अध्ययनका क्रममा यहाँ व्याख्यात्मक तथा विश्लेषणात्मक विधिको अनुसरण गरी तथ्यहरूको खोजी गरिएको छ। यस लेखमा देवीरमणलाई अर्को विवाह गर्न तथा सुभद्रालाई सौता भित्र्याउन बाध्य पार्ने प्रमुख कारक तत्त्व धर्म, नैतिकता, आदर्श र मूल्य मान्यताको सामाजिकता जस्ता कुरा असामाजिक वस्तु नभई अभौतिक सामाजिक वस्तु हुन् भन्ने निष्कर्ष निकालिएको छ।

Description

Citation

Accession No

Call No

Book Title

Edition

Volume

ISBN No

Volume Number

9

Issue Number

12-14

ISSN No

0976-1640

eISSN No

Pages

Pages

20 - 36

Endorsement

Review

Supplemented By

Referenced By