'Naso' kathama samajik bastabikta ‘नासो’ कथामा सामाजिक बास्तविकता

dc.contributor.authorKhatibda खतिवडा, Bishwaraj विश्वराज
dc.date.accessioned2023-03-21T07:36:14Z
dc.date.available2023-03-21T07:36:14Z
dc.date.issued2022
dc.description.abstractप्रस्तुत लेख गुरुप्रसाद मैनालीको ‘नासो’ (वि सं १९९२) कथामा पाइने सामाजिक वास्तविकताको अध्ययनसँग सम्बद्ध छ। सामाजिक वास्तविकता सम्बन्धी दृष्टिकोण फ्रान्सेली समाजशास्त्री इमाइल दुर्खिमले प्रतिपादन गरेका हुन्। ‘नासो’ सामाजिक विषयवस्तुमा लेखिएको कथा हुनाले यसलाई दुर्खिमद्वारा प्रतिपादित ‘सामाजिक वास्तविकताको सिद्धान्त’मा आधारित रही अध्ययन गरिएको छ। यस सिद्धान्तअनुसार समाज भौतिक वस्तु हो। यसको निर्माण र सञ्चालनमा धर्म, नैतिकता, आदर्श, मूल्य मान्यता आदि अभौतिक कुराको अहम् भूमिका रहन्छ। उक्त अभौतिक कुरालाई पनि तथ्य र प्रमाणका रूपमा लिन सकिन्छ। त्यसैले नेपथ्यमा रहेर भौतिक समाजलाई सञ्चालन गर्ने धर्म, नैतिकता आदि सामाजिक वस्तु हुन्। ‘नासो’ कथामा तत्कालीन समाजको प्रतिबिम्ब पाइन्छ। यस कथाको समाज धर्म अनि नैतिकताका मूल्य मान्यताअनुसार सञ्चालित परम्परागत प्रकारको छ। कथाका पात्रहरू देवीरमण, सुभद्रा, नौली, लक्ष्मी आदि पनि धर्म अनि नैतिकताकै निर्देशनअनुसार चलेका छन्। अतः प्रस्तुत कथालाई यहाँ ‘सामाजिक वास्तविकताको सिद्धान्त’का आधारमा अध्ययन गरिएको छ। अध्ययनका क्रममा यहाँ व्याख्यात्मक तथा विश्लेषणात्मक विधिको अनुसरण गरी तथ्यहरूको खोजी गरिएको छ। यस लेखमा देवीरमणलाई अर्को विवाह गर्न तथा सुभद्रालाई सौता भित्र्याउन बाध्य पार्ने प्रमुख कारक तत्त्व धर्म, नैतिकता, आदर्श र मूल्य मान्यताको सामाजिकता जस्ता कुरा असामाजिक वस्तु नभई अभौतिक सामाजिक वस्तु हुन् भन्ने निष्कर्ष निकालिएको छ।
dc.identifier.issn0976-1640
dc.identifier.urihttps://ir.nbu.ac.in/handle/123456789/4814
dc.language.isoneen_US
dc.publisherUniversity of North Bengalen_US
dc.subjectBhoutik samajik bastabikta भौतिक सामाजिक बास्तविकताen_US
dc.subjectAbhoutik samajik bastabikta अभौतिक सामाजिक बास्तविकताen_US
dc.subjectSamajik ekta सामाजिक एकताen_US
dc.subjectSamajik pratinidhitwa सामाजिक प्रतिनिधित्वen_US
dc.title'Naso' kathama samajik bastabikta ‘नासो’ कथामा सामाजिक बास्तविकताen_US
dc.title.alternativeAbhigyan : Shodhmulak Ardhvarshik, Vol. 9, No. 12-14, June-2021, December-2022, pp. 20-36en_US
dc.typeArticleen_US
periodical.editorParajuli, Pushkar
periodical.issueNumber12-14
periodical.nameAbhigyan : Shodhmulak Ardhvarshik
periodical.pageEnd36
periodical.pageStart20
periodical.volumeNumber9

Files

Original bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
Abhijnan_Vol. 9, No. 12-14_2.pdf
Size:
631.32 KB
Format:
Adobe Portable Document Format
Description:
'Naso' kathama samajik bastabikta ‘नासो’ कथामा सामाजिक बास्तविकता

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.54 KB
Format:
Item-specific license agreed upon to submission
Description: