Please use this identifier to cite or link to this item: http://ir.nbu.ac.in/handle/123456789/4585
Title: मानव बसाइँ सराइका सन्दर्भमा ब्रह्यपुत्रका छेउछाउ उपन्यासको अध्ययन Manab Basai saraika sandarvma brahmaputraka cherchar upanyasko adhyayan
Other Titles: अभिज्ञान, वर्ष ८,आङ्क १०, (जनवरी - जून २०१९) प्र ६५-७४ Abhijnan,Vol.8, Part- 10, (January-June 2019 ) p 65-74
Authors: तामाङ Tamang, छात्रकुमार Chatrakumar
Keywords: गन्तव्य बिन्दु Gantabbya bindu
आकर्षणकारी तत्त्व Akarshankari tatwa
विकर्षणकारी तत्त्व Bikarshankari tatwa
प्रस्थान बिन्दु Prasthan bindu
रोजगार Rojgar
अवसर Absar
Issue Date: 2019
Publisher: University of North Bengal
Abstract: यस शोधपत्रमा लीलबहादुर क्षेत्रीकृत ब्रह्मपुत्रका छेउछाउ उपन्यासलाई मानव बसाइँ सराइका सन्दर्भमा अध्ययन गरिएको छ। आर्थिक, सामाजिक, राजनैतिक उत्पीडा, युद्ध तथा प्राकृतिक प्रकोपका कारण मानिसहरू एउटा ठाउँदेखि अर्को ठाउँमा स्थायी वा अस्थायी रूपमा बसाइँ सर्ने गर्छन्‌। मानिसले आफ्नो पुर्ख्यौली भूमि छाडी नौलो मुलुकतिर बसाइँ सर्नामा विभिन्न आकर्षणकारी अनि विकर्षणकारी तत्त्वहरू दायी हुन्छन्‌। बह्यापुत्रका छेउछाउ उपन्यासमा सामन्ती समाज, गरिबी र साहुको रिनका कारण नेपालबाट विकर्षित बनेर बसाइँ हिँडेका मानवीर र जुरेलीलाई असमेली भूमि आकर्षणको केन्द्र बनेको छ। प्रवासमा मानवीरका परिवारले गरेको जीवन सङ्घर्ष र असमेली नेपाली जनजीवनका सामाजिक अनि राजनैतिक पक्षको अध्ययन यस शोधपत्रमा गरिएको छ। असमका नेपालीहरूबिचको सौहार्द, जातीय सद्भावना अनि राष्ट्रिय चेतनाका सन्दर्भहरूबारे पनि यसमा चर्चा गरिएको छ।
URI: http://ir.nbu.ac.in/handle/123456789/4585
ISSN: 0976-1640
Appears in Collections:ABHIJNAN, Vol.8, No.10, (January - June 2019)

Files in This Item:
File Description SizeFormat 
Abhijnan_Jan_June_2019-06.pdfManab Basai saraika sandarvma brahmaputraka cherchar upanyasko adhyayan109.68 kBAdobe PDFThumbnail
View/Open


Items in NBU-IR are protected by copyright, with all rights reserved, unless otherwise indicated.