Abhigyan : Shodhmulak Ardhvarshik, Vol. 07, No. 08-09

Permanent URI for this collectionhttps://ir.nbu.ac.in/handle/123456789/4491

सम्पादकीय

जीवन जगत्‌बारे गरिने सत्यको अन्वेषण नै ज्ञानको एउटा मात्र स्रोत हो। मानव सभ्यताका चरणमा देखिने अनेकौँ मान्यता, अवधारणा, सिद्धान्त तथा दर्शनहरू त्यस अन्वेषणकै परिणाम हुन्‌। मान्छे ज्ञानाग्रही हुन्छ। क आफ्नो जिज्ञासाको तृप्तिका निम्ति अनेक क्रियाकलाप तथा खोजीकार्यमा उद्यत रहन्छ। मान्छेको यस्तै प्रवृत्तिका कारण विज्ञान अनि दर्शनका क्षेत्रमा कैयौँ क्रान्तिहरू भए अनि नयाँ विचारधाराको स्थापना, तिनको समर्थन अनि खण्डन नै ती क्रान्तिका मूल हेतु बने। ब्रह्माण्डको सृष्टिसम्बन्धी 'ओल्ड टेस्टामेन्ट को पृथ्वीकेन्द्रवादी मान्यतालाई कोपर्निकसले टेवा पुच्याइरहेको बेला ग्यालिलियोले सूर्यकेन्द्रवादको सिद्धान्तलाई अघि ल्याएर भौतिक विज्ञानका क्षेत्रमा क्रान्ति ल्याएका थिए। त्यसपछि न्युटनको गुरुत्वाकर्षण सिद्धान्त, आइन्सटाइनको सापेक्षतावाद, डार्विनको विकासवाद, हिगेलको द्वन्द्ववाद, कान्टको पराभौतिकवाद, मार्क्सको समाजवाद आदिले मान्छेलाई जीवन जगत्‌सम्बन्धी नयाँ सत्यहरूसँग साक्षात्कार गराउँदै ल्याए।

“विज्ञान शब्दको व्युत्पत्तिगत अर्थ दर्शन हो अनि विज्ञान अथवा दर्शनद्वारा नै जीवन जगत्‌लाई हेर्ने मान्छेका दृष्टिकोणले नवीन दिशा पाइरहन्छ। ग्यालिलियो, न्युटन, आइन्सटाइन, डार्विन, कान्ट, हिगेल, मार्क्सहरू विज्ञान अनि दर्शनका फाँटमा एक एकवटा प्रतिमान (प्याराडाइम) हुन्‌ अनि सत्यको अन्वेषणमा लागिरहने मान्छेको प्रवृत्तिकै कारण ती प्रतिमानहरू समयान्तरमा परिवर्तित भइरहन्छन्‌ जसलाई थोमस कुहनका शब्दावलीमा प्रतिमान परिवर्तन अथवा विस्थापन (प्याराडाइम सिफ्ट) भनिन्छ। यस्तो विस्थापन ज्ञानका प्रत्येक क्षेत्रमा हुन्छ। भाषा, साहित्यको लेखन तथा अध्ययनमा पनि यस्ता विस्थापनहरू हुँदै आएका पाइन्छन्‌। पाणिनि, यास्क, पतञ्जलि, भर्तृहरि, विलियम जोन्स, सस्युर, ब्लुमफिल्ड, चम्स्की, ग्रिनबर्ग आदि भाषाविज्ञानका प्रतिमानहरू हुन्‌ भने भरतमुनि, भामह, कुन्तक, मम्मट, असस्तु, क्रोचे, इलियट, रिचर्डर्स, डेरिडा आदि साहित्यशास्रका प्रतिमान हुन्‌। नेपाली साहित्य सिर्जन क्षेत्रमा भानुभक्त, मोतीराम, लेखनाथ, सम, देवकोटा, मैनाली, भूपि, रिमाल, कटुवाल, गिरी, रूपनारायण, शिवकुमार, मल्लु दाजुभाइ, विश्वेश्वरप्रसाद, पारिजात, लामिछाने, इन्द्रबहादुर यस्तै प्रतिमान हुन्‌ जसका सिर्जन तथा लेखनले नेपाली साहित्यका शोधकर्ताहरूलाई अध्ययन अनुसन्धानका नयाँ नयाँ कसौटीहरूसँग परिचित तुल्याउँदै आएको छ।

शोधको लक्ष्य नयाँको आविष्कार नै हुन्छ चाहे त्यो पुरानाको पुनः व्याख्या विश्लेषणबाट प्राप्त तथ्य नै किन नहोस्‌। नेपाली भाषा, साहित्य, संस्कृतिका अध्येताहरूबाट 'अभिज्ञान 'ले त्यस्तै नयाँ कुराको अपेक्षा राख्छ। नेपाली साहित्य लेखनमा देखिएका प्रतिमान विस्थापनका प्रत्येक कुना कुइनेटासँग परिचित रहेर तिनकै आलोकमा वर्तमानका प्रतिमानहरू चिन्ने, बुझ्ने तथा आफ्नो लेखनलाई पनि नयाँ प्रतिमानका प्रयोगशालामा खादै लाने निष्ठावान्‌ शोधकर्ताहरूको प्रतीक्षा यसलाई छ।

यस घडी अभिज्ञान'को सातौँ वर्षको आठौँ -नवौँ अङ्क पाठकहरूका हातमा छ जुन आठवटा विविध विषययुक्त शोधपरक लेखहरूको सँगालो रहेको छ। यस अङ्कका प्रत्येक विषयले अध्येताहरूलाई नेपाली भाषा साहित्यका नयाँ पुराना प्रतिमानहरूसित परिचय गराउनेछन्‌ भन्ने आशा हामीले साँचेका छौँ। यस अङ्कको पहिलो लेख सञ्जय राइको समालोचनाको सिद्धान्त : भाष्यशास्र' रहेको छ जसले पुर्वली अनि पश्चिमेली साहित्य अध्ययनको भाष्य अथवा टीका पद्धतिका सैद्धान्तिक पक्षमाथि प्रकाश पारेको छ। रेमिका थापाको 'पराज्ञान सिद्धान्त र नेपाली साहित्य लाई समकालीन नेपाली साहित्य अध्ययनमा मौलिक सन्धानको प्रयास मान्न सकिन्छ। माध्यमिक कालदेखि नै नेपाली साहित्यमा विद्यमान रहेका पराज्ञान तत्वहरूको छानबिन गरी लेखिएको यो सम्भवतः पहिलो लेख हो। नेपाली साहित्य अध्ययनका नयाँ कसौटीहरूको परिचय दिने यस्तै अन्य दुईवटा लेखहरू छन्‌ - योगेश खातीको “सीमा अध्ययन अनि फ्रण्टियर कथा तथा मुक्तिनाथ शर्माको भिन्न क्षमताको अध्ययनका दृष्टिले लैनसिंह बाङ्देलको लङ्गडाको साथी उपन्यासको विश्लेषण '। यसरी नै विक्रम विश्वकर्मलिखित शिवकुमार राइको पुत्लो कथाका बालचरित्रहरूको अध्ययन 'ले नेपाली कथामा बाल चरित्राङ्कनलाई हेर्ने मनोवैज्ञानिक पद्धतिलाई अघि सारेको छ भने बबी लामाको “नयाँ क्षितिजको खोज उपन्यासमा इतिहास चेतना ले दार्जिलिङ समाजको निर्माण तथा विकासका कथालाई उपन्यासमा कसरी अङ्कन गरिएको छ भन्ने देखाएको छ। कृष्णमाया मगरको नेपाली कोटिकार' तथा आदर्श सुन्दासको नेपाली अनि सादरी भाषामा आदरार्थी प्रयोग : तुलनात्मक अध्ययन भाषासम्बन्धी लेखिएका दुईवटा लेखमा क्रमैले नेपाली भाषामा पाइने कोटिकारहरूको रूपतात्विक तथा प्रकार्यपरक अध्ययन अनि नेपाली र सादरी भाषाका आदरार्थी प्रयोगबिच पाइने साम्य वैषम्यहरूलाई केलाइएको छ। यसरी 'अभिज्ञान'को यस अङ्कले नेपाली भाषा साहित्यका पाठक एवम्‌ शोधकर्ताहरूलाई अध्ययनका विविध प्रतिमानहरू पस्केको छ भन्ने कुरामा हामी आश्वस्त छौँ।

Browse

Search Results

Now showing 1 - 8 of 8
  • Thumbnail Image
    ItemOpen Access
    नेपाली र सादरी भाषामा आदरार्थी प्रयोग : तुलनात्मक अध्ययन Nepali r saadri bhashama adrarthi prayog : tulnatmak adhyayan
    (University of North Bengal, 2018) सुन्दास Sundas, आदर्श Adarsh
    यस लेखमा नेपाली र सादरी भाषामा पाइने आदरार्थी प्रयोगहरूको तुलनात्मक अध्ययन गरिएको छ। दुवै भाषाका आदरार्थी प्रयोगहरूका दृष्टान्तलाई ध्यानमा राखेर तुलनात्मक अध्ययन गरिएको छ। मौलिकता र व्याकरण व्यवस्थाका कारण प्रत्येक भाषामा आ-आफ्नै प्रकारका विशेषता हुन्छन्‌। यहाँ नेपाली र सादरी भाषाका मानक व्याकरण व्यवस्थालाई आधार बनाई यी भाषाका आदरार्थी प्रयोगहरूको तुलनात्मक अध्ययन गरिएको छ। दुवै भाषाका आदरार्थी प्रयोगहरूमा के कस्ता साम्य र वैषम्य छन्‌ ती देखाइएका छन्‌।
  • Thumbnail Image
    ItemOpen Access
    "नयाँ क्षितिजको खोज" उपन्यासमा इतिहास चेतना "Naya khitizko khoj" upannyasma itihas chetna
    (University of North Bengal, 2018) लामा Lama, बबी Boby
    ऐतिहासिक दस्तावेजझैँ लाग्ने उपन्यास “नयाँ क्षितिजको खोज'मा दार्जिलिङको इतिहास कथाका रूपमा पाइन्छ। यस अध्ययन पत्रमा यसै उपन्यासमा पाइने ऐतिहासिक पक्षको अध्ययन गरिएको छ। इतिहासको अर्थ केलाउँदै आख्यान र इतिहास कसरी सम्बन्धित छन्‌ भन्ने पक्षको अध्ययन गरिएको छ। उपन्यासमा इतिहास चेतनालाई कसरी राखिएको छ भन्ने कुरामा प्रकाश पार्दै उपन्यासकै आधारमा दार्जिलिङ र यसको विकाससम्बन्धी विविध सन्धि, शिक्षा, चिया खेती, रोड निर्माणजस्ता इतिहासलाई धेरथोर राख्ने प्रयास गरिएको छ।
  • Thumbnail Image
    ItemOpen Access
    भिन्न क्षमताको अध्ययनका दृष्टिले लङ्गडाको साथी उपन्यासको विश्लेषण Vinna khamtako adhyanka drishtile langadako sathi upannyasko visleshan
    (University of North Bengal, 2018) शर्मा Sharma, मुक्तिनाथ Muktinath
    भिन्न क्षमता वा विकलाङ्ग अध्ययन सांस्कृतिक अध्ययनका क्षेत्रमा एउटा नवीन अनि महत्त्वपूर्ण विषय हो। साहित्यका क्षेत्रमा उत्ततआधुनिकतावादले भित्र्याएका विविध सिद्धान्तहरूमध्ये यो पनि एउटा हो। यस सिद्धान्तद्वारा समाजमा रहेका अल्पसङ्ख्यक विकल अवस्था भएका मानिसका सामाजिक, आर्थिक अनि राजनैतिक स्थितिबारे अध्ययन एवम्‌ विश्लेषण गरिन्छ साथै साहित्य पनि समाजको एउटा अभिन्न अङ्ग भएको हुनाले यसले साहित्यिक कृतिहरूमा रहेका भिन्न क्षमताका पात्रहरूबारे पनि अध्ययन गर्छ। यसका साथ्रै उनीहरूलाई अन्य सामान्य सबलाङ्ग मानिसहरूद्वारा के कस्तो व्यवहार गरिन्छ भन्ने कुराको पनि अध्ययन एवम्‌ विश्लेषण गरिन्छ। यस शोधपत्रमा भिन्न क्षमता अध्ययनका आधारमा उपन्यासकार लैनसिंह बाङ्देलद्वारा रचित लङ्गडाको साथी' उपन्यासको अध्ययन एवम्‌ विश्लेषण गरिएको छ। यहाँ मूल रूपमा भिन्न क्षमता अध्ययनका अध्येता डेभिड एल हस्किङले लेनकास्टर युनिभर्सिटीमा प्रस्तुत गरेका शोधपत्र क्रिटिकल डिस्‌एबिलिटी थ्योरी -लाई आधार बनाई प्रस्तुत उपन्यासको विश्लेषण गरिएको छ।
  • Thumbnail Image
    ItemOpen Access
    नेपाली कोटिकर Nepali kotikar
    (University of North Bengal, 2018) मणर Manar, कृष्णमाया Krishnamaya
    नेपाली भाषामा पाइने कोटिकारहरूको वर्णन तथा विश्लेषण यस अध्ययनपत्रको उद्देश्य रहेको छ। निर्जीवता, मानवीयता, आकार, विन्यास, खँदिलोपन, पदार्थ, आयाम, माप आदि अर्थतत्त्वका आधारमा नामलाई कोटीकृत गर्ने लगभग दुइ सयवटा सङ्ख्यावाची कोटिकारहरू नेपालीमा पाइन्छन्‌। यस पत्रमा ती कोटिकारहरूको वर्गीकरणसँगै रूपतात्विक अनि वाक्यतात्चिक वर्णन गरिएको छ।
  • Thumbnail Image
    ItemOpen Access
    शिवकुमार राईको 'पुत्लो' क पाइने बालचरित्रको अध्ययन 'Shivkumar Raiko putlo' ka paine balcharitrako adhyayan
    (University of North Bengal, 2018) विश्वकर्म Biswakarma, विक्रम Bikram
    यस लेखमा कथाकार शिवकुमार राईको 'पुत्लो' कथामा प्रयुक्त प्रमुख बालपात्रको चरित्रलाई चरित्र विश्लेषणको मनोविश्लेषणात्मक पद्धतिका आधारमा अध्ययन-विश्लेषण गरिएको छ। यस क्रममा पात्र र चरित्रमाझको भिन्नतालाई सङ्क्षिप्त रूपमा प्रस्तुत गरिएको छ भने चरित्र विश्लेषणको मनोविश्लेषणात्मक पद्धतिका आधारहरूलाई सविस्तार चिनाउने प्रयास गरिएको छ। यसका निम्ति 'मनोविश्लेषणात्मक नेपाली उपन्यासमा पात्रविधान' नामक पुस्तकमा दुर्गाबहादुर घर्ती (वि स २0६७)- ले प्रस्तुत गरेका पात्रविश्लेषणको मनोविश्लेषणात्मक पद्धतिलाई आधारस्वरूप ग्रहण गरिएको छ भने अन्यान्य मनोवैज्ञानिक एवम्‌ विद्वान्‌, समीक्षकहरूद्वारा प्रतिपादित विचार, विवेचनाहरूको पनि सहयोग लिइएको छ।
  • Thumbnail Image
    ItemOpen Access
    सीमा अध्ययन अनि कथा “फ्रण्टियर' Seema Adhyayan ani katha 'frontier'
    (University of North Bengal, 2018) खाती Khati, योजेश Yojesh
    समकालीन साहित्यले अध्ययनका विविध दिशालाई पक्रेर अघि बढ्दै गरेको सकारात्मक अवस्था छ। सोभियत राष्ट्र सङ्घ टुक्रा भएपछि वैश्चिक आर्थिक, अस्थिरता अनि आतङ्कवाद जस्ता विषयहरूले गर्दा सीमा अध्ययन (Border Studies)) माथि शोध हुन सक्ने सम्भावनाहरू चुलिएर गयो। भू- राजनैतिक विभाजनबाहेक यसलाई अध्ययनको एउटा विधाका रूपमा हेरिने सम्भावनाहरू देखिए। यसैले राष्ट्रको सीमा, सिमाना, किनारा, साँध, दोसाँध बाहेक सीमा अध्ययनले सामाजिक परिसीमाका सांस्कृतिक, प्रतीकात्मक साथै अन्य प्रकारका अध्ययनतर्फ लक्ष्य ग्दछ। सीमा अध्ययन एउटा अन्तर्विषयक अध्ययन क्षेत्र हो जसले राजनैतिक अनि दैनिन्दिनी विमर्शहरूभित्र पाउन सकिने सीमा अनि चिनारीलाई बुझाई अर्थहरूको आलोचनात्मक ढङ्गले परीक्षण गर्दछ। भूगोल विषयभित्र सीमाको अध्ययन हुँदै आइरहेको हो। केही दशकदेखि यता सीमा अध्ययनले अन्तर्विषयक विधाका रूपमा विमर्शको क्षेत्र र मौका प्राप्त गरेको छ। भूगोलपछि सीमा अध्ययनलाई मनोविज्ञान, कानुन, समाजशास्र, अर्थशास्र आदि विषयहरूले पनि विधागत रूपमा हेर्न गरेको छ। परम्परागत रूपमा सीमालाई दुई देशबिचको भौगोलिक सीमाङ्कन भनेर जानिन्छ यद्यपि अन्तर्विषयक अध्ययनका रूपमा सीमा अध्ययनभित्र फौज (military), युद्ध (warfare), राजनैतिक कुटनीति (political diplomacy), आतङककवाद (terrorism) , बसाइँ (migration), जातीय चिनारी (ethnic identity), शक्ति प्रदर्शन (show of powers), डायस्पोरा ((Diaspora) जस्ता विषयहरूले भूगोल, भू- राजनीति हुँदै आज बहुविषयक अध्ययन क्षेत्रलाई उर्वर बनाएको छ। सीमा अध्ययनका सैद्धान्तिक बै सहायक प्राध्यापक, खर्साङ सरकारी महाविद्यालय। दृष्टिकोणबारे चर्चा परिचर्चा सुरु भएको केही दशक मात्र भएको छ। भारतीय नेपाली साहित्यभित्र पनि सीमा अध्ययनका प्रसङ्गहरू उपर्युक्त विषयहरू लिएर विविध विधाभित्र देखिएका भेटिन्छन्‌। यस अध्ययनको मूल उद्देश्य सन्‌ १९५१ सालमा फ्रण्टियर कथा सङ्ग्रहभित्र छापिएको कथाकार शिव कुमार राईको फ्रण्टियर कथालाई सीमा अध्ययनअन्तर्गत राखेर हेरिने प्रयास गरिन्छ। उक्त कथामा ब्रिटिस इन्डिया अर्थात्‌ भारत स्वतन्त्र भारत बनिन अघिकै कथावस्तु बुनिएको छ। कथाभित्र वास्तविक स्थान नामहरूसँगै तत्कालीन भारत, पाकिस्तान, अफगानिस्तान आदि देशहरूको सैनिक गतिविधि (military movement) र्‌ सिमानाहरूका प्रसङ्ग भेटिन्छन्‌। यसैले सीमा अध्ययनअन्तर्गत यस कथालाई हेरिँदा समकालीन भारतीय साहित्यभित्र नेपाली साहित्यको प्रवृत्तिलाई केलाउने अझ फाँडटिलो क्षेत्र प्राप्त हुन सक्ने उद्देश्यले कथा फ्रण्टियर को यहाँ चर्चा गरिन्छ।
  • Thumbnail Image
    ItemOpen Access
    पराज्ञान सिद्धान्त र नेपाली साहित्य Paragyan sidhyant ra nepali sahitya
    (University of North Bengal, 2018) थापा Thapa, रेमिका Romika
    आदिम मानिसले सर्वप्रथम प्रकृतिसँग जुझेर, लडेर र प्रतिद्वन्द्रिता गरेर जीवन जिउने प्रणाली बनाएको थियो तर कालान्तरमा सङ्घर्ष मात्र पर्याप्त भएन। यसकारण मानिसले प्रकृति शक्तिलाई आराध्य मान्दै पूजा, आराधना र समर्पण आदि गर्न सम्झौतावादी शैली अँगाल्यो किनभने प्रकृतिका क्षोभबाट बाँच्नु र प्रकृतिको अद्भुत शक्ति प्राप्त गरेर सासारिक जीवनलाई सहजसाध्य बनाउनु मान्छेको एक मात्र आदिम कामना थियो। यसरी मानव सभ्यताका इतिहासमा अलौकिक आस्था र अभ्यासको गतिविधि सुरु भएको अनि यही नै मनुष्य जीवनको आदिदर्शन र आदिविज्ञान अनि जीवन जिउने एक मात्र प्रणाली भएको देखिन्छ। भौतिक विज्ञानले मानिसका जीवनमा विराट्‌ क्रान्ति ल्याए तापनि अलौकिक आस्था र अभ्यास रहस्यमय दर्शनका रूपमा आधुनिक युगसम्म निरन्तर अस्तित्ववान छ। मानिसको आदि-अनादि सत्व अथवा टेक्ने भुइँसँग सम्बन्धित भएको हुनाले पराभौतिक आस्था र अभ्यासको प्रासङ्गिकता आधुनिक समयमा पनि जियालो छ। मानिसले आफ्नो जन्मसँग जीवन र मृत्युको रहस्य पनि साथै लिएर आएको छ। ब्रह्याण्डको रचना र संसारको सृष्टि आख्यानहरूमा गरिएका रहस्यात्मक व्याख्याहरूसँग मानिस आधारभूत रूपले सङ्लग छ। संसारको अस्तित्व र संसारेतर रहस्य-ज्ञानप्रति मानिसको अभिरुचि अटुट छ। मानिस आफूभित्रको सृक्ष्मतालाई चिन्ने र आफूभन्दा माथि अथवा परको असीम, अनन्त र अदृश्य ज्ञानप्रति गम्भीर आग्रह राख्ने प्राणी भएकाले अनेक कौतूहल र जिज्ञासाहरूले भरिएका गतिविधिहरू संसारमा कार्यशील छन्‌। यस्ता रहस्यात्मक अनुशासन र कार्यविधिलाई अध्ययन गर्न औपचारिक आधारबारे अध्ययनको प्रासङ्गिकता विवेचनीय विषय बनेको बै सहायक प्राध्यापक, नेपाली विभाग, परिमल मित्र स्मृति महाविद्यालय, मालबजार, पश्चिम बङ्गाल पाइन्छ।
  • Thumbnail Image
    ItemOpen Access
    समालोचनाको सिद्धान्त : भाष्यशास्तर Samalochnako sidhyant : Vasyasastar
    (University of North Bengal, 2018) राई Rai, सञ्जय Sanjay
    यस लेखमा भाष्यशास्रको पूर्वीय र पाश्चात्य परम्पराबारे परिचय दिइएको छ। संस्कृत वाङ्मयले भाष्यशास्रबारे संयमित अध्ययन /अध्याय सुरक्षित राखेको छैन। पश्चिममा आधुनिक तथा उत्तरआधुनिककालमा यसको विकास समय र समाजको चिन्तनअनुसार अघि बढेर आएको छ। दर्शनशास्र, समाजशास्त्र, इतिहास, राजनीतिशास्र सँगसँगै साहित्यशास्त्रका तात्विक दृष्टिकोणबाट भाष्यलाई अध्ययन गरी यसलाई समालोचनाको सिद्धान्त अथवा काव्यशास्र बनाउने उपक्रम अद्यावधि चलिरहेको छ। पूर्वीय वाङमय परम्परामा भाष्य स्वयम्‌ एउटा स्वतन्त्र विधाका रूपमा देखिन्छ। परिवर्द्धन, सम्पादन, अनुवीक्षण, निरीक्षण सम्भव हुने भाष्यकार्य अधुनातन तथा तुलनात्मक अध्ययन र अनुवादविज्ञानको समकक्षीय देखिन्छ। यद्यपि नयाँ काव्यशास््रका रूपमा विकासशील भाष्यशास्र पूर्विय वाङ्मयकै परम्परा र देन हो।