इन्द्रबहादुर राईका कथामा पर्यावरण र संस्कृतिको सम्बन्ध Indra Bahadur Raika Kathama Paryavaran ra Sanskritiko Sambandha

DOI

Access Status

Loading...
Thumbnail Image

Type

Article

Date

Journal Title

Abhigyan

Journal Editor

पराजुली Parajuli, पुष्कर Pushkar

Journal ISSN

Volume Title

Publisher

University of North Bengal

Statistics

Total views and downloads
Views
5
Downloads
2
Impact & Metrics

Advisor

Editor

Abstract

‘इन्द्र बहादुर राई (इबरा)-का कथामा पर्यावरण र संस्कृतिको सम्बन्ध’ शीर्षक प्रस्तुत लेख इबराका कथामा प्रयुक्त पर्यावरण र संस्कृतिबिच सम्बन्धको अध्ययनमा केन्द्रित छ। कथाकार इबराका आलोच्य कथाहरूमा चित्रित पात्र र प्रकृतिबिचको सम्बन्धलाई कसरी उद्‌घाटन गरिएको छ भन्ने देखाउँदै परम्परागत लोकसंस्कृतिले पर्यावरण सन्तुलन कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्दछ भन्ने सत्यापन गर्नु यस लेखको उद्देश्य हो। परम्परागत चिन्तन, विश्वास तथा धार्मिक प्रथाहरू वातावरणसँग प्रत्यक्ष-अप्रत्यक्ष सम्बन्धित हुने गर्दछन्। इबराका कथामा पात्रका रूपमा पाइने नदी, डाँडाकाँडा र वन जङ्गललाई देवी देवतासँग जोडेर पुज्ने परम्पराले ती प्राकृतिक स्रोतहरूको संरक्षण साथै यी परम्पराले पात्रलाई प्रकृतिप्रति संवेदनशील बनाएको पाइन्छ। यसमा इबराका विवेच्य कथाहरूको पर्यावरण सन्तुलन र लोकसांस्कृतिक मान्यताका आधारमा विश्लेषण गरिएको छ। नेपाली लोकजीवन एवम् पारिस्थितिकी, पर्यावरण संरक्षणसँग सम्बन्धित परम्परा, लोक आस्था र पर्यावरण, प्रकृतिसित सम्बन्धित लोक मान्यता जस्ता पक्षलाई विश्लेषणका आधार मानेर पात्रको कार्यका साक्ष्यमा उक्त विषयको प्रतिपादन भएको छ भन्ने निष्कर्ष निकालिएको छ।

Description

Citation

Accession No

Call No

Book Title

Edition

Volume

ISBN No

Volume Number

12

Issue Number

19-20

ISSN No

0976-1640

eISSN No

Pages

Pages

44 - 50

Endorsement

Review

Supplemented By

Referenced By