राजनारायण प्रधानका आख्यानात्मक निबन्धहरूको तत्त्वगत विश्लेषण Rajnarayan Pradhanka akhyanatmak nibandhharuko tatwagat bisleshan

dc.contributor.authorमगर Magar, कृष्णमाया Krishnamaya
dc.date.accessioned2026-03-05T07:03:03Z
dc.date.issued2024
dc.description.abstractराजनारायण प्रधानका प्रकाशित कृतिहरूमध्ये दार्जिलिङ डायरी (इ सं १९८३), केही अनुहार, केही झलक (इ सं १९९५), एउटै धरती, एउटै आकाश (इ सं १९९६), पन्चैबाजा बजाउँदै (इ सं १९९७) तथा एउटा आइतबार यसरी बित्यो (इ सं २००४) जस्ता ५ वटा कृतिहरू निबन्ध विधाका छन् जसमा अन्तर्निहित तत्त्वगत वैशिष्ट्य केलाउँदा यिनका प्रायः निबन्धलाई आख्यानात्मक परिपाटीका भन्न मिल्ने देखिन्छ। यो शोधपत्र प्रधानका निबन्धमा पाइने यसै वैशिष्ट्यको विश्लेषणमा केन्द्रित छ। विधागत शङ्करण आधुनिक तथा उत्तर आधुनिक कालका साहित्यमा पाइने विभिन्न विशेषतामध्ये एउटा हो। राजनारायण प्रधानको निबन्धकारिता पनि यस विशेषताबाट अछुतो देखिँदैन जसको फलस्वरूप मूलतः यिनका कथामा पाइने निबन्धात्मकता अनि निबन्धमा पाइने कथात्मकतामाझ अति सूक्ष्म भिन्नता पाइन्छ। यसै सन्दर्भमा यिनका कथाजस्ता लाग्ने निबन्धहरूमा आख्यानका के कस्ता संरचनात्मक तत्त्वहरू के कसरी प्रकट भएका छन्? तथा आख्यानात्मक संरचनामा रचिएका भए पनि तिनलाई किन निबन्धात्मक रचना नै मान्नु? भन्ने कुरा केलाउनु नै यस शोधपत्रको उद्देश्य रहेको छ।
dc.identifier.issn0976-1640
dc.identifier.urihttps://ir.nbu.ac.in/handle/123456789/5737
dc.language.isone
dc.publisherUniversity of North Bengal
dc.subjectभारतीय Bhartiya
dc.subjectनेपाली Nepali
dc.subjectसाहित्य Sahitya
dc.subjectराजनारायण प्रधान Rajnarayan Pradhan
dc.subjectनिबन्ध अक्खन Nibandha Akhyan
dc.titleराजनारायण प्रधानका आख्यानात्मक निबन्धहरूको तत्त्वगत विश्लेषण Rajnarayan Pradhanka akhyanatmak nibandhharuko tatwagat bisleshan
dc.title.alternativeAbhigyan : Shodhmulak Ardhvarshik, Vol. 11, No. 17-18, January-December 2024, pp. 40-48
dc.typeArticle
periodical.editorParajuli, Pushkar
periodical.editorMagar, Krishnamaya
periodical.issueNumber17-18
periodical.nameAbhigyan : Shodhmulak Ardhvarshik
periodical.pageEnd48
periodical.pageStart40
periodical.volumeNumber11

Files

Original bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
Rajnarayan Pradhanka akhyanatmak nibandhharuko tatwagat bisleshan.pdf
Size:
61.65 KB
Format:
Adobe Portable Document Format

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.47 KB
Format:
Item-specific license agreed upon to submission
Description: