Please use this identifier to cite or link to this item: http://ir.nbu.ac.in/handle/123456789/4591
Title: 'फेरि इतिहास दोहोरिन्छ' नाटकको समाज राजनैतिक अध्ययन 'Feri itihas dohorinch' natakko samaj rajnaitik adhyayan
Other Titles: अभिज्ञान, वर्ष ८,आङ्क ११, (दिसम्बर २०१९) प्रि ६०-७१ Abhijnan,Vol.8, Part- 11, (December 2019 ) p 60-71
Authors: खाती Khati, योगेश Yogesh
Keywords: समाज Samaj
राजनीति Rajneeti
स्थिति Sthiti
यथार्थ Yathart
आदि Adi
Issue Date: 2019
Publisher: University of North Bengal
Abstract: नाटक समाजको एउटा महत्त्वपूर्ण सांस्कृतिक प्रस्तुति हो। अन्तर्विषयक अध्ययनभित्र समाजले भोग्ने सामाजिक, राजनैतिक, सांस्कृतिक परिवर्तनहरूलाई साहित्यका नाटक विधामा देखाउन सम्भव रहन्छ। नाटकको अध्ययनले समाजको इतिहास पुनर्निर्माण, समाज र चिनारीको अध्ययन र मूल्याङ्कन गर्न सहायता पनि गर्दछ। भारतीय नेपाली साहित्यको प्रसङ्ग आउँदा मूल रूपमा सिङ्गो दार्जिलिङ, असम अनि सिक्किम बुझिन्छ। यद्यपि यी प्रमुख स्थानबाहेक देशका अन्य स्थानहरूबाट पनि नेपाली साहित्यको प्रतिनिधित्व भइरहेको पाइन्छ। यसै प्रसङ्गमा भारतीय नेपाली नाटक साहित्यमा मनबहादुर मुखिया एउटा प्रतिष्ठित नाम हो। मनबहादुर मुखियाले नाटक विधामा एउटा भरपर्दो अध्याय प्रदान गरेका छन्‌। सन्‌ १९७५ सालमा दार्जिलिङको श्याम ब्रदर्स प्रकाशनबाट प्रकाशित भएको उनको दोस्रो पूर्णङ्की नाटक फेरि इतिहास दोहोरिन्छ' लाई यस अध्ययनअन्तर्गत राखेर अन्तर्विषयक समालोचना बनाई हेरिने प्रयास गरिन्छ। यस अध्ययन पत्रमा यस नाटकभित्र देख्न सकिएका समाज राजनैतिक विविध विचारहरू एवम्‌ वस्तुस्थितिहरूलाई समालोचनाका माध्यमद्वारा देखाउने प्रचेष्टा गरिएको छ।
URI: http://ir.nbu.ac.in/handle/123456789/4591
ISSN: 0976-1640
Appears in Collections:ABHIJNAN, Vol.8, No.11, (December 2019)

Files in This Item:
File Description SizeFormat 
Abhijnan_December _2019_04.pdf'Feri itihas dohorinch' natakko samaj rajnaitik adhyayan86.17 kBAdobe PDFThumbnail
View/Open


Items in NBU-IR are protected by copyright, with all rights reserved, unless otherwise indicated.