Abhigyan : Shodhmulak Ardhvarshik
Permanent URI for this communityhttps://ir.nbu.ac.in/handle/123456789/4479
‘अभिज्ञान’ विद्वत् समीक्षा आधृत शोध पत्रिका (Peer Reviewed Journal) हो। अर्द्धवार्षिक रूपमा छापिने यस शोध पत्रिकाका प्रकाशक उत्तर बङ्ग विश्वविद्यालयका कुल सचिव हुन्। इ सं २०१२ देखि यसको प्रकाशन उत्तरबङ्ग विश्वविद्यालयको नेपाली विभागबाट विभागीय शोध पत्रिकाका रूपमा निरन्तर भइरहेको छ। यसमा भाषा, साहित्य अनि संस्कृति विषयक नेपाली भाषामा लेखिएका प्राज्ञिक शोध, समीक्षा एवम् चिन्तनमूलक मौलिक लेखहरू प्रकाशित गरिन्छन्। नेपाली भाषी अध्येता तथा शोधकर्ताहरूका लागि सम्बन्धित विषयको पाठ एवम् शोध सामग्री उपलब्ध गराउनु यसको मुख्य लक्ष्य हो भने प्राज्ञिक वा प्राज्ञेतर शोधकर्ताहरूद्वारा सम्पन्न गरिएका शोध कार्यहरूको निष्कर्ष वा प्राप्तिलाई प्रकाशनको मञ्च प्रदान गर्नु यसको अर्को लक्ष्य रहेको छ। यसमा छापिएका शोधपत्रहरूको चयन सम्बन्धित विषयका विशेषज्ञको परामर्श लिएर मात्र गरिन्छ। हालमा यस शोध पत्रिकाका प्रमुख सम्पादक नेपाली विभागका सह प्राध्यापक डा पुष्कर पराजुली छन् भने उप प्राध्यापक श्रीमती कृष्णमाया मगर यसको सह सम्पादक रहेकी छन्। पत्रिकामा शोध पत्र प्रकाशन गर्नाका निम्ति pushkarparajuli@nbu.ac.in अनि krishnamayamanger@nbu.ac.in मा सम्पर्क गर्न सकिन्छ।
Browse
57 results
Filters
Advanced Search
Filter by
Settings
Search Results
Item Open Access बलिवेदी उपन्यासमा पाइने ऐतिहासिक सन्दर्भ Baliwedi upanyasma paine aitihasik sandarbh(University of North Bengal, 2024) तामांग Tamang, भुपेन BhupenItem Open Access समकालीन भारतीय नेपाली कवितामा विचलन लेखनको अवधारणा र यसका प्रायोगिक पक्ष Samkalin bhartiya nepali kabitama bichalan lekhanko abdharna ra iaska prayogik paksh(University of North Bengal, 2024) सुब्बा Subba, ज्ञानेन्द्र GyanendraItem Open Access पालि अनि नेपाली भाषाका कारक व्यवस्थाको तुलनात्मक अध्ययन Pali ani nepali bhashaka karak byabasthyako tulnatmak adhyayan(University of North Bengal, 2024) प्रधान Pradhan, महेश MaheshItem Open Access Prakash Kobidkrit nayo upanyasma manab basai saraiko sandarbh प्रकाश कोविदकृत ‘नोयो’ उपन्यासमा मानव बसाइँ सराईको सन्दर्भ(University of North Bengal, 2023) Tamang तामाङ, Chatrakumar छत्रकुमारयस शोध पत्रमा प्रकाश कोविद कृत नोयो उपन्यासलाई बसाइँ सराइका सन्दर्भमा अध्ययन गरिएको छ। नोयो उपन्यासमा युद्धलाई विकर्षक तत्त्वका रूपमा देखाइएको छ भने भारतीय भूमिमा रहेका सार्वजनिक शिक्षा, जन स्वास्थ्य, रोजगारको अवसर, राजनैतिक शान्ति जस्ता कुरालाई यसमा आकर्षक तत्त्वका रूपमा देखाइएको छ। यस शोधपत्रमा तिनै आकर्षक र विकर्षक तत्त्वका आधारमा नोयो उपन्यासमा पाइने मानव बसाइँ सराइका घटनाबारे गहन अध्ययन गरिएको छ। युद्धका कारण तिब्बतीहरू आफ्नै राष्ट्रबाट शरणार्थी बनेर कसरी विस्थापित हुनु परेको थियो। त्यसपछिका कारणबारे प्रकाश पार्ने गर्ने प्रयास यसमा गरिएको छ। यसका साथै तिब्बतीहरूले भारतीय भूमिलाई गन्तव्य स्थानका रूपमा रोज्नाका कारण र उद्देश्यबारे पनि प्रकाश पार्ने प्रयास गरिएको छ। चिनियाँ सेनको कुटनीति र युद्धका कारणल विस्थापित भई बसाइँ सर्नु पर्दा उपन्यासका पात्रहरूले भोगेका दु:ख, पीडा तथा सङ्घर्ष आदिको परिचर्चा साथै घर गृहस्थी छोड्दाको मानवीय अनुभूति, अनिश्चित गन्तव्यको लामो यात्रामा भोगेका विघ्न-बाधा आदिबारे पनि यस शोध पत्रमा चर्चा गरिएको छ। यसबाहेक मानव बसाइँ सराइ र बसाइँको सैद्धान्तिक पक्षबारे परिचायत्मक अध्ययन पनि यसमा समाविष्ट छ। तथ्याङ्क विश्लेषणका लागि यस शोध पत्रमा एभरेट एस लीको ‘बसाइँ सराइको सिद्धान्त’लाई मुख्य सिद्धान्तका रूपमा ग्रहण गरिएको छ भने बसाइँ सराइ सम्बन्धी अन्य लेख, सिद्धान्त आदिको पनि सहयोग लिइएको छ।Item Open Access Sanskritik samatullyataka ishtile aaj ramita cha upanyasko angresi anubad सांस्कृतिक समतुल्यताका दृष्टिले ‘आज रमिता छ’ उपन्यासको अङ्ग्रेजी अनुवाद(University of North Bengal, 2023) Chettri छेत्री, Birendra वीरेन्द्रअनुवादमा समतुल्यता शब्दको प्रयोग उन्नाईसौँ शताब्दीको साठीको दशकदेखि भएको देखिन्छ। जन पल भिनय र जन दार्वलने (इ सं १९५८), रोमन याकोव्सन (इ सं १९५९), जे सी क्याटफर्ड (इ सं १९६५), युजिन नाइडा र चाल्स आर टेबर (इ सं १९६९), वर्नर कोलर (इ सं १९७९), जुलिया हाउस (इ सं १९९७), पिटर न्युमार्क (इ सं १९८१), मोना बेकर (इ सं१९९२), एन्थोनी प्याम् (इ सं२०१०) आदिले समतुल्यताको अवधारणालाई अघि ल्याउन विशेष योगदान दिएका छन्। विभिन्न अध्येताहरूले विभिन्न प्रकारका समतुल्यताको कुरा गरेको पाइए तापनि मूल रूपमा भाषिक, प्रयुक्तिगत र संरचनात्मक समतुल्यता प्रमुख देखिन्छन्। तर उन्नाइसौँ अस्सीको दशकदेखि भने अनुवादमा संस्कृतिको आगमन आएको देखिन्छ जसलाई अध्येताहरूले ‘कल्चरल टर्न’ भनेको पाइन्छ। विशेष गरी सुसान बास्नेट, आन्द्रे लेफेबर, लरेन्स भेनुती, मेरी स्नेल-हर्नबेप्रभृति अध्येताहरूले अनुवादलाई सांस्कृतिक अनुवाद भनी स्रोत र लक्ष्य संस्कृतिको व्यापकतामा अनुवादलाई हेर्ने अन्तर्दृष्टि विकसित गरेको पाइन्छ। ट्रान्सलेसन स्टडिज (इ सं २००२), ट्रान्सलेसन, हिस्ट्री एन्ड कल्चर (इ सं १९९२), कन्स्ट्रक्टिङ कल्चर (इ सं १९९८), पोस्ट कोलोनियल ट्रान्सलेसन : थियरी एन्ड प्राक्टिस (इ सं १९९९) जस्ता अनुवादसम्बन्धी पछिल्ला समयका सैद्धान्तिक पुस्तकहरूमा अनुवादलाई सांस्कृतिक अनुवादका रूपमा उभ्याइएको पाइन्छ। साहित्यिक अनुवादमा अन्तरसांस्कृतिक व्यवधान जहिले पनि रहन्छ। यसको सही व्यवस्थापन र विश्लेषण हुनु आवश्यक देखिन्छ। भाषाको कुरा गर्नु भनेको संस्कृतिको कुरा गर्नु हो। अत: प्रस्तुत कार्यपत्रमा अनुवादमा देखा पर्ने सांस्कृतिक समतुल्यतालाई विषयका रूपमा ग्रहण गरिएको छ। यसका लागि माथि उल्लेखित सैद्धान्तिक कृतिहरूलाई विश्लेषणको मूल आधार बनाइएको छ भने इन्द्रबहादुर राईकृत आज रमिता छ उपन्यासको अङ्ग्रेजी अनुवाद देअर् इज् अ कार्निवल टुडेलाई अनूदित पाठका रूपमा ग्रहण गरिएको छ। संस्कृतिका घटकमध्ये सम्बन्धित भूगोलको अर्थतन्त्र, राजनीति, विचारधारा, विश्वास, रीतिथिति, बोलीचाली, शिल्प आदि सबै पर्दछन्। यस दृष्टिकोणबाट हेर्दा आज रमिता छ उपन्यासले तत्कालीन दार्जिलिङे नेपाली समाजको दह्रो प्रतिनिधित्व गरेको पाइन्छ। आख्यानमा उसै पनि समाज-सांस्कृतिक पक्ष प्रबल रूपमा आएको हुन्छ। मञ्जुश्री थापाले यस उपन्यासलाई अङ्ग्रेजी भाषामा अनुवाद गरेकी छन्। यद्यपि यस अनूदित पाठमा अन्तरसांस्कृतिक व्यवधानलाई कसरी सम्प्रेषणीय बनाइएको छ भन्ने कुरा अध्ययनको विषय हो। यही विषयलाई यहाँ समस्याका रूपमा राखिएको छ भने विश्लेषणका लागि तुलनात्मक पद्धति अवलम्वन गरिएको छ। नेपाली र अङ्ग्रेजी पाठको तुलना गरी संस्कृतिजन्य शब्दावलीहरूको विश्लेषण गरी निष्कर्षमा पुग्ने लक्ष्य यस शोधपत्रमा राखिएको छ।Item Open Access Krira sahityaka sandarbhma Purna Raiko 'Jay Bijay' katha क्रीडा साहित्यका सन्दर्भमा पूर्ण राईको ‘जय-विजय’ कथा(University of North Bengal, 2023) Sherpa शेर्पा, Sonam सोनाम‘क्रीडा’को शाब्दिक अर्थ खेल हो। यस शब्दलाई संस्कृत भाषाको स्त्रीलिङ्गी शब्द मानिन्छ। एउटा सङ्गठित, प्रतिस्पर्धात्मक तथा प्रशिक्षित शारीरिक गतिविधि जसमा प्रतिबद्धता तथा निष्पक्षता रहन्छ त्यसलाई क्रीडा तथा खेल भनिन्छ। वास्तवमा क्रीडा भन्नाले मन बहलाउनाका निम्ति गरिने क्रिया, खेल आदि भन्ने बुझिन्छ। क्रीडा अथवा खेललाई मानव शरीरको औषधि मानिन्छ। यसले शरीरमा उत्पन्न हुने विभिन्न रोग, विकार, कुभावना, कुविचार आदिको हरण गर्दछ। यसैले क्रीडा साहित्य सम्पूर्ण नेपाली साहित्यमा एउटा नयाँ विषय हो। यसको अवधारणा र सैद्धान्तिक आधार नेपाली साहित्यमा पूर्ण रूपमा स्थापित भइसकेको पाइँदैन। क्रीडा साहित्य भनेको ‘स्पोर्ट्स लिटिरेचर’ होइन। यसले विविध खेलहरूको विवरण प्रस्तुत गर्ने हुनाले ‘गेम लिटरेचर’ भन्न सकिन्छ। कतिपय विद्वान्हरूले क्रीडा साहित्यलाई ‘खेलपरक साहित्य’ पनि भनेका छन्। क्रीडा तथा खेल मनोरञ्जनको विषय मात्र नभएर शिक्षाको विषय पनि हो। यसर्थ प्रस्तुत शोधपत्रमा भारतीय नेपाली कथाकार पूर्ण राईका ‘जय-विजय’ कथाका सन्दर्भमा क्रीडा साहित्यको विश्लेषण गरिएको छ।Item Open Access Lakshmiprasad debkotako sirjana hetu लक्ष्मीप्रसाद देवकोटाका सिर्जना हेतु(University of North Bengal, 2023) Nawpanay न्यौपाने, Sridhar श्रीधरप्रस्तुत लेख नेपाली साहित्यका सुप्रसिद्ध साहित्यकार महाकवि लक्ष्मीप्रसाद देवकोटाको सिर्जना हेतुका कोणबाट गरिने अध्ययनमा केन्द्रित रहेको छ। देवकोटाको सिर्जना हेतु के कस्तो रहेको छ भन्ने प्राज्ञिक जिज्ञासाको समाधान गर्ने उद्देश्य यस अध्ययनमा राखिएको छ। साहित्यकारले साहित्य सिर्जना गर्नाका कारण नै सिर्जना हेतु हो। सिर्जना हेतुबारे पूर्व र पश्चिममा व्यापक चर्चा भए पनि यस अध्ययनमा पूर्वीय काव्य चिन्तन परम्परामा स्थापित प्रतिभा, व्युत्पत्ति र अभ्यासलाई आधार बनाई देवकोटाका सिर्जना सामर्थ्यबारे विमर्श गरिएको छ। देवकोटाको सिर्जना हेतुबारे पूर्वकार्यमा चर्चा भए पनि यसै कोणबाट व्यवस्थित अध्ययनको भने रिक्तता रहेकाले यस अध्ययनको औचित्य देखिएको हो। बहुसत्यमा आधारित गुणात्मक प्रकृतिको यस अध्ययनमा तत्त्वमीमांसा, ज्ञानमीमांसा र मूल्यमीमांसाका बिचमा समन्वय कायम गरिएको छ। पूर्वीय काव्य चिन्तन परम्परामा स्थापित सिर्जना हेतुका कोणबाट देवकोटामा निहित सिर्जना हेतुबारे अध्ययन गरिएकाले यस अध्ययनमा निगमनात्मक शोध विधिको अवलम्बन गरिएको छ। अध्ययनका लागि आवश्यक समग्रीको सङ्कलन पुस्तकालयबाट गरिएको छ। देवकोटाको सिर्जना हेतुमा प्रतिभा, व्युत्पत्ति र अभ्यास समान रूपमा रहेका र तिनै विशेष गुणका कारण उनी नेपाली साहित्यमा विशिष्ट साहित्यकारका रूपमा स्थापित भएका छन् भन्ने निष्कर्ष यस अध्ययनको रहेको छ।Item Open Access Parichay rajniiti ra pratinidhitwa sandarbhama birendraka kehi kavita परिचय राजनीति र प्रतिनिधित्वः सन्दर्भमा वीरेन्द्रका केही कविता(University of North Bengal, 2023) Gurung गुरुङ, Suraj सुरजप्रस्तुत लेखमा परिचय राजनीति र प्रतिनिधित्वका दृष्टिले वीरेन्द्रका केही कविताहरूको अध्ययन गरिएको छ। वीरेन्द्रका कवितामा पाइने विविध पक्षहरूमध्ये परिचय राजनीति एउटा सबल पक्ष हो। यसैका माध्यमद्वारा उनले आफ्ना वैयक्तिक अनुभव र सामूहिक चेतनाका स्वरहरूलाई मूर्त रूप दिएका छन्। उनका कवितामा सीमान्तकृत समूहको आर्तनाद पाइन्छ र त्यही आर्तनाद नै जातीय परिचयलाई प्रतिनिधित्व गर्ने विशेष युक्तिका रूपमा प्रयोग भएको देखिन्छ। उनले राजनीति र संस्कृतिबिचको अवकासबाट जातिले लामो समयदेखि भोग्दै आएका समस्याहरूलाई औँल्याएका छन् तर त्यो औँल्याइ दोषारोपणको राजनीतिदेखि पर सांस्कृतिक अन्तर्ज्ञानमा आधारित छ। अतः प्रस्तुत लेख उनका कवितामा निहित राजनैतिक एवम् सांस्कृतिक परिप्रेक्ष्यहरू केलाउँदै तिनमा परिचयलाई कसरी प्रस्तुत गरिएको छ र तिनको राजनैतिक एवम् सांस्कृतिक प्रतिनिधित्व कसरी भएको छ भन्ने कुराको अध्ययन गर्ने दिशामा उन्मुख रहेको छ।Item Open Access Parabastabik samajma prachlit bhasa परावास्तविक समाजमा प्रचलित भाषा(University of North Bengal, 2023) Rai राई, Chandra चन्द्रप्रकाशकम्प्युटर र इन्टरनेटको प्रयोगद्वारा वास्तविकतालाई पर सारिने काम भएको छ जसलाई परावास्तविक भनिन्छ। परावास्तविकता सत्य नै हुन् तर ती प्रत्यक्ष हुँदैनन् वा देखिँदैनन्। आजको संसार परावास्तविक संसारका रूपमा बद्लिँदै गइरहेको देखिन्छ किनभने यहाँ हरेक कार्यको निष्पादन प्रत्यक्षमा भन्दा परोक्षमा अधिक हुने गर्छ। परोक्ष रूपमा गरिने कार्य सहज, सरल, सस्तो र छिटो पनि हुँदछ। यसैले परावास्तविक संसारमा मानिसहरूको भिड बढिरहेको देखिन्छ। परावास्तविक संसारमा प्रवेश गर्ने व्यक्तिहरूको समूहलाई परावास्तविक समुदाय वा परावास्तविक समाज भनिन्छ। ती समुदायका मानिसहरूले त्यहाँ गर्ने हरेक कार्य भाषाका माध्यमबाट सम्पन्न हुन्छ। उनीहरूले प्रस्तुत गर्ने अभिव्यक्ति बोली, लिखित, चित्रित रूपमा र चलचित्रद्वारा प्रकट हुन्छ। त्यसमा पनि अधिकतरले लेख्य भाषाद्वारा विचार प्रकट गर्ने गर्छन् वा एक अर्कामा सम्पर्कित हुन्छन्। परावास्तविक समाजका मानिसहरूले प्रयोग गर्ने लेख्य भाषाका विविध अवस्था र रूपलाई संक्षिप्त रूपमा हेर्ने प्रयास यस लेखमा गरिएको छ। साथै यस लेखमा परावास्तविक समाजले प्रयोग गर्ने भाषाको अध्ययनको लागि फेसबुक, व्हाट्स्एप जस्ता सामाजिक सञ्जालमा प्रयुक्त भाषिक विनिमयलाई सन्दर्भको रूपमा प्रयोग गरिनेछ।Item Open Access Nepali kabitama khadya sanskritiko rupak नेपाली कवितामा खाद्य संस्कृतिको रूपक(University of North bengal, 2023) Thapa थापा, Basudeb वासुदेवखाद्य मानव जीवनका लागि आधारभूत र अपिहार्य वस्तु हो जसका अभावमा जीवन असम्भव छ। खाद्यको उद्देश्य भोक शान्त गराउनु, स्वाद दिनु अनि पोषण दिनु मात्र नभएर यसले हाम्रा आचार विचार, चिन्तन मनन, स्वभाव, संस्कार, व्यवहार, सभ्यता र संस्कृति पनि निर्माण गरिआएका हुन्छन्। कुनै काँचो खाद्य वस्तुलाई पकवानसम्म रूपान्तरण गर्दा यसले खाद्य संस्कृतिका अन्य अभिव्यक्ति र विकल्प वहन गरिसकेको हुन्छ। यसैले यो खाद्य संस्कृतिको संवाहक पनि हो। खाद्य अध्ययन अनि यसका निर्माण प्रक्रियाको प्रतिनिधित्वसँग यो यति जटिल रूपमा बाँधिएको हुन्छ जसले मानव जातिका लागि पोषण पक्षको अंश मात्र नभएर सामाजिक, राजनैतिक, सांस्कृतिक, आर्थिक अनि धार्मिक रूपमा पनि यसको गहिरो महत्व हुन्छ । साहित्यमा विशेष गरी खाद्यसित काल्पनिकता गाँसिएर आउँदा भाषाका माध्यमद्वारा निर्मित पाठहरूले खाद्यलाई तुरुन्तै सांस्कृतिक पाठको रूपमा अन्तर्ज्ञानुशासनसित पनि जोड्ने आग्रह गर्दछ। यसो हुँदा साहित्यिक पाठमा खाद्यले वैकल्पिक रचनात्मकता, भाषिक र सांस्कृतिक सम्भावनाका अरू रूपकहरू निर्माण गर्दछ। खाद्यको साहित्यिक अभिव्यक्तिले खाना वरपरका अभ्यासहरूको बहुअर्थी सम्भावना र सम्भाव्यताहरू अन्वेषण गर्न प्रशस्त मार्ग प्रदान गर्दछ। खाद्यले लोकाचार कसरी निर्माण गर्दछ अनि यस्ता लोकाचारको प्रकृतिबारे विवेचन गर्न साहित्यले कसरी सहयोग गर्दछ भन्ने कुराको शोध नै यस लेखको लक्ष्य हो। यस शोध लेखमा खाद्य संस्कृतिका माध्यमद्वारा केही नेपाली कवितामा खाद्यका अभिव्यक्तिले निर्माण गरेका रूपकहरू केलाउने प्रयत्न गरिएको छ।