Abhigyan : Shodhmulak Ardhvarshik

Permanent URI for this communityhttps://ir.nbu.ac.in/handle/123456789/4479

‘अभिज्ञान’ विद्वत् समीक्षा आधृत शोध पत्रिका (Peer Reviewed Journal) हो। अर्द्धवार्षिक रूपमा छापिने यस शोध पत्रिकाका प्रकाशक उत्तर बङ्ग विश्वविद्यालयका कुल सचिव हुन्। इ सं २०१२ देखि यसको प्रकाशन उत्तरबङ्ग विश्वविद्यालयको नेपाली विभागबाट विभागीय शोध पत्रिकाका रूपमा निरन्तर भइरहेको छ। यसमा भाषा, साहित्य अनि संस्कृति विषयक नेपाली भाषामा लेखिएका प्राज्ञिक शोध, समीक्षा एवम् चिन्तनमूलक मौलिक लेखहरू प्रकाशित गरिन्छन्। नेपाली भाषी अध्येता तथा शोधकर्ताहरूका लागि सम्बन्धित विषयको पाठ एवम् शोध सामग्री उपलब्ध गराउनु यसको मुख्य लक्ष्य हो भने प्राज्ञिक वा प्राज्ञेतर शोधकर्ताहरूद्वारा सम्पन्न गरिएका शोध कार्यहरूको निष्कर्ष वा प्राप्तिलाई प्रकाशनको मञ्च प्रदान गर्नु यसको अर्को लक्ष्य रहेको छ। यसमा छापिएका शोधपत्रहरूको चयन सम्बन्धित विषयका विशेषज्ञको परामर्श लिएर मात्र गरिन्छ। हालमा यस शोध पत्रिकाका प्रमुख सम्पादक नेपाली विभागका सह प्राध्यापक डा पुष्कर पराजुली छन् भने उप प्राध्यापक श्रीमती कृष्णमाया मगर यसको सह सम्पादक रहेकी छन्। पत्रिकामा शोध पत्र प्रकाशन गर्नाका निम्ति [email protected] अनि [email protected] मा सम्पर्क गर्न सकिन्छ।

Browse

Search Results

Now showing 1 - 1 of 1
  • Thumbnail Image
    ItemOpen Access
    Sanskritik samatullyataka ishtile aaj ramita cha upanyasko angresi anubad सांस्कृतिक समतुल्यताका दृष्टिले ‘आज रमिता छ’ उपन्यासको अङ्ग्रेजी अनुवाद
    (University of North Bengal, 2023) Chettri छेत्री, Birendra वीरेन्द्र
    अनुवादमा समतुल्यता शब्दको प्रयोग उन्नाईसौँ शताब्दीको साठीको दशकदेखि भएको देखिन्छ। जन पल भिनय र जन दार्वलने (इ सं १९५८), रोमन याकोव्सन (इ सं १९५९), जे सी क्याटफर्ड (इ सं १९६५), युजिन नाइडा र चाल्स आर टेबर (इ सं १९६९), वर्नर कोलर (इ सं १९७९), जुलिया हाउस (इ सं १९९७), पिटर न्युमार्क (इ सं १९८१), मोना बेकर (इ सं१९९२), एन्थोनी प्याम् (इ सं२०१०) आदिले समतुल्यताको अवधारणालाई अघि ल्याउन विशेष योगदान दिएका छन्। विभिन्न अध्येताहरूले विभिन्न प्रकारका समतुल्यताको कुरा गरेको पाइए तापनि मूल रूपमा भाषिक, प्रयुक्तिगत र संरचनात्मक समतुल्यता प्रमुख देखिन्छन्। तर उन्नाइसौँ अस्सीको दशकदेखि भने अनुवादमा संस्कृतिको आगमन आएको देखिन्छ जसलाई अध्येताहरूले ‘कल्चरल टर्न’ भनेको पाइन्छ। विशेष गरी सुसान बास्नेट, आन्द्रे लेफेबर, लरेन्स भेनुती, मेरी स्नेल-हर्नबेप्रभृति अध्येताहरूले अनुवादलाई सांस्कृतिक अनुवाद भनी स्रोत र लक्ष्य संस्कृतिको व्यापकतामा अनुवादलाई हेर्ने अन्तर्दृष्टि विकसित गरेको पाइन्छ। ट्रान्सलेसन स्टडिज (इ सं २००२), ट्रान्सलेसन, हिस्ट्री एन्ड कल्चर (इ सं १९९२), कन्स्ट्रक्टिङ कल्चर (इ सं १९९८), पोस्ट कोलोनियल ट्रान्सलेसन : थियरी एन्ड प्राक्टिस (इ सं १९९९) जस्ता अनुवादसम्बन्धी पछिल्ला समयका सैद्धान्तिक पुस्तकहरूमा अनुवादलाई सांस्कृतिक अनुवादका रूपमा उभ्याइएको पाइन्छ। साहित्यिक अनुवादमा अन्तरसांस्कृतिक व्यवधान जहिले पनि रहन्छ। यसको सही व्यवस्थापन र विश्लेषण हुनु आवश्यक देखिन्छ। भाषाको कुरा गर्नु भनेको संस्कृतिको कुरा गर्नु हो। अत: प्रस्तुत कार्यपत्रमा अनुवादमा देखा पर्ने सांस्कृतिक समतुल्यतालाई विषयका रूपमा ग्रहण गरिएको छ। यसका लागि माथि उल्लेखित सैद्धान्तिक कृतिहरूलाई विश्लेषणको मूल आधार बनाइएको छ भने इन्द्रबहादुर राईकृत आज रमिता छ उपन्यासको अङ्ग्रेजी अनुवाद देअर् इज् अ कार्निवल टुडेलाई अनूदित पाठका रूपमा ग्रहण गरिएको छ। संस्कृतिका घटकमध्ये सम्बन्धित भूगोलको अर्थतन्त्र, राजनीति, विचारधारा, विश्वास, रीतिथिति, बोलीचाली, शिल्प आदि सबै पर्दछन्। यस दृष्टिकोणबाट हेर्दा आज रमिता छ उपन्यासले तत्कालीन दार्जिलिङे नेपाली समाजको दह्रो प्रतिनिधित्व गरेको पाइन्छ। आख्यानमा उसै पनि समाज-सांस्कृतिक पक्ष प्रबल रूपमा आएको हुन्छ। मञ्जुश्री थापाले यस उपन्यासलाई अङ्ग्रेजी भाषामा अनुवाद गरेकी छन्। यद्यपि यस अनूदित पाठमा अन्तरसांस्कृतिक व्यवधानलाई कसरी सम्प्रेषणीय बनाइएको छ भन्ने कुरा अध्ययनको विषय हो। यही विषयलाई यहाँ समस्याका रूपमा राखिएको छ भने विश्लेषणका लागि तुलनात्मक पद्धति अवलम्वन गरिएको छ। नेपाली र अङ्ग्रेजी पाठको तुलना गरी संस्कृतिजन्य शब्दावलीहरूको विश्लेषण गरी निष्कर्षमा पुग्ने लक्ष्य यस शोधपत्रमा राखिएको छ।