Abhigyan : Shodhmulak Ardhvarshik

Permanent URI for this communityhttps://ir.nbu.ac.in/handle/123456789/4479

‘अभिज्ञान’ विद्वत् समीक्षा आधृत शोध पत्रिका (Peer Reviewed Journal) हो। अर्द्धवार्षिक रूपमा छापिने यस शोध पत्रिकाका प्रकाशक उत्तर बङ्ग विश्वविद्यालयका कुल सचिव हुन्। इ सं २०१२ देखि यसको प्रकाशन उत्तरबङ्ग विश्वविद्यालयको नेपाली विभागबाट विभागीय शोध पत्रिकाका रूपमा निरन्तर भइरहेको छ। यसमा भाषा, साहित्य अनि संस्कृति विषयक नेपाली भाषामा लेखिएका प्राज्ञिक शोध, समीक्षा एवम् चिन्तनमूलक मौलिक लेखहरू प्रकाशित गरिन्छन्। नेपाली भाषी अध्येता तथा शोधकर्ताहरूका लागि सम्बन्धित विषयको पाठ एवम् शोध सामग्री उपलब्ध गराउनु यसको मुख्य लक्ष्य हो भने प्राज्ञिक वा प्राज्ञेतर शोधकर्ताहरूद्वारा सम्पन्न गरिएका शोध कार्यहरूको निष्कर्ष वा प्राप्तिलाई प्रकाशनको मञ्च प्रदान गर्नु यसको अर्को लक्ष्य रहेको छ। यसमा छापिएका शोधपत्रहरूको चयन सम्बन्धित विषयका विशेषज्ञको परामर्श लिएर मात्र गरिन्छ। हालमा यस शोध पत्रिकाका प्रमुख सम्पादक नेपाली विभागका सह प्राध्यापक डा पुष्कर पराजुली छन् भने उप प्राध्यापक श्रीमती कृष्णमाया मगर यसको सह सम्पादक रहेकी छन्। पत्रिकामा शोध पत्र प्रकाशन गर्नाका निम्ति [email protected] अनि [email protected] मा सम्पर्क गर्न सकिन्छ।

Browse

Search Results

Now showing 1 - 1 of 1
  • Thumbnail Image
    ItemOpen Access
    Pradip Gurungka kathama chitrit dampattya sangkatko bibechna प्रदीप गुरुङका कथामा चित्रित दाम्पत्य सङ्कटको विवेचना
    (University of North Bengal, 2022) Bishwakarma विश्वकर्मा, Rajib राजीव
    प्रदीप गुरुङ सामाजिक यथार्थलाई विषय बनाएर कथा लेख्ने प्रभावशाली कथाकार हुन्। उनका कथामा समाजमा घटित विसङ्गतिहरूको कडी समाउन सक्ने आलोचनात्मक सामाजिक यथार्थवादी प्रवृत्ति पाइन्छ। विविध सामाजिक समस्याजस्तै दाम्पत्य सङ्कटको चित्रण गरिएका उनका धेरै कथाहरू पाइन्छन्। यस कारण यस शोध पत्रमा ती कथामा चित्रित दाम्पत्य सङ्कटका विविध रूपको विवेचना गर्ने लक्ष्य राखिएको छ। दाम्पत्य सङ्कटका कारणहरू स्पष्ट पार्न सामाजिक, आर्थिक, नैतिक तथा मनोवैज्ञानिक समस्याका रूपमा सम्बन्धित विषयको अध्ययन गरिएको छ। ‘घरपैँचो’, ‘यथास्थिति’, ‘बदलिँदो रङ् मनको’, ‘विङ्सगति : एउटा क्रमको’, ‘अनास्थाका पलहरू’, ‘बिरिमफूल’, ‘नि नि, लै लै निरमाया’, ‘भ्रमित’, ‘मिल्ने मन’, ‘लाशजस्तो इच्छा’, ‘गुम्फन’, ‘लावारिश उपहार’ जस्ता कथामा पारिवारिक जीवन र नाता सम्बन्धहरूमध्ये दाम्पत्य सङ्कटको चित्रणले के कस्तो दशा र दिशा निर्देश गरेको छ भन्ने कुरो स्पष्ट पार्न यससम्बन्धी विविध पक्षहरूको विश्‍लेषणात्मक अध्ययन गरिएको छ।