Browsing by Subject "नेपाली Nepali"
Now showing 1 - 7 of 7
- Results Per Page
- Sort Options
Item Open Access Darjeelingka Nepali kathaharuko prabrittigata bishleshan ra mulyankan(1938-1960) दार्जीलिंगका नेपाली कथाहरुको प्रवृत्तिगत विश्लेषण र मुल्यांकन (सन् १९३८-१९६० )(University of North Bengal, 2003) Chettri, Indra Bahadur; Upadhyay, BhimkantaItem Open Access नेपाली कोटिकर Nepali kotikar(University of North Bengal, 2018) मणर Manar, कृष्णमाया Krishnamayaनेपाली भाषामा पाइने कोटिकारहरूको वर्णन तथा विश्लेषण यस अध्ययनपत्रको उद्देश्य रहेको छ। निर्जीवता, मानवीयता, आकार, विन्यास, खँदिलोपन, पदार्थ, आयाम, माप आदि अर्थतत्त्वका आधारमा नामलाई कोटीकृत गर्ने लगभग दुइ सयवटा सङ्ख्यावाची कोटिकारहरू नेपालीमा पाइन्छन्। यस पत्रमा ती कोटिकारहरूको वर्गीकरणसँगै रूपतात्विक अनि वाक्यतात्चिक वर्णन गरिएको छ।Item Open Access नेपाली भाषामा संयोजन प्रक्रिया Nepali vashama sanyojan prakriya(University of North Bengal, 2019) शर्मा Sharma, नारायण Narayanनेपाली भाषामा पाइने संयोजन प्रक्रियाको वर्णनात्मक विश्लेषण गर्नु यस शोधपत्रको उद्देश्य रहेको छ। नेपाली सयोजक शब्दहरूलाई शब्द सरचना, अर्थ, शब्द स्रोत अनि आश्रयका आधारमा वर्गीकरण गरी पद, पदबन्ध, उपवाक्य तथा वाक्यात्मक स्तरमा सम्पन्न हुने संयोजन प्रक्रियाको विश्लेषण यसमा गरिएको छ।Item Open Access नेपाली र सादरी भाषामा आदरार्थी प्रयोग : तुलनात्मक अध्ययन Nepali r saadri bhashama adrarthi prayog : tulnatmak adhyayan(University of North Bengal, 2018) सुन्दास Sundas, आदर्श Adarshयस लेखमा नेपाली र सादरी भाषामा पाइने आदरार्थी प्रयोगहरूको तुलनात्मक अध्ययन गरिएको छ। दुवै भाषाका आदरार्थी प्रयोगहरूका दृष्टान्तलाई ध्यानमा राखेर तुलनात्मक अध्ययन गरिएको छ। मौलिकता र व्याकरण व्यवस्थाका कारण प्रत्येक भाषामा आ-आफ्नै प्रकारका विशेषता हुन्छन्। यहाँ नेपाली र सादरी भाषाका मानक व्याकरण व्यवस्थालाई आधार बनाई यी भाषाका आदरार्थी प्रयोगहरूको तुलनात्मक अध्ययन गरिएको छ। दुवै भाषाका आदरार्थी प्रयोगहरूमा के कस्ता साम्य र वैषम्य छन् ती देखाइएका छन्।Item Open Access भारतका समकालीन नेपाली कविता र गीतमा लोकसंस्कृति एवम् इतिहास चेतना Bharatma samkalin nepali kabita r gitma loksanskriti abam itihas chetna(University of North Bengal, 2019) प्रधान Pradhan, दिल कुमार Dil Kumarयस लेखमा भारतका समकालीन नेपाली कविता र गीतहरूमा रहेका लोकसंस्कृति र इतिहासको चेतना केलाउन अघि 'समकालीन' शब्दको अर्थ, सन्दर्भ, समकालीन धाराको उत्थान, संक्षिप्त प्रवृत्ति केलाउने प्रयास गरिएको छ। भारतका आधुनिक नेपाली कविताहरूमा रहेका लोकसंस्कृति र इतिहास चेतना वा स्वरहरूको चर्चा गर्ने क्रममा जातीय चेतना र परिचय सङ्कट विषयक कतिपय कवितांश पनि उद्धत गरिएको छ। ती कविताहरूमा रहेका सास्कृतिक र इतिहास चेतनाको उद्बोधन परिचय सङ्कट वा जातीय आस्तित्विक चेतनाबाटै सिञ्चित भएको बुझिएकाले उपनिवेशकालीन कविहरू डाकमान राई, दिलुसिंह राई, हाजिरमान राइ, धनवीर भण्डारी आदिका कविताहरू पनि चर्चामा ल्याइएको छ। यसैले प्रस्तुत लेखमा समकालीन, लोकसंस्कृति र इतिहास चेतना बीज शब्दका रूपमा रहेका छन्।Item Open Access "विपना कतिपय" का कथाहरूमा पाइने लोकतत्त्व "Bipna katipay" ka kathaharuma paine loktatwa(University of North Bengal, 2019) सापकोटा Sapkota, कृष्णकुमार Krishnakumarप्रस्तुत लेखमा इन्द्रबहादुर राईको पहिलो कथासङ्ग्रह विपना कतिपयका केही कथाहरूमा पाइने लोकतात्विक सन्दर्भहरूको अध्ययन गरिएको छ। लोककवार्ताले मानिसको सम्पूर्ण ज्ञानलाई समेटेको पाइन्छ। लोकवार्ता एउटा व्यापक क्षेत्र भएकाले यसका विभिन्न सङ्घटक तत्त्वहरू हुन्छन् जसलाई निश्चित सङ्ख्यामा विभाजन गर्न सकिँदैन। तसर्थ यहाँ लोकविश्वास, लोककौशल, लोक प्रचलन र न्याय प्रणाली, उखान अनि वाग्धारा तथा लोकबोलीजस्ता लोकतत्त्वहरूको मात्र अध्ययन विश्लेषण गरिएको छ। यसका साथै इन्द्रबहादुर राईको विपना कतिपय कथासङ्ग्रहका कथाहरू लोकतत्त्व प्रयोगका दृष्टिले कति सफल छन् भन्ने अध्ययन गर्दै राइलाई लोकताच्विक सन्दर्भहरू प्रयोग गरी कथा लेख्ने सशक्त कथाकारका रूपमा चिनाउने प्रयास गरिएको छ।Item Open Access शैलीय उपकरणका रूपमा उत्तरगर्भ प्रश्न : सन्दर्भमा परालको आगो कथा Shoiliyo upkaranka rupma uttarmarg prashna: sandarvma paralako agou(University of North Bengal, 2019) शर्मा Sharma, सिबेन Shibenप्रस्तुत लेखमा उत्तरगर्भ प्रश्नलाई एउटा शैलीय उपकरणका रूपमा चिनाउँदै कथाकार गुरुप्रसाद मैनालीकृत परालको आगो' कथामा प्रयुक्त उत्तरगर्भ प्रश्नका सूचीसहित तिनको विश्लेषण गरिएको छ। कथाका अर्थमा गम्भीरता ल्याउन र कलात्मक उत्कर्ष दिन तिनले कसरी सहयोग पुच्याएका छन् भन्ने कुरामाथि प्रकाश पारिएको छ। अध्ययनका निम्ति घनश्याम नेपालको शैलीविज्ञान तथा भोलानाथ तिवारीको व्यावहारिक शैलीविज्ञानमा प्रतिपादित विवेचनालाई सैद्धान्तिक आधारका रूपमा ग्रहण गरिएको छ।