खाद्य संस्कृतिका सन्दर्भमा ‘जुनेली रेखा’ उपन्यासको अध्ययन Khadya sanskritika sandarbhma Juneli Rekha upanyasko adhyay

dc.contributor.authorराई Rai, जयप्रसाद Jayprasad
dc.date.accessioned2026-03-05T08:54:12Z
dc.date.issued2024
dc.description.abstractखाद्य मानव जीवनका लागि चाहिने आधारभूत वस्तु हो जसका अभावमा मानव जीवन कल्पना गर्न सकिँदैन। पृथ्वीमा भएका सबै जीवित प्राणीहरूलाई बाँच्नाका निम्ति खाद्यको आवश्‍यकता पर्दछ। त्यसैले खाद्यलाई अत्यावश्‍यक र आधारभूत वस्तु मानिन्छ। मानव सभ्यताको थालनीदेखि नै खाद्यले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको देखिन्छ। प्राचीन कालदेखि नै खाद्यले कुनै विशेष जाति वा समुदायका धर्म, संस्कृतिसँगसँगै राष्ट्रलाई पनि प्रभावित पार्दै आएको देखिन्छ। खाद्य मानव जीवनका लागि चाहिने अपरिहार्य वस्तु मात्र नभएर जीवन बाँच्ने शैली पनि हो। जीवन बाँच्ने शैलीभित्र मानव जातिका सभ्यता, पहिचान, जातीयता, राष्ट्रियता, धर्म, संस्कार-संस्कृति, रीतिरिवाज, आचार व्यवहार, परम्परा, मूल्य मान्यता आदि विषयहरू पर्दछन्। प्रस्तुत लेखमा इन्द्र सुन्दासको जुनेली रेखा उपन्यासलाई खाद्य संस्कृतिका सन्दर्भमा विश्‍लेषण गरिने प्रयास गरिएको छ। भारत स्वतन्त्र हुनु भन्दा अघि दार्जिलिङ अङ्ग्रेजहरूको उपनिवेश रहेको थियो। दार्जिलिङमा चियाकमानको थालनी लगभग १८५०-का दशकदेखि सुरु भएको मानिन्छ। दार्जिलिङमा चियाकमानको थालनीसँगै चियाकमानका श्रमिकहरूमाथि अङ्ग्रेजहरूको शोषण र हैकमसँगै श्रमिकहरूमाथि उनीहरूका खानपिन, आचार व्यवहार आदिको प्रभाव पनि पर्‍यो। यस लेखमा तत्कालीन ब्रिटिसकालीन दार्जिलिङका चिया श्रमजीवीहरूमाथि अङ्ग्रेजहरूको औपनिवेशिक खाद्य संस्कृतिको प्रभुत्व साथै लामो समयसम्म उपनिवेश रहेका दार्जिलिङ क्षेत्रमा बसोबास गर्ने नेपाली जनसमुदायका खाद्य व्यवहारको प्रभाव अङ्ग्रेजहरूमाथि परेको कुराको चित्रण गरिएको छ। उपन्यासमा विशेष गरी चियाबारीका श्रमजीवी अनि तत्कालीन ब्रिटिस उपनिवेशक एवम् मालिकले खाने खाद्यबाट कसरी समाज, संस्कृति, आचार व्यवहार, वर्ग, पेसा, पदको संरचना भएको छ भन्ने कुराको अध्ययन र विश्‍लेषण यस लेखमा गरिएको छ।
dc.identifier.issn0976-1640
dc.identifier.urihttps://ir.nbu.ac.in/handle/123456789/5740
dc.language.isone
dc.publisherUniversity of North Bengal
dc.subjectखाद्य Khadya
dc.subjectखाद्य संस्कृति Khadya sanskriti
dc.subjectश्रमजीवी Shramjibi
dc.subjectउपनिवेश upnibesh
dc.subjectपद र पेसा Pad ra pesa
dc.subjectवर्ग Warg
dc.titleखाद्य संस्कृतिका सन्दर्भमा ‘जुनेली रेखा’ उपन्यासको अध्ययन Khadya sanskritika sandarbhma Juneli Rekha upanyasko adhyay
dc.title.alternativeAbhigyan : Shodhmulak Ardhvarshik, Vol. 11, No. 17-18, January-December 2024, pp. 79-94
dc.typeArticle
periodical.editorParajuli, Pushkar
periodical.editorMagar, Krishnamaya
periodical.issueNumber17-18
periodical.nameAbhigyan : Shodhmulak Ardhvarshik
periodical.pageEnd94
periodical.pageStart79
periodical.volumeNumber11

Files

Original bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
Khadya sanskritika sandarbhma Juneli Rekha upanyasko adhyay.pdf
Size:
89.36 KB
Format:
Adobe Portable Document Format
Description:
Khadya sanskritika sandarbhma Juneli Rekha upanyasko adhyay

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.47 KB
Format:
Item-specific license agreed upon to submission
Description: