भारतमा नेपाली भाषा, शिक्षा अनि साहित्यको विकासमा मिसनरिजहरूको अवदान Bharatma Nepali Bhasha, Shiksha ani Sahityako Bikasma Missionariharko Avadan

dc.contributor.authorखाती Khati, योगेश Yogesh
dc.date.accessioned2026-07-24T05:39:02Z
dc.date.issued2025
dc.description.abstractभारतीय नेपाली भाषी समुदायका सबैभन्दा सबल अभिव्यक्ति नै यहाँबाट आउने गरेका भाषिक अभिव्यक्ति हुन्। ती अभिव्यक्तिलाई नेपाली भाषाले एउटा दह्रिलो टेवा प्रदान गरेर सर्वभारतीय स्तरमा नै एकताका सुत्रमा बाँध्न सफल बनेको छ। कुनै पनि भाषाका निम्ति महत्त्वपूर्ण भाषिक अभिव्यक्ति भनेकै त्यस भाषामा लेखिने साहित्य हो। भारतीय नेपाली भाषाको विकासमा एउटा दह्रिलो स्वर भएर नेपाली साहित्य प्रतिष्ठित रहेको सत्य हामी सामु छ। आजको विश्व मानचित्रमा भारतको स्वरूप बनिन अघिदेखि नै नेपाली भाषाले आफ्नो बीज यहाँ रोप्न सफल बनेको कुरा पनि एउटा इतिहास हो। त्यस इतिहासलाई आजका दिनसम्म एउटा गौरवशाली अध्ययन अनि विमर्श बनाएर ल्याउनेहरूमध्ये भारतमा आएका केही मिसनरिजहरू पनि मुख्य हुन्। भारतमा नेपाली भाषाको विकास, प्रचार प्रसार अनि सिर्जनात्मकतामा उनीहरूका सक्रियताका साँचो लाभार्थी भारतीय नेपाली भाषी समुदाय नै बनेका छन्। भारतीय राजनैतिक मूल धाराको प्रवाह अनि सरोकार अघि मिसनरिजहरूले दिएको यिनै योगदानका कारण भारतीय नेपाली भाषी समुदायले आफ्नो भाषा, साहित्य अनि वास्तविक उपस्थिति बुझ्न सकेका हुन्। यस अध्ययनले स्वतन्त्रतापूर्व एवम् स्वातन्त्र्योत्तर कालमा नेपाली भाषिक समुदायले मिसनरिजहरूबाट धार्मिकभन्दा पनि धेरै भाषिक, साहित्यिक अनि सामाजिक उन्नति ग्रहण गरेको वास्तविकतालाई यहाँ चर्चा गर्न खोजिएको छ। मिसनरिजहरूको योगदान नेपाली भाषा अनि शिक्षामा हुँदा हुँदै पनि नेपाली साहित्यमा रहेको योगदानलाई सूक्ष्म देखिने दृष्टिकोणलाई फराकिलो ढङ्गमा बुझ्न सके समग्रमा नेपाली भाषाको उन्नति अनि विकासकै चर्चा पाउन सकिन्छ। अत: यस लेखको अभिप्राय मिसनरिजहरू नभएको भए दार्जिलिङमा केही पनि हुन सक्तैन थियो भन्ने चाहिँ होइन। भारतमा नेपाली भाषाको विकासमा मिसनरिजहरूको अवदानलाई विभिन्न पुस्तक एवम् शोधमा राखिएका कुराहरूलाई तथ्यगत रूपमा राख्दै एउटा अध्ययन प्रस्तुत गरिनु नै यस शोध पत्रको उद्देश्य रहेको छ।
dc.identifier.issn0976-1640
dc.identifier.urihttps://ir.nbu.ac.in/handle/123456789/5835
dc.language.isone
dc.publisherUniversity of North Bengal
dc.subjectNepali Bhasha
dc.subjectMissionary
dc.subjectShiksha
dc.subjectSahitya
dc.subjectBhasha Bikas
dc.subjectBharat
dc.titleभारतमा नेपाली भाषा, शिक्षा अनि साहित्यको विकासमा मिसनरिजहरूको अवदान Bharatma Nepali Bhasha, Shiksha ani Sahityako Bikasma Missionariharko Avadan
dc.title.alternativeAbhigyan : Shodhmulak Ardhvarshik, Vol. 12, No. 19-20, January-December-2025, pp 29-37
dc.typeArticle
periodical.editorपराजुली Parajuli, पुष्कर Pushkar
periodical.issueNumber19-20
periodical.nameAbhigyan
periodical.pageEnd37
periodical.pageStart29
periodical.volumeNumber12

Files

Original bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
Bharatma Nepali Bhasha, Shiksha ani Sahityako Bikasma Missionariharko Avadan.pdf
Size:
226.87 KB
Format:
Adobe Portable Document Format

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.66 KB
Format:
Item-specific license agreed upon to submission
Description: