भूमण्डलीकरणका सन्दर्भमा राजेन्द्र भण्डारीको 'ईस् पढ्छु तेरो कविता' Bhumandalikaranka sandarbhma Rajendra Bhandariko "iss padchhu' tero kabita
DOI
Access Status
This content is available Open Access.
To download content simply use the links provided under the Files section.
More information about licence and terms of use for this content is available in the Rights section.
Loading...
Type
Article
Date
Journal Title
Abhigyan : Shodhmulak Ardhvarshik
Journal Editor
Parajuli, Pushkar
Magar, Krishnamaya
Journal ISSN
Volume Title
Publisher
University of North Bengal
Statistics
Total views and downloads
Views
6Downloads
1Impact & Metrics
Authors
Advisor
Editor
Abstract
राजेन्द्र भण्डारी समकालीन भारतीय नेपाली कवि हुन्। यस लेखमा राजेन्द्र भण्डारीको क्षर/अक्षर (इ सं १९९८) कविता सङ्ग्रहमा सङ्कलित 'ईस् पढ्छु तेरो कविता'-को अध्ययन भूमण्डलीकरणका सन्दर्भमा गरिएको छ। भूमण्डलीकरण बहुआयामिक शब्दावली हो। यसको क्षेत्र पनि बहुआयामिक रहेको हुन्छ। यसको प्रभाव विश्वका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवै क्षेत्रमा हुँदै आएको देखिन्छ। राजनीतिक तहसँग सामाजिक, सांस्कृतिक र आर्थिक संरचना तथा वातावरणीय क्षेत्र पनि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा जोडिएर आएको हुन्छ। साहित्य पनि यिनै संरचनाको वस्तुगत परिप्रेक्ष्यसित सम्बद्ध कलात्मक उपज हो। भूमण्डलीकरणका विशेषता, उद्देश्य र प्रक्रियाहरूको अध्ययन गर्दा यसलाई नवमार्क्सवादी फ्रेडरिक जेमेसनले पुँजीवादको पहिलो चरण हो भनेर तर्क राखेका छन्। यसलाई घनश्याम नेपाल (इ सं २०१४, पृ-१८)-ले ‘प्रौढ पुँजीवादको प्रधान सांस्कृतिक तर्क’– का रूपमा अर्थ्याएका छन्। यस लेखमा प्रस्तुत कवितामा चित्रित नागर क्षेत्र र त्यहाँ बाँच्ने आत्मकेन्द्रित व्यक्तिको दिनचर्यामा भूमण्डलीकरणका अभिलक्षणहरू के कसरी प्रकट भएका छन् भन्ने कुरा केलाउने प्रयास भएको छ। पुँजी सञ्चयन गर्ने व्यवस्थाका निम्ति पुँजीवादीहरूले निर्माण गरेका अदृश्य कारागृहहरू ग्रामीण क्षेत्रमा भन्दा नागर क्षेत्रमा अधिक रहेका देखिन्छन्। नागर क्षेत्रका व्यक्तिहरू कसरी नेपथ्यको कारागृहमा दैनन्दिन अभ्यस्त हुँदै गइरहेका हुन्छन्, त्यसको वास्तविकता यस कविताले दर्साएको छ। मुख्यतः भूमण्डलीकरणको सांस्कृतिक अभिलक्षणलाई यस लेखमा स्थान दिइएको छ। यसैले यस कवितामा पनि भूमण्डलीकरणका सांस्कृतिक अभिलक्षणहरूसँगै कवितामा चित्रित नागर समाजको मूल्याङ्कन गरिएको छ।
Description
Citation
Accession No
Call No
Book Title
Edition
Volume
ISBN No
Volume Number
11
Issue Number
17-18
ISSN No
0976-1640
eISSN No
Pages
Pages
49 - 63