Abhigyan : Shodhmulak Ardhvarshik, Vol. 10, No. 15-16
Permanent URI for this collectionhttps://ir.nbu.ac.in/handle/123456789/5371
Browse
Item Open Access Parichay rajniiti ra pratinidhitwa sandarbhama birendraka kehi kavita परिचय राजनीति र प्रतिनिधित्वः सन्दर्भमा वीरेन्द्रका केही कविता(University of North Bengal, 2023) Gurung गुरुङ, Suraj सुरजप्रस्तुत लेखमा परिचय राजनीति र प्रतिनिधित्वका दृष्टिले वीरेन्द्रका केही कविताहरूको अध्ययन गरिएको छ। वीरेन्द्रका कवितामा पाइने विविध पक्षहरूमध्ये परिचय राजनीति एउटा सबल पक्ष हो। यसैका माध्यमद्वारा उनले आफ्ना वैयक्तिक अनुभव र सामूहिक चेतनाका स्वरहरूलाई मूर्त रूप दिएका छन्। उनका कवितामा सीमान्तकृत समूहको आर्तनाद पाइन्छ र त्यही आर्तनाद नै जातीय परिचयलाई प्रतिनिधित्व गर्ने विशेष युक्तिका रूपमा प्रयोग भएको देखिन्छ। उनले राजनीति र संस्कृतिबिचको अवकासबाट जातिले लामो समयदेखि भोग्दै आएका समस्याहरूलाई औँल्याएका छन् तर त्यो औँल्याइ दोषारोपणको राजनीतिदेखि पर सांस्कृतिक अन्तर्ज्ञानमा आधारित छ। अतः प्रस्तुत लेख उनका कवितामा निहित राजनैतिक एवम् सांस्कृतिक परिप्रेक्ष्यहरू केलाउँदै तिनमा परिचयलाई कसरी प्रस्तुत गरिएको छ र तिनको राजनैतिक एवम् सांस्कृतिक प्रतिनिधित्व कसरी भएको छ भन्ने कुराको अध्ययन गर्ने दिशामा उन्मुख रहेको छ।