Abhigyan : Shodhmulak Ardhvarshik, Vol. 06, No. 07

Permanent URI for this collectionhttps://ir.nbu.ac.in/handle/123456789/4480

Browse

Search Results

Now showing 1 - 7 of 7
  • Thumbnail Image
    ItemOpen Access
    कालचिनी क्षेत्रका आदिवासी जनजाति (सादरी भाषी) र तिनका संस्कार एवम्‌ संस्कृति Kalchini khetraka adivasi janjati (sadri bhasi) ra tinka sanskar ebam sanskriti
    (University of North Bengal, 2017) थापा Thapa, नविना Nabina
    आदिवासी जाति कालचिनी क्षेत्रमा बसोबास गर्ने जनजाति मध्ये एउटा जाति हो। आदिवासी जातिलाई आदिम जाति मात्र नभएर सादरी भाषी, नागपुरी, सदानी भनेर पनि चिनिन्छ। यस क्षेत्रका आदिवासी जातिहरूमा देवी-देवता मान्ने प्रथा, धामी परम्परा, धार्मिक उत्सव र सामाजिक संस्कार जस्ता लोकविश्वासगत कुरा देख्न पाइन्छ। प्रस्तुत पत्रले सोही कुरा लिएर आदिवासी जनजाति र तिनका संस्कार एवम्‌ संस्कृतिका केही पक्ष हेर्ने प्रयास गरेको छ।
  • Thumbnail Image
    ItemOpen Access
    देवकोटाका निबन्धमा ह्वास्यरस Debkotaka nibandhma hassyaras
    (University of North Bengal, 2017) नेपाल Nepal, हेमन्तकमार Hemantkumar
    हास स्थायीभावबाट अभिव्यङ्ग्य हुने रसलाई हास्य रस भनिन्छ। भरतको नाट्यशास्रमा यसलाई गौण रस मानिएको छ र यसको उत्पत्ति सम्भोग शृङ्गार रसबाट भएको तर्क प्रस्तुत गरिएको छ। असामान्य, विकृत वा हाँसउठ्दो हाव-भाव, चेष्टा, क्रियाकलाप आदि भएको वस्तु, व्यक्ति र स्थिति हास्य अभिव्यक्तिका कारण हुन्‌। लक्ष्मीप्रसाद देवकोटाका निबन्धमा विद्यमान हास्य हेतुले कतै प्रसङ्गलाई रोचक बनाएका छन्‌, कतै व्यङ्ग्य प्रहार गरेका छन्‌ र कतै अनुकूल एवं प्रतिकूल स्थितिको चित्रण गरेका छन्‌। यस लेखमा देवकोटाका निबन्धमा पाइने यिनै हास्यका आधारभूत कारण, कार्य र सहकारिभावको अध्ययन गरिएको छ।
  • Thumbnail Image
    ItemOpen Access
    पूर्ण राईका कथामा कोडमिश्रण Purna Raika kathama codemishran
    (University of North Bengal, 2017) प्रधान Pradhan, नीता Neeta
    यस लेखमा पूर्ण राईको छोटो परिचय दिदैँ प्रायोगिक भाषाविज्ञानको एउटा शाखाका रूपमा रहेको समाजभाषा विज्ञानअन्तर्गत पर्ने भाषिक एकाइ कोड मिश्रणको अध्ययन गरिएको छ। कोड मिश्रण र कोड परिवर्तनका अवधारणाबारे रहेको विवादमाथि आङ्गिक दृष्टि राख्दै पूर्ण राईका कथामा के-कस्ता कोड प्रयोग भएका छन्‌ र ती कोडले भाषा र सामाजिकमा कस्ता प्रभाव पारेका छन्‌ भन्ने कुरामाथि प्रकाश पारिएको छ। कोड मिश्रणबारे अध्ययनका निम्ति पिटर ट्रडजिल (२000), मिरि मेयरहफ (२०0६) र जीवेन्द्रदेव गिरी (वि स २0६३) का विवेचनालाई सैद्धान्तिक आधारका रूपमा 'लिइएको छ।
  • Thumbnail Image
    ItemOpen Access
    तुलसी र भानुका कृतिमा नारीपात्र Tulsi ra vanuka kritima nareepatra
    (University of North Bengal, 2017) पुलामी Pulami, वासुदेव Basudeo
    वासुदेव पुलामी उप-प्राध्यापक, नेपाली विभाग, कालीपद घोष तराई महाविद्यालय, बागडोगरा । तुलसी र भानुका कृतिमा नारीपात्र सार यस अध्ययन–पत्रमा गोस्वामी तुलसी दास र कवि भानुभक्त आचार्यका कृतिहरूमा पाइने नारीपात्रबारे तुलनामूलक अध्ययन गरिएको छ । तुलसीकृत; श्रीरामचरितमानस; र भानुभक्तीय ‘रामायण’लाई मूल आधार मानेर गरिएको यस अध्ययन-पत्रमा नारीका विभिन्न रूपको तुलना गरिएको छ। यस क्रममा दुई कविहरूका फुटकर रचनाहरूमा पाइने नारीपात्रलाई पनि दृष्टान्तका रूपमा राखिएको छ। दुवै कविका प्रत्येक काव्यकृतिहरूका पङ्क्ति - पङ्क्ति तुलना गर्नु यस अध्ययन-पत्रको अभीष्ट भने होइन। बीज `शब्द : नारीपात्र, मातृसत्ता, नारीरूप, भक्तिकाव्य, तुलना, नेपाली भाषा, हिन्दी साहित्य। वासुदेव पुलामी उप - प्राध्यापक , नेपाली विभाग , कालीपद घोष तराई महाविद्यालय , बागडोगरा । तुलसी र भानुका कृतिमा नारीपात्र सार यस अध्ययन – पत्रमा गोस्वामी तुलसी दास र कवि भानुभक्त आचार्यका कृतिहरूमा पाइने नारीपात्रबारे तुलनामूलक अध्ययन गरिएको छ । तुलसीकृत; श्रीरामचरितमानस; र भानुभक्तीय ‘ रामायण’लाई मूल आधार मानेर गरिएको यस अध्ययन - पत्रमा नारीका विभिन्न रूपको तुलना गरिएको छ । यस क्रममा दुई कविहरूका फुटकर रचनाहरूमा पाइने नारीपात्रलाई पनि दृष्टान्तका रूपमा राखिएको छ । दुवै कविका प्रत्येक काव्यकृतिहरूका पङ्क्ति - पङ्क्ति तुलना गर्नु यस अध्ययन - पत्रको अभीष्ट भने होइन ।
  • Thumbnail Image
    ItemOpen Access
    केही नेपाली कवितामा लेप्चा मिथकको प्रयोग Koi nepali kabitama lepcha mithakko prayog
    (University of North Bengal, 2017) बान्तवा Bantawa, सुमन Suman
    सार नेपाली कवितामा मिथकको प्रयोग नितान्त नौलो विषय होइन । साहित्यका अन्य विधामा हेरी कविताका क्षेत्रमा यसको प्रयोग प्रारम्भिक कालदेखि अद्यावधि पनि हुँदै आइरहेको छ। तर प्रयोगवादी लेखन सँगसँगै सुरु भएको इतर नेपाली मिथकहरूको प्रयोगको आधिक्यले गर्दा एकातिर कविता दुर्बोध्य बन्दै गइरहेको छ भने अर्कातिर स्थानीय क्षेत्रमा भएका कतिपय मिथकहरू सङ्कटापन्न बन्दै जान लागिरहेको छ। यसो हुँदा विगत केही समयदेखि नेपाली कविता साथै साहित्यका अन्यान्य विधाहरूमा पनि स्थानीय मिथकको प्रयोगतर्फ सचेतता बढ्दै गएको देखिन्छ । यसको एउटा दृष्टान्त हो नेपाली कवितामा देखिएको लेप्चा मिथकको प्रयोग । तथापि यस प्रकारको मिथक प्रयोग गर्ने दिसामा भने सबै कविहरू सक्रिय देखिँदैनन् । तर हालसम्म जे-जति कविहरूले यसतर्फ आफ्नो योगदान दिँदै आइरहेका छन् त्यसैको अध्ययन प्रस्तुत शोध रचनाको मुख्य विषय रहेको छ। बीज शब्द : मिथक, पुराकथा, पुराख्यान, आद्यस्वरूप, कविता, लेप्चा, चेक्ता, मायलल्याङ्। सार नेपाली कवितामा मिथकको प्रयोग नितान्त नौलो विषय होइन । साहित्यका अन्य विधामा हेरी कविताका क्षेत्रमा यसको प्रयोग प्रारम्भिक कालदेखि अद्यावधि पनि हुँदै आइरहेको छ । तर प्रयोगवादी लेखन सँगसँगै सुरु भएको इतर नेपाली मिथकहरूको प्रयोगको आधिक्यले गर्दा एकातिर कविता दुर्बोध्य बन्दै गइरहेको छ भने अर्कातिर स्थानीय क्षेत्रमा भएका कतिपय मिथकहरू सङ्कटापन्न बन्दै जान लागिरहेको छ । यसो हुँदा विगत केही समयदेखि नेपाली कविता साथै साहित्यका अन्यान्य विधाहरूमा पनि स्थानीय मिथकको प्रयोगतर्फ सचेतता बढ्दै गएको देखिन्छ । यसको एउटा दृष्टान्त हो नेपाली कवितामा देखिएको लेप्चा मिथकको प्रयोग । तथापि यस प्रकारको मिथक प्रयोग गर्ने दिसामा भने सबै कविहरू सक्रिय देखिँदैनन् । तर हालसम्म जे - जति कविहरूले यसतर्फ आफ्नो योगदान दिँदै आइरहेका छन् त्यसैको अध्ययन प्रस्तुत शोध रचनाको मुख्य विषय रहेको छ ।
  • Thumbnail Image
    ItemOpen Access
    ऋतु-निमन्त्रण र पारिस्थितिकी Writu-nimantran ra paristhitiko
    (University of North Bengal, 2017) सुब्बा Subba, देवचन्द्र Debchandra
    प्रकृति र साहित्यबिचको अध्ययन गर्ने विद्यानुशासनलाई परिवेश विमर्श भनिन्छ। परिवेश विमर्शले प्रकृतिमा भइरहेको प्रदूषण र पारिस्थितकीमा असन्तुलनका विषय वा समस्याहरूबारे साहित्यको भूमि विमर्श गर्दछ। परिवेश विमर्श अन्तरज्ञानानुशासनको विषय हो । यसअन्तर्गत दर्शन, विज्ञान, अध्यात्म, मनोविज्ञान, राजनीति, अर्थशास्त्र र भाषाविज्ञानजस्ता विषयका कुराहरू पर्छन् । यी सबै विषयहरूबाट तथ्य लिएर साहित्यको माध्यमले अध्ययन गरिन्छ । त्यसैले परिवेश विमर्शमा प्रकृति लेखन, गहन पारिस्थितिकी, गाया अनुकल्पना, हरित आध्यात्मिकता, परिवेश धर्मविज्ञान आदि विषयहरू पर्छन्। यस लेखमा कवि मोहन कोइरालाको; ऋतुनिमन्त्रण; - काव्यको पारिस्थितिकीय (इकोलजिकल) अध्ययन गरिने प्रयास गरिएको छ । बीजशब्द – पारिस्थितिकी, गहन पारिस्थितिकी, नृकेन्द्री विचार, परिवेश काव्य - प्रकृति र साहित्यबिचको अध्ययन गर्ने विद्यानुशासनलाई परिवेश विमर्श भनिन्छ । परिवेश विमर्शले प्रकृतिमा भइरहेको प्रदूषण र पारिस्थितकीमा असन्तुलनका विषय वा समस्याहरूबारे साहित्यको भूमि विमर्श गर्दछ । परिवेश विमर्श अन्तरज्ञानानुशासनको विषय हो । यसअन्तर्गत दर्शन , विज्ञान , अध्यात्म , मनोविज्ञान , राजनीति , अर्थशास्त्र र भाषाविज्ञानजस्ता विषयका कुराहरू पर्छन् । यी सबै विषयहरूबाट तथ्य लिएर साहित्यको माध्यमले अध्ययन गरिन्छ । त्यसैले परिवेश विमर्शमा प्रकृति लेखन , गहन पारिस्थितिकी , गाया अनुकल्पना , हरित आध्यात्मिकता , परिवेश धर्मविज्ञान आदि विषयहरू पर्छन् । यस लेखमा कवि मोहन कोइरालाको; ऋतुनिमन्त्रण काव्यको पारिस्थितिकीय ( इकोलजिकल ) अध्ययन गरिने प्रयास गरिएको छ ।
  • Thumbnail Image
    ItemOpen Access
    ऋक् प्रातिशाख्यको वर्ण सामम्नाय Wrik Pratishakhyako barn sammnay
    (University of North Bengal, 2017) बिष्ट Bisht, सन्जय Sanjay
    यस लेखमा नेपाली भाषाको मानक रूप र त्यसको प्रयोगलाई केन्द्र गरी यसको वर्ण सामम्नायका सन्दर्भमा विगत केही समयदेखि चलिरहेको विवादलाई दृष्टि केन्द्रमा राख्तै प्राचीन संस्कृत शिक्षाशास्त्रदेखि आधुनिक नेपाली व्याकरण लेखनसम्मका उपयुक्त तथ्य र सन्दर्भहरू ग्रहण गरी प्रत्येक भाषाको आफ्नो मौलिक वर्ण व्यवस्था हुन्छ र एउटा आधुनिक भारतीय भाषाका रूपमा नेपालीको पनि आफ्नो विशिष्ट वर्ण व्यवस्था छ जुन संस्कृतलगायत अरू विभिन्न भारतीय भाषाहरूसित केही मात्रामा समान देखिने भए तापनि पूर्ण रूपले एकै र उही चाहिँ हुँदैन भन्ने वैज्ञानिक तथ्य प्रस्ट पारेर नेपाली वर्णमाला निर्णय परम्परामा रहेका असङ्गतिहरू सदृष्टान्त औँल्याउने प्रयास भएको छ । ] [ सार : यस लेखमा नेपाली भाषाको मानक रूप र त्यसको प्रयोगलाई केन्द्र गरी यसको वर्ण सामम्नायका सन्दर्भमा विगत केही समयदेखि चलिरहेको विवादलाई दृष्टि केन्द्रमा राख्तै प्राचीन संस्कृत शिक्षाशास्त्रदेखि आधुनिक नेपाली व्याकरण लेखनसम्मका उपयुक्त तथ्य र सन्दर्भहरू ग्रहण गरी प्रत्येक भाषाको आफ्नो मौलिक वर्ण व्यवस्था हुन्छ र एउटा आधुनिक भारतीय भाषाका रूपमा नेपालीको पनि आफ्नो विशिष्ट वर्ण व्यवस्था छ जुन संस्कृतलगायत अरू विभिन्न भारतीय भाषाहरूसित केही मात्रामा समान देखिने भए तापनि पूर्ण रूपले एकै र उही चाहिँ हुँदैन भन्ने वैज्ञानिक तथ्य प्रस्ट पारेर नेपाली वर्णमाला निर्णय परम्परामा रहेका असङ्गतिहरू सदृष्टान्त औँल्याउने प्रयास भएको छ ।