(University of North Bengal, 2017) नेपाल Nepal, हेमन्तकमार Hemantkumar
हास स्थायीभावबाट अभिव्यङ्ग्य हुने रसलाई हास्य रस भनिन्छ। भरतको नाट्यशास्रमा यसलाई
गौण रस मानिएको छ र यसको उत्पत्ति सम्भोग शृङ्गार रसबाट भएको तर्क प्रस्तुत गरिएको छ।
असामान्य, विकृत वा हाँसउठ्दो हाव-भाव, चेष्टा, क्रियाकलाप आदि भएको वस्तु, व्यक्ति र स्थिति
हास्य अभिव्यक्तिका कारण हुन्। लक्ष्मीप्रसाद देवकोटाका निबन्धमा विद्यमान हास्य हेतुले कतै
प्रसङ्गलाई रोचक बनाएका छन्, कतै व्यङ्ग्य प्रहार गरेका छन् र कतै अनुकूल एवं प्रतिकूल स्थितिको
चित्रण गरेका छन्। यस लेखमा देवकोटाका निबन्धमा पाइने यिनै हास्यका आधारभूत कारण, कार्य र
सहकारिभावको अध्ययन गरिएको छ।