Browsing by Author "तिवारी Tiwari, दीपक Dipak"
Now showing 1 - 1 of 1
- Results Per Page
- Sort Options
Item Open Access अन्य गद्य विधा र यात्रा साहित्य Annya gadya bigha ra yatra sahitya(University of North Bengal, 2019) तिवारी Tiwari, दीपक Dipakसिर्जनात्मक साहित्य लेखनमा कविता, आख्यान, नाटक र निबन्ध गरी चारवटा मूल विधा रहेको मानिन्छ। यात्रा साहित्य निबन्धइतर अन्य विधाअन्तर्गत मूलतः गद्यात्मक ढाँचामा सिर्जना हुने लेखन रहेको देखिन्छ भने यो अनाख्यानमूलक गद्यअन्तर्गतका निबन्ध-प्रबन्ध, आत्मकथा, जीवनी, संस्मरण, दैनिकी, पत्र साहित्य, शब्दचित्र, रिपोतार्ज र अन्तर्वार्ताजस्ता लेखनको समकक्षी रहेको देखिन्छ। अनाख्यानमूलक गद्यलाई अन्य विधा पनि भन्ने गरिएको छ जुन प्रधानतः जीवन भोगाइको यथातथ्यमूलक वर्णनमा आधारित हुन्छ र न्यून काल्पनिक हुन्छ जसको मूल स्वरूप गद्यात्मक र अनाख्यात्मक हुन्छ। यात्रा साहित्य शब्दले यात्रागत यथार्थानुभूतिमा संसर्गित गद्य वा पद्य कुनै पनि रूपमा लेखिएको साहित्य बुझिए तापनि लेखनगत आधिक्य र सर्वाधिक स्वीकृत मान्यताका आधारमा यो गद्यमै लेखिएको हुनुपर्छ भन्ने बुझिन्छ। यात्रा साहित्य र अन्य आख्यानेतर गद्य लेखनमाझ विभाजक तत्त्वका रूपमा सञ्चरणशीलता, सवेदनशीलता, निजात्मकता, तथ्यात्मकता र स्थानीयता जस्ता पक्षहरूले ठुलो भूमिका खेलेको हुन्छ। त्यसैले यात्रा साहित्य आफ्नो छुट्दै विशेषता, स्वरूप र पहिचान बोकेको आख्यानरहित गद्यमूलक साहित्यिक विधा रहेको देखिन्छ जसले एउटा साहित्यिक विधाले वहन गर्न सबै मानदण्ड पुरा गरेको देखिन्छ।