Tamang तामाङ, Chatrakumar छत्रकुमार2024-12-2420230976-1640https://ir.nbu.ac.in/handle/123456789/5379यस शोध पत्रमा प्रकाश कोविद कृत नोयो उपन्यासलाई बसाइँ सराइका सन्दर्भमा अध्ययन गरिएको छ। नोयो उपन्यासमा युद्धलाई विकर्षक तत्त्वका रूपमा देखाइएको छ भने भारतीय भूमिमा रहेका सार्वजनिक शिक्षा, जन स्वास्थ्य, रोजगारको अवसर, राजनैतिक शान्ति जस्ता कुरालाई यसमा आकर्षक तत्त्वका रूपमा देखाइएको छ। यस शोधपत्रमा तिनै आकर्षक र विकर्षक तत्त्वका आधारमा नोयो उपन्यासमा पाइने मानव बसाइँ सराइका घटनाबारे गहन अध्ययन गरिएको छ। युद्धका कारण तिब्बतीहरू आफ्नै राष्ट्रबाट शरणार्थी बनेर कसरी विस्थापित हुनु परेको थियो। त्यसपछिका कारणबारे प्रकाश पार्ने गर्ने प्रयास यसमा गरिएको छ। यसका साथै तिब्बतीहरूले भारतीय भूमिलाई गन्तव्य स्थानका रूपमा रोज्नाका कारण र उद्देश्यबारे पनि प्रकाश पार्ने प्रयास गरिएको छ। चिनियाँ सेनको कुटनीति र युद्धका कारणल विस्थापित भई बसाइँ सर्नु पर्दा उपन्यासका पात्रहरूले भोगेका दु:ख, पीडा तथा सङ्घर्ष आदिको परिचर्चा साथै घर गृहस्थी छोड्दाको मानवीय अनुभूति, अनिश्चित गन्तव्यको लामो यात्रामा भोगेका विघ्न-बाधा आदिबारे पनि यस शोध पत्रमा चर्चा गरिएको छ। यसबाहेक मानव बसाइँ सराइ र बसाइँको सैद्धान्तिक पक्षबारे परिचायत्मक अध्ययन पनि यसमा समाविष्ट छ। तथ्याङ्क विश्लेषणका लागि यस शोध पत्रमा एभरेट एस लीको ‘बसाइँ सराइको सिद्धान्त’लाई मुख्य सिद्धान्तका रूपमा ग्रहण गरिएको छ भने बसाइँ सराइ सम्बन्धी अन्य लेख, सिद्धान्त आदिको पनि सहयोग लिइएको छ।neBasai बसाइँAkarshan Tatwa आकर्षण तत्त्वBikarshan Tatwa विकर्षण तत्त्वMadhyastha Badha मध्यस्थ बाधाPunkhyoli Bhumi पुर्ख्यौली भूमिGantabya sthan गन्तव्य स्थानSharanarthi शरणार्थीPrakash Kobidkrit nayo upanyasma manab basai saraiko sandarbh प्रकाश कोविदकृत ‘नोयो’ उपन्यासमा मानव बसाइँ सराईको सन्दर्भAbhigyan : Shodhmulak Ardhvarshik, Vol. 10, No. 15-16, January-December-2023, pp. 72-79Article