Sherpa शेर्पा, Sonam सोनाम2024-12-2320230976-1640https://ir.nbu.ac.in/handle/123456789/5377‘क्रीडा’को शाब्दिक अर्थ खेल हो। यस शब्दलाई संस्कृत भाषाको स्त्रीलिङ्गी शब्द मानिन्छ। एउटा सङ्गठित, प्रतिस्पर्धात्मक तथा प्रशिक्षित शारीरिक गतिविधि जसमा प्रतिबद्धता तथा निष्पक्षता रहन्छ त्यसलाई क्रीडा तथा खेल भनिन्छ। वास्तवमा क्रीडा भन्नाले मन बहलाउनाका निम्ति गरिने क्रिया, खेल आदि भन्ने बुझिन्छ। क्रीडा अथवा खेललाई मानव शरीरको औषधि मानिन्छ। यसले शरीरमा उत्पन्न हुने विभिन्न रोग, विकार, कुभावना, कुविचार आदिको हरण गर्दछ। यसैले क्रीडा साहित्य सम्पूर्ण नेपाली साहित्यमा एउटा नयाँ विषय हो। यसको अवधारणा र सैद्धान्तिक आधार नेपाली साहित्यमा पूर्ण रूपमा स्थापित भइसकेको पाइँदैन। क्रीडा साहित्य भनेको ‘स्पोर्ट्स लिटिरेचर’ होइन। यसले विविध खेलहरूको विवरण प्रस्तुत गर्ने हुनाले ‘गेम लिटरेचर’ भन्न सकिन्छ। कतिपय विद्वान्हरूले क्रीडा साहित्यलाई ‘खेलपरक साहित्य’ पनि भनेका छन्। क्रीडा तथा खेल मनोरञ्जनको विषय मात्र नभएर शिक्षाको विषय पनि हो। यसर्थ प्रस्तुत शोधपत्रमा भारतीय नेपाली कथाकार पूर्ण राईका ‘जय-विजय’ कथाका सन्दर्भमा क्रीडा साहित्यको विश्लेषण गरिएको छ।neKrira क्रीडाKrira Sahitya क्रीडा साहित्यPurn Rai पूर्ण राईJay-Bijay katha जय-विजय कथाBhartiya Nepali Katha भारतीय नेपाली कथाKrira sahityaka sandarbhma Purna Raiko 'Jay Bijay' katha क्रीडा साहित्यका सन्दर्भमा पूर्ण राईको ‘जय-विजय’ कथाAbhigyan : Shodhmulak Ardhvarshik, Vol. 10, No. 15-16, January-December-2023, pp. 53-62Article