प्रधान Pradhan, दिल कुमार Dil Kumar2022-07-062022-07-0620190976-1640https://ir.nbu.ac.in/handle/123456789/4590यस लेखमा भारतका समकालीन नेपाली कविता र गीतहरूमा रहेका लोकसंस्कृति र इतिहासको चेतना केलाउन अघि 'समकालीन' शब्दको अर्थ, सन्दर्भ, समकालीन धाराको उत्थान, संक्षिप्त प्रवृत्ति केलाउने प्रयास गरिएको छ। भारतका आधुनिक नेपाली कविताहरूमा रहेका लोकसंस्कृति र इतिहास चेतना वा स्वरहरूको चर्चा गर्ने क्रममा जातीय चेतना र परिचय सङ्कट विषयक कतिपय कवितांश पनि उद्धत गरिएको छ। ती कविताहरूमा रहेका सास्कृतिक र इतिहास चेतनाको उद्बोधन परिचय सङ्कट वा जातीय आस्तित्विक चेतनाबाटै सिञ्चित भएको बुझिएकाले उपनिवेशकालीन कविहरू डाकमान राई, दिलुसिंह राई, हाजिरमान राइ, धनवीर भण्डारी आदिका कविताहरू पनि चर्चामा ल्याइएको छ। यसैले प्रस्तुत लेखमा समकालीन, लोकसंस्कृति र इतिहास चेतना बीज शब्दका रूपमा रहेका छन्‌।neसमकालीन Samkalinनेपाली Nepaliसाहित्य Sahityaलोकसंस्कृति Loksanskritiइतिहास चेतना Itihaas chetnaभारतका समकालीन नेपाली कविता र गीतमा लोकसंस्कृति एवम्‌ इतिहास चेतना Bharatma samkalin nepali kabita r gitma loksanskriti abam itihas chetnaAbhigyan : Shodhmulak Ardhvarshik, Vol. 8, No. 11, December-2019, pp. 31-49Article