Nawpanay न्यौपाने, Sridhar श्रीधर2024-12-2320230976-1640https://ir.nbu.ac.in/handle/123456789/5376प्रस्तुत लेख नेपाली साहित्यका सुप्रसिद्ध साहित्यकार महाकवि लक्ष्मीप्रसाद देवकोटाको सिर्जना हेतुका कोणबाट गरिने अध्ययनमा केन्द्रित रहेको छ। देवकोटाको सिर्जना हेतु के कस्तो रहेको छ भन्ने प्राज्ञिक जिज्ञासाको समाधान गर्ने उद्देश्य यस अध्ययनमा राखिएको छ। साहित्यकारले साहित्य सिर्जना गर्नाका कारण नै सिर्जना हेतु हो। सिर्जना हेतुबारे पूर्व र पश्चिममा व्यापक चर्चा भए पनि यस अध्ययनमा पूर्वीय काव्य चिन्तन परम्परामा स्थापित प्रतिभा, व्युत्पत्ति र अभ्यासलाई आधार बनाई देवकोटाका सिर्जना सामर्थ्यबारे विमर्श गरिएको छ। देवकोटाको सिर्जना हेतुबारे पूर्वकार्यमा चर्चा भए पनि यसै कोणबाट व्यवस्थित अध्ययनको भने रिक्तता रहेकाले यस अध्ययनको औचित्य देखिएको हो। बहुसत्यमा आधारित गुणात्मक प्रकृतिको यस अध्ययनमा तत्त्वमीमांसा, ज्ञानमीमांसा र मूल्यमीमांसाका बिचमा समन्वय कायम गरिएको छ। पूर्वीय काव्य चिन्तन परम्परामा स्थापित सिर्जना हेतुका कोणबाट देवकोटामा निहित सिर्जना हेतुबारे अध्ययन गरिएकाले यस अध्ययनमा निगमनात्मक शोध विधिको अवलम्बन गरिएको छ। अध्ययनका लागि आवश्यक समग्रीको सङ्कलन पुस्तकालयबाट गरिएको छ। देवकोटाको सिर्जना हेतुमा प्रतिभा, व्युत्पत्ति र अभ्यास समान रूपमा रहेका र तिनै विशेष गुणका कारण उनी नेपाली साहित्यमा विशिष्ट साहित्यकारका रूपमा स्थापित भएका छन् भन्ने निष्कर्ष यस अध्ययनको रहेको छ।neAbhyas अभ्यासप्रतिभा PratibhaBishisht विशिष्टByutpatti विशिष्टHetu हेतुLakshmiprasad debkotako sirjana hetu लक्ष्मीप्रसाद देवकोटाका सिर्जना हेतुAbhigyan : Shodhmulak Ardhvarshik, Vol. 10, No. 15-16, January-December-2023, pp. 42-52Article