थापा Thapa, रेमिका Romika2022-06-302022-06-3020180976-1640https://ir.nbu.ac.in/handle/123456789/4572आदिम मानिसले सर्वप्रथम प्रकृतिसँग जुझेर, लडेर र प्रतिद्वन्द्रिता गरेर जीवन जिउने प्रणाली बनाएको थियो तर कालान्तरमा सङ्घर्ष मात्र पर्याप्त भएन। यसकारण मानिसले प्रकृति शक्तिलाई आराध्य मान्दै पूजा, आराधना र समर्पण आदि गर्न सम्झौतावादी शैली अँगाल्यो किनभने प्रकृतिका क्षोभबाट बाँच्नु र प्रकृतिको अद्भुत शक्ति प्राप्त गरेर सासारिक जीवनलाई सहजसाध्य बनाउनु मान्छेको एक मात्र आदिम कामना थियो। यसरी मानव सभ्यताका इतिहासमा अलौकिक आस्था र अभ्यासको गतिविधि सुरु भएको अनि यही नै मनुष्य जीवनको आदिदर्शन र आदिविज्ञान अनि जीवन जिउने एक मात्र प्रणाली भएको देखिन्छ। भौतिक विज्ञानले मानिसका जीवनमा विराट्‌ क्रान्ति ल्याए तापनि अलौकिक आस्था र अभ्यास रहस्यमय दर्शनका रूपमा आधुनिक युगसम्म निरन्तर अस्तित्ववान छ। मानिसको आदि-अनादि सत्व अथवा टेक्ने भुइँसँग सम्बन्धित भएको हुनाले पराभौतिक आस्था र अभ्यासको प्रासङ्गिकता आधुनिक समयमा पनि जियालो छ। मानिसले आफ्नो जन्मसँग जीवन र मृत्युको रहस्य पनि साथै लिएर आएको छ। ब्रह्याण्डको रचना र संसारको सृष्टि आख्यानहरूमा गरिएका रहस्यात्मक व्याख्याहरूसँग मानिस आधारभूत रूपले सङ्लग छ। संसारको अस्तित्व र संसारेतर रहस्य-ज्ञानप्रति मानिसको अभिरुचि अटुट छ। मानिस आफूभित्रको सृक्ष्मतालाई चिन्ने र आफूभन्दा माथि अथवा परको असीम, अनन्त र अदृश्य ज्ञानप्रति गम्भीर आग्रह राख्ने प्राणी भएकाले अनेक कौतूहल र जिज्ञासाहरूले भरिएका गतिविधिहरू संसारमा कार्यशील छन्‌। यस्ता रहस्यात्मक अनुशासन र कार्यविधिलाई अध्ययन गर्न औपचारिक आधारबारे अध्ययनको प्रासङ्गिकता विवेचनीय विषय बनेको बै सहायक प्राध्यापक, नेपाली विभाग, परिमल मित्र स्मृति महाविद्यालय, मालबजार, पश्चिम बङ्गाल पाइन्छ।neपराज्ञान Parabyanअकल्ट Akaltभौतिक Voutikअभौतिक Avoutikइतिहास Itihasपराज्ञान सिद्धान्त र नेपाली साहित्य Paragyan sidhyant ra nepali sahityaAbhigyan : Shodhmulak Ardhvarshik, Vol. 7, No. 8-9, January-December-2018, pp. 10-32Article