Bishwakarma विश्वकर्मा, Rajib राजीव2023-03-212023-03-2120220976-1640https://ir.nbu.ac.in/handle/123456789/4818प्रदीप गुरुङ सामाजिक यथार्थलाई विषय बनाएर कथा लेख्ने प्रभावशाली कथाकार हुन्। उनका कथामा समाजमा घटित विसङ्गतिहरूको कडी समाउन सक्ने आलोचनात्मक सामाजिक यथार्थवादी प्रवृत्ति पाइन्छ। विविध सामाजिक समस्याजस्तै दाम्पत्य सङ्कटको चित्रण गरिएका उनका धेरै कथाहरू पाइन्छन्। यस कारण यस शोध पत्रमा ती कथामा चित्रित दाम्पत्य सङ्कटका विविध रूपको विवेचना गर्ने लक्ष्य राखिएको छ। दाम्पत्य सङ्कटका कारणहरू स्पष्ट पार्न सामाजिक, आर्थिक, नैतिक तथा मनोवैज्ञानिक समस्याका रूपमा सम्बन्धित विषयको अध्ययन गरिएको छ। ‘घरपैँचो’, ‘यथास्थिति’, ‘बदलिँदो रङ् मनको’, ‘विङ्सगति : एउटा क्रमको’, ‘अनास्थाका पलहरू’, ‘बिरिमफूल’, ‘नि नि, लै लै निरमाया’, ‘भ्रमित’, ‘मिल्ने मन’, ‘लाशजस्तो इच्छा’, ‘गुम्फन’, ‘लावारिश उपहार’ जस्ता कथामा पारिवारिक जीवन र नाता सम्बन्धहरूमध्ये दाम्पत्य सङ्कटको चित्रणले के कस्तो दशा र दिशा निर्देश गरेको छ भन्ने कुरो स्पष्ट पार्न यससम्बन्धी विविध पक्षहरूको विश्‍लेषणात्मक अध्ययन गरिएको छ।nePradip Gurung प्रदीप गुरुङDampattya sankat दाम्पत्य सङ्कटNepali katha नेपाली कथाPradip Gurungka kathama chitrit dampattya sangkatko bibechna प्रदीप गुरुङका कथामा चित्रित दाम्पत्य सङ्कटको विवेचनाAbhigyan : Shodhmulak Ardhvarshik, Vol. 9, No. 12-14, June-2021, December-2022, pp. 59-66Article