Department of Nepali

Permanent URI for this communityhttps://ir.nbu.ac.in/handle/123456789/4478

Nepali department was established as a full fledged department in 1977, under North Bengal University. It sets to work on Post –Graduate Programme in 1978, 16 January. It is proud to say the such department to be established in the whole regions of he country, with a view to fulfill the aspiration of the cherished people of District Darjeeling, Dooars, Jalpaiguri and its adjoining neighbour state Sikkim, and North Eastern states. Basically it cope with the subject of Nepali Language and literature.

Browse

Search Results

Now showing 1 - 10 of 29
  • Thumbnail Image
    ItemOpen Access
    'रातभरि हरी चल्यो' कथामा भाषिक बिचलन 'Ratvari hari chalow' kathama bhashik bichalan
    (University of North Bengal, 2019-12) तामाङ Tamang, आयुष Ayush
    प्रस्तुत शोधपत्रमा कथाकार इन्द्रबहादुर राईको रातभरि हुरी चल्यो कथामा प्रयुक्त भाषिक विचलनगत वैशिष्ट्यको अध्ययन गरिएको छ। भाषिक विचलन अग्रभूमि निर्माणको एउटा उपाय हो। भाषा प्रयोगलाई आफ्ना स्वचालित तथा अतिपरिचित प्रयोग व्यवस्थाबाट मुक्त गरी एकदमै नवीन, आश्चर्यजनक तथा आकर्षक बनाई भावाभिव्यक्तिलाई अझ प्रभावकारी पार्नु भाषिक विचलनको मूल अभीष्ट हो। लिचले सन्‌ १९६९को आफ्नो पुस्तक अ लिङ्ग्विस्टिक गाइड टु इङ्ग्लिस पोयट्रीमा साहित्यमा पाइने भाषिक विचलनका आठवटा प्रकारहरू देखाएका छन्‌।' यस लेखमा उनको वर्गीकरणलाई आधार स्वरूप ग्रहण गरिएको छ। यस लेखमा अध्ययन गरिएको कथामा कोशीय, व्याकरणिक, ध्वनिप्रक्रियात्मक, लेखिमिक, अर्थतात्विक र भाषिकागत विचलन पाइन्छ। यस लेखमा ती भाषिक विचलनको अवधारणा एवम्‌ विशेषता आदिको चर्चा गर्दै कथामा तिनको प्रयोगको स्थिति तथा भूमिका बारे विस्तृत अध्ययन गर्न प्रयास गरिएको छ।
  • Thumbnail Image
    ItemOpen Access
    दार्जिलिङका आधुनिक नेपाली कथामा हास्यतत्त्वको प्रयोग Darjeelingka adhunik nepali kathama hasyatatwako prayog
    (University of North Bengal, 2019-12) गुरुङ Gurung, सुनिला Sunila
    कथामा प्रयुक्त हास्यतत्त्वले हँसाई हँसाई व्यक्ति विशेषको अथवा समाजको विसङ्गतिप्रति व्यङ्ग्य गर्दछ। हास्यबाट आनन्द अनुभूति हुने हुँदा यसलाई रसका रूपमा हेरिएको छ। मानिसका विभिन्न प्रवृत्तिहरूमा हाँस्नु पनि एउटा मुख्य प्रवृति हो। मनोवैज्ञानिकहरूले हास्यलाई मान्छेको सहजात प्रवृति मानेका छन्‌। आचार्य भरतको मतअनुसार हास्य एउटा मुख्य रस हो र यसको उद्रेक हास नामक स्थायीभावको उद्दीपनद्वारा हुन्छ। शारीरिक, मानसिक भङ्गी र भाषाको विकृति वा विसङ्गतिबाट हास्यरस उत्पन्न हुँदछ। हास्य हाँसोसँग मात्र सम्बन्धित नभई हँसाउदै गरिने छेडपेच, घोचपेच- जस्ता व्यङ्ग्यसित पनि सम्बन्धित रहेको हुन्छ। व्यङ्ग्यबिनाको हास्यले पनि मानिसलाई आनन्द र मनोरञ्जन प्रदान गर्न साधन बनी साहित्यमा आफ्नै स्थान बनाएको पाइन्छ। दार्जिलिङको नेपाली साहित्यमा हास्यतत्त्वलाई आत्मसात गरी साहित्य सिर्जना गर्ने कथाकारहरू थुप्रै छन्‌। हास्यलाई विशेष जोड दिई लेखिएका मुख्यमुख्य कथाहरूको अन्वेषण गर्नु यस अध्ययनको लक्ष्य रहेको छ। यस लेखमा हास्यको सिद्धान्त प्रस्तुत गरी तथ्यलाई सिद्धान्तका आलोकमा हेर्ने काम गरिएको छ। कथाभित्रका हास्यतत्त्वले पाठकलाई मनोरञ्जन प्रदान गर्दछ भने हास्यसँगै मुछिएको व्यङ्ग्यले व्यक्ति, समाज, राष्ट्र आदि क्षेत्रमा रहेको विकृतिलाई पाठकसमक्ष ल्याई सुधारको सन्देश पनि दिन्छ। कथामा प्रयुक्त हास्यमा रहेका यिनै आधारभूत तत्त्वको अध्ययन गर्नु प्रस्तुत शोधपत्रको उद्देश्य रहेको छ।
  • Thumbnail Image
    ItemOpen Access
    दाम्पत्य जीवनका समस्या र चुनौतीहरू : सन्दर्भमा पूर्ण राईका कथा Dampattya jibanka samasya r chunoutiharu:sandarvama purn raika katha
    (University of North Bengal, 2019-12) सुब्बा Subba, देवचन्द्र Deochandra
    सबै धर्मका शास्रहरूमा विवाहबारे चर्चा गरिएको छ। कतिले यसलाई दैविक घटना र कतिले सामाजिक सम्झौताका रूप मान्छन्‌। समाजको विचारधारा र सांस्कृतिक मान्यताका आधारमा विवाहको विश्लेषण गरिएको पाइन्छ। आजभन्दा बीस-तीस वर्ष अघि विवाहलाई जुन संस्कार र महत्त्वका दृष्टिले हेरिन्थ्यो आज त्यस दृष्टिकोणमा ठुलो परिवर्तन आइसकेको छ। दाम्पत्य जीवनको परिभाषा परिवर्तन भइसकेको छ। दाम्पत्य जीवनमा आएका परिवर्तनले समाजमा सकारात्मक र नकारात्मक दुवै प्रकारका प्रभाव पारेको छ। मानिसको विचारधारामा आएका परिवर्तनले सामाजिक संरचनामा ठुलो परिवर्तन ल्याएको छ। समाजमा आएको परिवर्तनलाई पुनः मानिसले सामाजिक परिवर्तन भन्दै नयाँ र अनौठा कार्यहरू गर्दै गइरहेका छन्‌। आफ्नै विचारको प्रसार गरेर त्यसबाट आएको प्रतिक्रियालाई व्यवस्था भन्दै आफ्नै विचारधाराको चक्रमा घुमेका मानिसले परिवर्तनका नाममा मूल्य र मान्यताहरूमाथि प्रहार गरिरहेका छन्‌। त्यसमध्ये दाम्पत्य जीवन पनि एउटा हो। परिवर्तन र सामाजिक विकासका नाममा सबैभन्दा ठुलो समस्या अहिले दाम्पत्य जीवनमा देखिन्छ। त्यही समस्या अनि चुनौतीहरूबारे पूर्ण राईका कथाहरूको सन्दर्भमा यो लेख तयार गरिएको छ।
  • Thumbnail Image
    ItemOpen Access
    'फेरि इतिहास दोहोरिन्छ' नाटकको समाज राजनैतिक अध्ययन 'Feri itihas dohorinch' natakko samaj rajnaitik adhyayan
    (University of North Bengal, 2019) खाती Khati, योगेश Yogesh
    नाटक समाजको एउटा महत्त्वपूर्ण सांस्कृतिक प्रस्तुति हो। अन्तर्विषयक अध्ययनभित्र समाजले भोग्ने सामाजिक, राजनैतिक, सांस्कृतिक परिवर्तनहरूलाई साहित्यका नाटक विधामा देखाउन सम्भव रहन्छ। नाटकको अध्ययनले समाजको इतिहास पुनर्निर्माण, समाज र चिनारीको अध्ययन र मूल्याङ्कन गर्न सहायता पनि गर्दछ। भारतीय नेपाली साहित्यको प्रसङ्ग आउँदा मूल रूपमा सिङ्गो दार्जिलिङ, असम अनि सिक्किम बुझिन्छ। यद्यपि यी प्रमुख स्थानबाहेक देशका अन्य स्थानहरूबाट पनि नेपाली साहित्यको प्रतिनिधित्व भइरहेको पाइन्छ। यसै प्रसङ्गमा भारतीय नेपाली नाटक साहित्यमा मनबहादुर मुखिया एउटा प्रतिष्ठित नाम हो। मनबहादुर मुखियाले नाटक विधामा एउटा भरपर्दो अध्याय प्रदान गरेका छन्‌। सन्‌ १९७५ सालमा दार्जिलिङको श्याम ब्रदर्स प्रकाशनबाट प्रकाशित भएको उनको दोस्रो पूर्णङ्की नाटक फेरि इतिहास दोहोरिन्छ' लाई यस अध्ययनअन्तर्गत राखेर अन्तर्विषयक समालोचना बनाई हेरिने प्रयास गरिन्छ। यस अध्ययन पत्रमा यस नाटकभित्र देख्न सकिएका समाज राजनैतिक विविध विचारहरू एवम्‌ वस्तुस्थितिहरूलाई समालोचनाका माध्यमद्वारा देखाउने प्रचेष्टा गरिएको छ।
  • Thumbnail Image
    ItemOpen Access
    भारतका समकालीन नेपाली कविता र गीतमा लोकसंस्कृति एवम्‌ इतिहास चेतना Bharatma samkalin nepali kabita r gitma loksanskriti abam itihas chetna
    (University of North Bengal, 2019) प्रधान Pradhan, दिल कुमार Dil Kumar
    यस लेखमा भारतका समकालीन नेपाली कविता र गीतहरूमा रहेका लोकसंस्कृति र इतिहासको चेतना केलाउन अघि 'समकालीन' शब्दको अर्थ, सन्दर्भ, समकालीन धाराको उत्थान, संक्षिप्त प्रवृत्ति केलाउने प्रयास गरिएको छ। भारतका आधुनिक नेपाली कविताहरूमा रहेका लोकसंस्कृति र इतिहास चेतना वा स्वरहरूको चर्चा गर्ने क्रममा जातीय चेतना र परिचय सङ्कट विषयक कतिपय कवितांश पनि उद्धत गरिएको छ। ती कविताहरूमा रहेका सास्कृतिक र इतिहास चेतनाको उद्बोधन परिचय सङ्कट वा जातीय आस्तित्विक चेतनाबाटै सिञ्चित भएको बुझिएकाले उपनिवेशकालीन कविहरू डाकमान राई, दिलुसिंह राई, हाजिरमान राइ, धनवीर भण्डारी आदिका कविताहरू पनि चर्चामा ल्याइएको छ। यसैले प्रस्तुत लेखमा समकालीन, लोकसंस्कृति र इतिहास चेतना बीज शब्दका रूपमा रहेका छन्‌।
  • Thumbnail Image
    ItemOpen Access
    लुप्तप्रायः भाषाको अभिलेखीकरण समस्या र समाधान Luptapray: bhashako abhilekhikaran samasya ra samadhan
    (University of North Bengal, 2019-12) चालिसे Chalise, कृष्णप्रसाद Krishnaprasad
    वर्तमान विश्वमा अल्पसङ्ख्यक भाषाको लोप हुने क्रम अति तीव्र छ र यस क्रमले निरन्तरता पाएमा अर्को शताब्दीका सुरुसम्म प्रायः सबै अल्पसङ्ख्यक भाषाहरू लोप भइसक्ने छन्‌ भन्ने अनुमान छ। ऐतिहासिक बिरासत, ज्ञानका भण्डार र पहिचानको संवाहकका रूपमा भाषाहरू महत्त्वपूर्ण छन्‌ र तिनीहरूको संरक्षण हुनु अति नै आवश्यक छ। भाषिक अभिलेखीकरण भाषिक सबलीकरणका लागि पहिलो कदम हो जसले भाषाको अध्ययन र सबलीकरणका लागि आधार तयार गर्दछ। लुप्तप्रायः भाषाको अभिलेखीकरण तुलनात्मक रूपमा बढी चुनौतीपूर्ण हुन्छ किनभने यस्ता भाषाहरूमा वक्ताहरूको सङ्ख्या निकै कम हुन्छ र उनीहरूमध्ये धेरैमा भाषिक क्षमताको हास भएको हुन्छ। त्यसै गरी भाषाका मौलिक शब्द र संरचनाहरू पनि लोप भइसकेका हुन सक्छन्‌। भाषाको प्रयोग निकै कम भाषा प्रयोगका क्षेत्रमा हुने भएकाले प्राकृतिक रूपमा विविधतायुक्त र सन्तुलित पाठसङ्ग्रहको निर्माण गर्न सकिँदैन। यसका लागि विभिन्न कृत्रिम उपायहरू अवलम्बन गर्नु पर्न हुन्छ। यसले गर्दा अनुसन्धानकर्तामा बढी सैद्धान्तिक र प्राविधिक ज्ञानको आवश्यकता हुन्छ। यसबाहेक आर्थिक, सामाजिक र भौतिक पक्षहरूको पनि भाषिक अभिलेखीकरणमा महत्त्वपूर्ण भूमिका रहन्छ।
  • Thumbnail Image
    ItemOpen Access
    समकालीन भारतीय नेपाली कविताको कथन वैशिष्ट्रय Samkalin bharatiya nepali kabitako kathan baishishtray
    (University of North Bengal, 2019-12) थापा Thapa, रेमिका Remika
    समकालीन नेपाली कविता आफ्नो विशेष किसिमको अभिव्यक्ति कौशल विकास गर्न सक्षम छ। कविता कथनको यस प्रवृत्तिले नेपाली कविताको विशेष स्वरूप निर्माण भएको छ। यस कौशलकै कारण समकालीन भारतीय नेपाली कविताको विशिष्ट धार स्थापित भएको कुरो विद्वान्‌हरूले चर्चामा उठाएको विषय हो। भारतमा लेखिएका समकालीन नेपाली कविताको कथनका विविध विशेषताहरूलाई अध्ययन गर्न उद्देश्य यस कार्यपत्रको छ। यी विशेषताहरूलाई स्पष्ट गर्नका निम्ति केही कविताका पङ्क्तिहरू उदाहरण स्वरूप दिइएका छन्‌ जसले यस किसिमका सबै कवितालाई प्रतिनिधित्व गर्छ भन्ने विचार राखिएको छ।
  • Thumbnail Image
    ItemOpen Access
    शैलीय उपकरणका रूपमा उत्तरगर्भ प्रश्न : सन्दर्भमा परालको आगो कथा Shoiliyo upkaranka rupma uttarmarg prashna: sandarvma paralako agou
    (University of North Bengal, 2019) शर्मा Sharma, सिबेन Shiben
    प्रस्तुत लेखमा उत्तरगर्भ प्रश्नलाई एउटा शैलीय उपकरणका रूपमा चिनाउँदै कथाकार गुरुप्रसाद मैनालीकृत परालको आगो' कथामा प्रयुक्त उत्तरगर्भ प्रश्नका सूचीसहित तिनको विश्लेषण गरिएको छ। कथाका अर्थमा गम्भीरता ल्याउन र कलात्मक उत्कर्ष दिन तिनले कसरी सहयोग पुच्याएका छन्‌ भन्ने कुरामाथि प्रकाश पारिएको छ। अध्ययनका निम्ति घनश्याम नेपालको शैलीविज्ञान तथा भोलानाथ तिवारीको व्यावहारिक शैलीविज्ञानमा प्रतिपादित विवेचनालाई सैद्धान्तिक आधारका रूपमा ग्रहण गरिएको छ।
  • Thumbnail Image
    ItemOpen Access
    मानव बसाइँ सराइका सन्दर्भमा ब्रह्यपुत्रका छेउछाउ उपन्यासको अध्ययन Manab Basai saraika sandarvma brahmaputraka cherchar upanyasko adhyayan
    (University of North Bengal, 2019) तामाङ Tamang, छात्रकुमार Chatrakumar
    यस शोधपत्रमा लीलबहादुर क्षेत्रीकृत ब्रह्मपुत्रका छेउछाउ उपन्यासलाई मानव बसाइँ सराइका सन्दर्भमा अध्ययन गरिएको छ। आर्थिक, सामाजिक, राजनैतिक उत्पीडा, युद्ध तथा प्राकृतिक प्रकोपका कारण मानिसहरू एउटा ठाउँदेखि अर्को ठाउँमा स्थायी वा अस्थायी रूपमा बसाइँ सर्ने गर्छन्‌। मानिसले आफ्नो पुर्ख्यौली भूमि छाडी नौलो मुलुकतिर बसाइँ सर्नामा विभिन्न आकर्षणकारी अनि विकर्षणकारी तत्त्वहरू दायी हुन्छन्‌। बह्यापुत्रका छेउछाउ उपन्यासमा सामन्ती समाज, गरिबी र साहुको रिनका कारण नेपालबाट विकर्षित बनेर बसाइँ हिँडेका मानवीर र जुरेलीलाई असमेली भूमि आकर्षणको केन्द्र बनेको छ। प्रवासमा मानवीरका परिवारले गरेको जीवन सङ्घर्ष र असमेली नेपाली जनजीवनका सामाजिक अनि राजनैतिक पक्षको अध्ययन यस शोधपत्रमा गरिएको छ। असमका नेपालीहरूबिचको सौहार्द, जातीय सद्भावना अनि राष्ट्रिय चेतनाका सन्दर्भहरूबारे पनि यसमा चर्चा गरिएको छ।
  • Thumbnail Image
    ItemOpen Access
    नेपाली भाषामा संयोजन प्रक्रिया Nepali vashama sanyojan prakriya
    (University of North Bengal, 2019) शर्मा Sharma, नारायण Narayan
    नेपाली भाषामा पाइने संयोजन प्रक्रियाको वर्णनात्मक विश्लेषण गर्नु यस शोधपत्रको उद्देश्य रहेको छ। नेपाली सयोजक शब्दहरूलाई शब्द सरचना, अर्थ, शब्द स्रोत अनि आश्रयका आधारमा वर्गीकरण गरी पद, पदबन्ध, उपवाक्य तथा वाक्यात्मक स्तरमा सम्पन्न हुने संयोजन प्रक्रियाको विश्लेषण यसमा गरिएको छ।