Browsing by Subject "अग्रभूमि निर्माण Agrabhuti nirman"
Now showing 1 - 1 of 1
- Results Per Page
- Sort Options
Item Open Access 'रातभरि हरी चल्यो' कथामा भाषिक बिचलन 'Ratvari hari chalow' kathama bhashik bichalan(University of North Bengal, 2019-12) तामाङ Tamang, आयुष Ayushप्रस्तुत शोधपत्रमा कथाकार इन्द्रबहादुर राईको रातभरि हुरी चल्यो कथामा प्रयुक्त भाषिक विचलनगत वैशिष्ट्यको अध्ययन गरिएको छ। भाषिक विचलन अग्रभूमि निर्माणको एउटा उपाय हो। भाषा प्रयोगलाई आफ्ना स्वचालित तथा अतिपरिचित प्रयोग व्यवस्थाबाट मुक्त गरी एकदमै नवीन, आश्चर्यजनक तथा आकर्षक बनाई भावाभिव्यक्तिलाई अझ प्रभावकारी पार्नु भाषिक विचलनको मूल अभीष्ट हो। लिचले सन् १९६९को आफ्नो पुस्तक अ लिङ्ग्विस्टिक गाइड टु इङ्ग्लिस पोयट्रीमा साहित्यमा पाइने भाषिक विचलनका आठवटा प्रकारहरू देखाएका छन्।' यस लेखमा उनको वर्गीकरणलाई आधार स्वरूप ग्रहण गरिएको छ। यस लेखमा अध्ययन गरिएको कथामा कोशीय, व्याकरणिक, ध्वनिप्रक्रियात्मक, लेखिमिक, अर्थतात्विक र भाषिकागत विचलन पाइन्छ। यस लेखमा ती भाषिक विचलनको अवधारणा एवम् विशेषता आदिको चर्चा गर्दै कथामा तिनको प्रयोगको स्थिति तथा भूमिका बारे विस्तृत अध्ययन गर्न प्रयास गरिएको छ।